हाइलाइट

जनमुखी साकोसको २९औँ वार्षिक साधारण सभाको इकाइको सभा सम्पन्न

जनमुखी साकोसको २९औँ वार्षिक साधारण सभाको इकाइको सभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । दोलखाको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २९औँ वार्षिक साधारण सभा अन्तर्गत सातै वटा इकाइको इकाइगत साधारण सभा सम्पन्न गरेको छ । संस्थाको पूर्वनिर्धारित कार्यतालिका अनुसार भदौ २६ गतेदेखि सुरु भएको इकाइगत साधारण सभा असोज ५ गते सम्पन्न भएको हो ।

सातैवटा इकाइबाट छनौट भएका इकाइ प्रतिनिधिहरूको निर्णय प्रमाणित सभा भने असोज १० गते संस्थाको मुख्य कार्यालय, मैनापोखरीस्थित कार्यक्रम हलमा आयोजना हुने भएको छ । यस वर्षको इकाइगत साधारण सभामा सदस्यहरूको सहभागिता तथा उपस्थितिलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन आधुनिक डिजिटल प्रविधिको प्रयोग गरिएको थियो ।

विगतका वर्षहरूमा सदस्यता नम्बरका आधारमा काउन्टर विभाजन गरी उपस्थिति गराउँदा केही काउन्टरमा भिडभाड हुने तथा सबै सदस्यको सहभागिता व्यवस्थित रूपमा सुनिश्चित गर्न कठिनाइ हुने गरेको थियो । यस वर्ष भने सदस्यहरूको लाइभ फोटो, डिजिटल दस्तखत तथा औँठाछापसहितको डिजिटल उपस्थिति प्रणाली प्रयोग गरी उपस्थिति व्यवस्थापन गरिएको संस्थाले जनाएको छ । यसबाट सदस्यको सहभागिता व्यवस्थित रूपमा अभिलेखीकरण हुनुका साथै साधारण सभा व्यवस्थापनमा प्रविधिको प्रभावकारी प्रयोग भएको संस्थाले जनाएको छ ।



Leave a comment