हाइलाइट

पूर्वी उपत्यका बहुउद्देयीय सहकारीद्धारा राहतकोषमा ११हजार १११रुपैयाँ सहयोग

पूर्वी उपत्यका बहुउद्देयीय सहकारीद्धारा राहतकोषमा ११हजार १११रुपैयाँ सहयोग :: Sahakari Akhabar

काठमाडौं । कागेश्वरी मनोहरा ९ काठमाडौंमा रहेको पूवी उपत्यका बहुउद्देश्यीय सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ हजार १११ रुपैंयाँ सहयोग गरेको छ । संस्थाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उद्धार कोषमा रकम सहयोग गरेको हो ।

भदौ १० गतेको बाढीका कारण रसुवा क्षेत्रमा ठूलो धनजनको क्षति हुनुका साथै स्थानीय नागरिकको जनजीवन प्रभावित भएकोले प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा संस्थाले सहयोग गरेको जनाएको छ । सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु, सल्लाहकार, कर्मचारी र शेयर सदस्यहरुको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्दै संस्थाले राष्ट्रिय संकट समाधानमा हातेमालो गरेको संस्थाको भनाइ छ ।

विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्नु सहकारी संस्थाको सामाजिक उत्तरदायित्व तथा मानवीय कर्तव्य रहेकोले संस्थाको सहयोगबाट विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा केही भए पनि सहयोग पुग्ने विश्वास संस्थाको छ ।

साथै संस्थाले यस प्राकृतिक विपद्का कारण दिवंगत हुनुभएका स्वदेशी तथा विदेशी नागरिकहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक सहानुभूति र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।



Leave a comment