हाइलाइट

जलवायु कार्य अनुकुलनका लागि सहकारी

जलवायु कार्य अनुकुलनका लागि सहकारी :: Sahakari Akhabar

सहकारीहरुले स्थानीय समुदाय तथा पलिकाहरुसंग सहकार्य गर्दे जलवायु संरक्षणाका लागी भुमिका निर्वाह गर्न सक्दछ । सहकारी समाजको एक अभिन्न अंग भएकाले गर्दा स्थानीय समुदाय तथा पालिकाहरु संगको सहकार्य समेत आवश्यक पर्दछ । यसरी समुदाय तथा पालिकाहरु संगको सहकार्यमा सहकारीले जलवायु संरक्षणका लागी खालिजग्गामा बृक्षरोपण गर्ने,  बाटोको किनारामा बृक्षरोपण गर्ने, नदीनाला सरसफाई गर्ने, व्यापक जनचेतना कार्यक्रमको आयोजना गर्ने, प्लाष्टिकमुक्त क्षेत्र घोषणाको लागी सहकार्य गर्ने, सार्वजनीक क्षेत्रमा धुम्रपान निशेध गर्ने जस्ता कार्यहरु गर्न सकिन्छ ।

सुर्यप्रसाद रिमाल
तालिम अधिकृत, राष्ट्रिय सहकारी बैक

 

 

पृष्ठभुमी
आज जुलाई महिनाको पहिलो शनिबार संसारभर जलवायु कार्य अनुकुलनका लागि  सहकारी (Coop4ClimateAction) को नाराका साथ ९८ औ अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइदैछ । यस बर्ष संसासभर व्याप्त रहेको कोभिड १९ का कारणले गर्दा ठुला औपचारिक कार्यक्रमहरु हुन नसकेका कारणले गर्दा आ आफ्नै तवरले अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइदैछ । संयुक्त राष्ट्र संघले सन २०१५ मा दिगो विकासका १७ बटा लक्ष्यहरु निर्धारण गरेको थियो, सोही दिगो बिकास लक्ष्यलाई मध्यजनर गर्दे यस बर्षको अन्तराष्ट्रिय सहकारी दिवसको नारामा दिगो बिकास लक्ष्य अन्र्तगतको १३ औ लक्ष्य जलवायु कार्य अनुकुलनका लागि सहकारी निर्धारण गरिएको छ ।

नेपालको सहकारी अभियानमा ७५ लाख भन्दा बढि सदस्यहरु आवद्ध रहेका छन, आवद्ध सदस्यहरुलाई जलवायु सम्बन्धी सचेतना पैmलाउने, सहकारीमार्फत पनि जलवायु संरक्षणलाई सहयोग पुग्ने किसिमका उत्पादनहरुको बिकास गर्ने र समुदायको तहमा समेत जलवायु संरक्षण सम्बन्धी कार्यमा सहकारीमार्फत सहयोग गर्नु आवश्यक देखिन्छ । यसका लागी सर्वप्रथम जलवायु संरक्षणका लागी हामिले व्याक्तिगत रुपमा वा पारिवारिक रुपमा समेत महत्वपुर्ण योगदान गर्न सक्दछौ भन्ने कुरा सदस्यहरुलाई बुझाउन आवश्यक छ । एउटा व्याक्ति तथा परिवारले जलवायु संरक्षणका गर्न सक्ने योगदानलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।

बिषय प्रवेश
विश्वब्यापी रुपमा भइरहेको तापक्रम बृद्धिले जलवायुमा नराम्रो असर पारिरहेको छ, जसका कारण विश्वका करोडौ मासिसहरुको जिवन प्रभावीत भईरहेको छ । बिशेष गरि आर्थिक हिसावले पिछडीएका किसान, मजदुर, बाल, युवा, अल्पसंख्यक समुदायको जिवनलाई जलवायु परिर्वतनले नराम्ररी प्रभाव परिरहेको छ । जलवायुमा परेको असरकै कारणले गर्दा अतिबृष्टी, अनाबृष्टी, बाढी, पहिरो जस्ता समस्याहरु समेत बढिरहेका छन । जसले गर्दा बर्षेनी लाखौ मानीसहरु प्रभावीत छन, हजारौ मानिसहरु अकालमा मृत्युवरण गरिरेका छन, बर्षेनी ठुलो मात्रामा भौतिक संरचना, सडक, संचार लगायतका संरचनाहरुमामा क्षती पुगीरहेको छ, जसका कारणले गर्दा खाद्य संकट, अनेकन स्वास्थ्य समस्या, अपाङगता जस्ता समस्याहरु सृजना भएका छन । यो विश्वव्यापी रुपमा सृजना भएको समस्यलाई न्युनीकरण गर्न सहकारी क्षेत्रले पनि योगदान गर्नु आवश्यक छ भन्ने आवश्यकतालाई मध्यनजर गर्दे यस बर्षको सहकारी दिवसको नारा जलवायु कार्य अनुकुलनका लागी सहकारी निर्धारण गरिएको छ । यस लेखमा जलवायु संरक्षणका लागी सहकारी क्षेत्रले खेल्नुपर्ने भुमिकाका बिषयमा उल्लेख गर्दछु ।

