सहकारी बैंकद्धारा निशुल्क अनलाइन एक्ससेल बेसिक तालिमको सुरुवात

सहकारी बैंकद्धारा निशुल्क अनलाइन एक्ससेल बेसिक तालिमको सुरुवात :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सदस्य सहकारी संघसंस्थाका व्यवस्थापकहरुलाई निशुल्क अनलाइन बेसिक एक्ससेल तालिमको सुरुवात गरेको छ ।

लकडाउनको समयमा बैंकले आफ्ना सदस्य सहकारी संघरसंस्थाहरुका व्यवस्थापक तथा प्रतिनिधिहरुको दक्षता अभिबृद्धि गर्ने उदेश्यले सञ्चालन गरेको तालीम बैशाख १७ गते देखि २४ गतेसम्म दिउसो २ बजे देखि साढे ३ बजेसम्म सञ्चालन हुने गरेको छ । तालीमलाई बैंकका संचालक विश्वनाथ मण्डल र तालीम विभाग प्रमुख रामबाबु आचार्यले सहभागीहरुलाई स्वागत गरेका थिए ।

प्रशिक्षण सीए सुरेश सिंघीले प्रशिक्षण गर्ने तालिमको बैंकका सूचना, प्रविधि संचार तथा प्रकाशन विभाग प्रमुख नबीनकुमार कार्कीले संयोजन गनर्् छन् । बैंकले सदस्य सहकारी संघरसंस्थाहरुका लागि अनलाइननै सेवा प्रदान गर्ने तालिम सिपमुलक हुने आशा गरिएको सूचना, प्रविधि संचार तथा प्रकाशन विभाग प्रमुख कार्कील बताए ।

यसगरी बैंकले लकडाउनमा सहकारीकर्मिहरुमा परेको मनोबैज्ञानिक असरलाई कम गर्न अनलाइन मनो बैज्ञानिक परामर्श संचालन गरेको थियो ।
 



Leave a comment