कुमारी साकोसले मनायो २० औं बार्षिकोत्सव, १ अर्व ६० करोडको कारोबार   

कुमारी साकोसले मनायो २० औं बार्षिकोत्सव, १ अर्व ६० करोडको कारोबार    :: Sahakari Akhabar

काठमाडौं । चाबहिलमा मुख्य कार्यालय रहेको कुमारी बचत तथा ऋण सहकारी संस्थाले २० औं बार्षिकोत्सव मनाएको छ । संस्थाले बार्षिकोत्सवको अवसरमा सदस्य तथा संचालक र कर्मचारीहरुलाई संस्थाको लोगो अंकित टिसर्ट तथा क्याप बितरण गरेको छ । बन्दा बन्दी (लकडाउन) का कारण सामाजीक दुरी कायम गरी सिमित मानिसको उपस्थितिमा संस्थाको भवन चाबहिलमा २० औं बार्षिकोत्सव मनाएको हो ।

२०५७ साल जेठ २० गते २५ जना सदस्यबाट सुरु भएको संस्थामा हाल ७ हजार ६ सय जना सदस्य रहेको संस्थाका अध्यक्ष सूर्यध्वज न्यौपानेले जानकारी दिए । उनले १ अर्व ६० करोडको कारोबार गरेको र चाबहिलमा संस्थाको आफ्नै भवन तथा कालीमाटी, ठमेल, साँखु र बालाजुमा रहेका सेवा केन्द्रमार्फत नियमित रुपमा सदस्यलाई सेवा दिइरहेको जानकारी दिए । संस्थाले ६५ जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी गराइएको छ । संस्थाले आगामी ५ वर्ष भित्र ३ अर्व २१ करोड कारोबारको लक्ष्य लिएको संस्थाले ५ जिल्लामा कार्यक्षेत्र बिस्तार गर्ने जनाएको छ ।

संस्थाले सदस्यलाई प्रविधि मैत्रि बनाउँदै एटिएम सेवासमेत संचालनमा ल्याएको छ । संस्थाले मोवाइल बैंकिङ, एसएमएस सर्भिस, इन्टरनेट सर्भिसलगायतका स्मार्ट बैंकिङ सर्भिस संचालन गर्दै आएको छ । सदस्यहरुले कुमारी सेभिङको मोबाइल एपमार्फत संस्थामा रहेको खाताबाट सिधै बैंकमा रकम ट्रान्सफर गर्न मिल्ने सेवा संचालनमा ल्याएको जनाएको छ । साथै संस्थाले सदस्यहरुलाई ३६५ दिने सेवालाई निरन्तर संचालन गरिरहेको छ ।

कोरोना भाइरस संक्रमणमको त्रासमा नेपाल सरकारले गरेको लकडाउन (बन्दाबन्दी) को समयमा पनि सदस्यहरुलाई नियमित सेवा दिइरहेको जनाएको छ । संस्था नीति बिधि र प्रविधिको प्रयोग गरी, नियमित कारोबार गरेको संस्थाले सदैव चुस्त दुरुस्त, पारदर्शी र ब्यवस्थित बनाई सदस्यहरुको पहिलो छनोटको सहकारी बन्न सफल भएकोले सदस्यलाई सम्भव भएसम्म प्रविधीको प्रयोग गर्न अनुरोध गरेको छ ।
 



Leave a comment