जलवायु संरक्षणका लागी सहकारीले के गर्नुपर्दछ त ?
बनजंगल बिनास हुने कार्य कम गर्नु, पेट्रोलियम पदार्थको प्रयोग कम गर्नु, प्लाष्टिकजन्य बस्तुको उत्पादन तथा प्रयोगलाई निरुत्साहित गर्नु, फोहोरमैलाको उचित व्यवस्थापन गर्नु, बायु प्रदुषण, पानी प्रदुषण, ध्वानी प्रदुषण कम गर्नु, उर्जा खपत कम गर्नु, बिषादीको प्रयोगलाई न्युनीकरण गर्नु जस्ता कार्यहरु नै जलवायु संरक्षणका लागी गर्नुपर्ने कार्यहरु हुन । जलवायु संरक्षण कसैको एकल प्रयासबाट मात्र सम्भव छैन, यसमा लागी समाज तथा राष्ट्र तथा विश्वकै सकरात्मक प्रयास आवश्यक पर्दछ ।

नेपालको सहकारी अभियानमा ७५ लाख भन्दा बढि सदस्यहरु आवद्ध रहेका छन, आवद्ध सदस्यहरुलाई जलवायु सम्बन्धी सचेतना पैmलाउने, सहकारीमार्फत पनि जलवायु संरक्षणलाई सहयोग पुग्ने किसिमका उत्पादनहरुको बिकास गर्ने र समुदायको तहमा समेत जलवायु संरक्षण सम्बन्धी कार्यमा सहकारीमार्फत सहयोग गर्नु आवश्यक देखिन्छ । यसका लागी सर्वप्रथम जलवायु संरक्षणका लागी हामिले व्याक्तिगत रुपमा वा पारिवारिक रुपमा समेत महत्वपुर्ण योगदान गर्न सक्दछौ भन्ने कुरा सदस्यहरुलाई बुझाउन आवश्यक छ । एउटा व्याक्ति तथा परिवारले जलवायु संरक्षणका गर्न सक्ने योगदानलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।

-  घरयासी उर्जाका लागी सोलार प्यानलको प्रयोग गर्ने ।
- बिद्युत न्युनतम खपत गर्ने LED Lightbulbs  को प्रयोग गर्ने ।
- छोटो दुरीमा आउजाउका लागी पेट्रोलियम सवारी साधन प्रयोग नगर्ने ।
- लामो दुरीमा आउजाउ गर्न सार्वजनीक सवारीसाधनको प्रयोग गर्ने ।
- घरमा भएका बिधुतीय उपकरणहरुले गर्ने उर्जा खपतलाई न्युनीकरण गर्न उक्त उपकरणहरुको सरसफाई तथा मर्मत सम्भारमा ध्यान दिने ।
- फर्निचर तथा काठका सामग्रीहरुको मर्मत गरी प्रयोग गर्ने ।
- लुगा नफाटुन्जेलसम्म प्रयोग गर्ने वा लगाउन मिल्ने सम्मका लुगाहरु कपडा बैकमा दिने ।
- विद्युतिय उपकरणहरु खरिद गर्द Energy Star level भएका उपकरणहरु प्रयोग गर्ने ।
- घरभिधत्र उज्यालो रंगको प्रयोग गर्ने ।
- बिधुतीय उपकरणहरु प्रयोग नभएको समयमा बिधुत प्लगबाट झिक्ने ।
- घर तथा कार्यालयमा सकेसम्म प्रकृतिक उज्यालो आउने तथा हावा आवतजावत गर्न सक्ने गरी बनाउने ।
- प्लाष्टिकका झोलाको प्रयोग नगर्ने, बजार जादा घरबाटै झोला बोकेर जाने ।
- एकपटक मात्र प्रयोगमा आउने किसिमका प्लाष्टिकका बोतल, ग्लास आदिको सट्ट पटक पटक प्रयोग गर्न सकिने सामग्रीको प्रयोग गर्ने ।
- घर तथा किचनबाट निस्कने फोहोरलाई कुहीने र नकुहीने फोहोमा बिभाजन गरि कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउने ।
- कम्पोष्ट मलको प्रयोग गरी घर, खेत तथा छतमा समेत बिषादीरहित तरकारी उत्पादन गर्ने ।
- आवश्यक मात्रामा मात्र पानी तताउने, बढि भएमा थर्मसमा राख्ने ।
- खाना पकाउदा ग्यास बन्द गरिकेपछि समेत केहिबेर उर्जा रहने र त्यसले समेत खाना पाक्न सहयोग गर्ने हुनाले ग्यास बन्द गरिसकेपछि रहने उर्जालाई समेत प्रयोगमा ल्याउने ।
- चाहिने जती मात्र खाना पकाउने, खाना खेर नफाल्ने आदी ।

