हाइलाइट

कृष्ण अष्टमीको अवसरमा जनहितकारी साकोसद्वारा देउती बज्यै मन्दिर परिसर सरसफाइ

कृष्ण अष्टमीको अवसरमा जनहितकारी साकोसद्वारा देउती बज्यै मन्दिर परिसर सरसफाइ :: Sahakari Akhabar

काठमाडौं । वीरेन्द्रनगर सुर्खेतको जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले श्रीकृष्ण अष्टमीको पावन अवसरमा देउती बज्यै मन्दिर परिसर सरसफाइ गरेको छ । संस्थाको एयरपोर्ट सेवाकेन्द्रको आयोजनामा पातलगंगा स्थित पुरानो देउती बज्यै मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । भदौ २० गते बिहान ७ बजे आयोजना गरिएको उक्त कार्यक्रममा मन्दिर परिसर तथा आसपासको क्षेत्रको सरसफाइ गरी स्वच्छ र सफा वातावरण निर्माण गर्ने कार्य गरिएको हो ।

सरसफाइ कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण रावल, नायव प्रमुख कार्यकारी अधिकृत मित्रेन्द्रनाथ योगी, विभिन्न विभागीय प्रमुख, सेवाकेन्द्र प्रमुख लगायत सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमका लागि आवश्यक सरसफाइ सामग्री तथा ब्यानरको व्यवस्थापन एयरपोर्ट सेवाकेन्द्र प्रमुख लक्ष्मी रावतको संयोजनमा गरिएको थियो ।

सरसफाइ कार्यक्रम सम्पन्न भएपछि सरसफाइका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण रावलद्वारा मन्दिरका पुजारीलाई हस्तान्तरण गरिएको थियो । उक्त सामग्रीले मन्दिर परिसरको नियमित सरसफाइ तथा संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

कृष्ण अष्टमीको पावन अवसरमा आयोजित यस कार्यक्रमले धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षणसँगै स्वच्छता, सामाजिक उत्तरदायित्व र सामुदायिक सेवाप्रतिको संस्थाको प्रतिबद्धतालाई समेत उजागर गरेको छ । जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता जनहितकारी तथा सामाजिक कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।



Leave a comment