हाइलाइट

इटहरीका तीन साकोसद्धारा ट्राफिक सामाग्री हस्तान्तरण

इटहरीका तीन साकोसद्धारा ट्राफिक सामाग्री हस्तान्तरण :: Sahakari Akhabar

काठमाडौं । सुनसरीको इटहरीमा रहेका तीनवटा सहकारीको पहलमा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामाग्री हस्तान्तरण गरेका छन् । इटहरीका किसान कल्याण बचत तथा ऋण सहकारी, पूर्वाञ्चल बचत तथा ऋण सहकारी र शुभलाभ बचत तथा ऋण सहकारी संस्थाले ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् ।

संस्थाहरुले इटहरी भेट्रान क्लबको पहलमा नेपाल प्रहरी प्रदेश ट्राफिक प्रहरी कार्यालय, कोशी प्रदेशलाई ट्राफिक एंगल हस्तान्तरण गरेको हो । सडक अनुशासन कायम राख्दै सम्भावित दुर्घटना न्यूनीकरणका लागि संस्थाहरुले सहयोग गरेको किसान कल्याण साकोसका अध्यक्ष शिलकराम ढकालले जानकारी दिएका छन्।  
 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000