हाइलाइट

भोलीहुने बागमती प्रदेश सहकारी संघको साधारण सभा स्थगित

भोलीहुने बागमती प्रदेश सहकारी संघको साधारण सभा स्थगित :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश सहकारी संघको असोज १० गते हुने भनिएको बार्षिक साधारण सभा स्थगित भएको छ । संघले सूचना जारी गर्दै संघको पूर्व निर्धारित छैठौं वार्षिक साधारणसभा स्थगित गरिएको जनाएको हो।

संघको छैठौं वार्षिक साधारणसभा असोज १० गतेको लागि निर्धारण गरिएकोमा नेपाल मौसम विज्ञान विभागद्वारा असोज ५ गते जारी विशेष मौसमी बुलेटिन अनुसार असोज ९ गते शुक्रबार देखि ११ गते आईतबारसम्म बागमती प्रदेशका विभिन्न स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित भारी वर्षको सम्भावना रहेको जवनाएकोले संघको साधारण सभा प्रभावित हुने भन्दै स्थगित गरेको जनाएको छ ।

उक्त अवधिमा भारी वर्षको कारण नदी तथा खोलामा पानीको वहाव बढ्ने, आकस्मिक बाढी, पहिरो, गेग्रान वहाव तथा डुवान हुन सक्ने र सडक तथा हवाई यातायात समेत प्रभावित हुने सक्ने जोखिम रहेको नेपाल मौसम विज्ञान विभागको पूर्वानुमान रहेको छ ।

तसर्थ संघको असोज १० गतेको लागि पूर्व निर्धारित साधारण सभाको कार्यक्रम उक्त जोखिमपूर्ण समय अवधि भित्रै पर्ने भएकाले अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको संघका अध्यक्ष रामशरण शर्मा घिमिरेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।



Leave a comment