हाइलाइट

सहकारी “गजल”

सहकारी “गजल” :: Sahakari Akhabar

विपतमा साथ दिने सहकारीका हात मिठा ।
बचतमा आँत दिने भकारीका बात मिठा ।।

छरपष्ट बोली संगै चिप्लीरहने ओठे जिब्रो ।
अनगिन्ती बाँढिएका नेताजीका जात मिठा ।।

समृद्धिको कुरा गरी विकृतिको घैला भरेउ ।
कोरलीमै तुहाउने ती सपनीका रात मिठा ।।

सिद्धान्तका सात कुरा, साढे सात लागेपछि ।
हरदम असुलीमा मान्यताका मात मिठा ।।

ब्यापारीको भेषमा सहकारीको मूल्य तोड्यौ । 
भुलाएर सहकार्य बदनामीको आँट मिठा ।।

विपतमा साथ दिने सहकारीका हात मिठा ।
बचतमा आँत दिने भकारीका बात मिठा ।।



Leave a comment