नेपालको सहकारी अभियानमा ३५ हजार भन्दा बढि सदस्यहरु आवद्ध रहेका छन,  सहकारीहरुले सहकारीमार्फत पनि जलवायु संरक्षणलाई सहयोग पुग्ने किसिमका उत्पादनहरुको बिकास गरि लागु गर्नु आवश्यक देखिन्छ । जलवायु संरक्षण गर्न सहयोग पुग्ने किसिमका उधोग व्यवसायहरुलाई सहयोग गर्ने र जलवायु असर पार्ने किसिमका  उधोग व्यवसायलाई निरुत्साहित गर्ने नीति सहकारीहरुले अख्तियार गरेमा सहकारी संस्था मार्फत समेत जलवायु संरक्षणमा महत्वपुर्ण योगदान गर्न सकिन्छ भन्ने कुरा सहकारी संचालकहरुलाई समेत बुझउन आवश्यक छ । जलवायू संरक्षणका लागी सहकारीले गर्नसक्ने योगदानलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।

-सोलार प्यानल ऋण, बिधिुतीय सवारी साधनकका लागी ऋण, हरित ग्यास तथा गोवर ग्यास ऋण लगायत जलवायु संरक्षण गर्ने कार्यमा ऋण लगानी प्रोत्सहान गर्न केहि सहुलीयत प्रदान गर्ने ।
-सदस्यहरुलाई ऋण लगानी गर्दा 5C मा  Climate Compliance थप गरि 6C को बिश्लेषण गर्ने ।
- जलवायु संरक्षणका जनचेतना फैलाउने फ्लेक्सहरु नीर्माण गरी कार्यालयमा राख्ने ।
-  वातावरणमैत्रि कार्यालय सामग्रीहरुको प्रयोग गर्ने ।
- कार्यालयमा समेत सोलार लगायतका वातावरण मैत्रि उर्जाको प्रयोग गर्ने ।
- कार्यालयमा प्लाष्टिकजन्य पर्दाथको प्रयोग नगर्ने ।
- कार्यालयमा होटलबाट खाना खाजा प्याक गरेर नल्याउने, सम्भव भएसम्म घरबाटै टिफिनकारीमा ल्याउने वा कार्यलयमा नै बनाउने व्यवस्था मिलाउने ।
-अति आवश्यक भएमा मात्र प्रिन्ट गर्ने, कागजातको दुवैपतर्फ प्रिन्ट गर्ने ।
-  सदस्यहरुको आर्गानीक उत्पादनको बजारीकरणमा सहयोग गर्ने ।
-  संस्थाको वातावरण तथा सरसफाईको अवस्थाको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने ।
सहकारीहरुले स्थानीय समुदाय तथा पलिकाहरुसंग सहकार्य गर्दे जलवायु संरक्षणाका लागी भुमिका निर्वाह गर्न सक्दछ । सहकारी समाजको एक अभिन्न अंग भएकाले गर्दा स्थानीय समुदाय तथा पालिकाहरु संगको सहकार्य समेत आवश्यक पर्दछ ।

यसरी समुदाय तथा पालिकाहरु संगको सहकार्यमा सहकारीले जलवायु संरक्षणका लागी खालिजग्गामा बृक्षरोपण गर्ने,  बाटोको किनारामा बृक्षरोपण गर्ने, नदीनाला सरसफाई गर्ने, व्यापक जनचेतना कार्यक्रमको आयोजना गर्ने, प्लाष्टिकमुक्त क्षेत्र घोषणाको लागी सहकार्य गर्ने, सार्वजनीक क्षेत्रमा धुम्रपान निशेध गर्ने जस्ता कार्यहरु गर्न सकिन्छ ।

निश्कर्षमा 
जलवायु परिर्वतनले मानिसहरुको जिवनमा पारेको नकरात्मक असरलाई न्युनीकरण गर्न अब हामी सबै सचेत हुदै आफुले, परिवारले, सहकारी तथा कुनेपनि संस्थाले वा समुदायले नै योगदान गर्नुपर्ने समय आईसकेको छ तसर्थ ९८औ अन्तराष्टिय सहकारी दिवसको अवसरमा अन्तराष्टिय सहकारी महासंघले अगाडी सारेको नारालाई व्यवहारमा उतार्न जलवायु कार्यका अनुकुलनका लागी सहकारीले भुमिका खेल्ने प्रतिबद्धता जनाऔं । (यो लेख लेखकले एसियाली ऋण महासंघले आयोजना गरेको TOT on CU Contribution to Climate Action का आधारमा तयार गरिएको हो )



Leave a comment