हाइलाइट

भाखानाघेको ऋण शुन्यप्रतिशत गर्दै साना किसान कृषि सहकारी कुम्पुरले गर्यो खाताबन्दी

भाखानाघेको ऋण शुन्यप्रतिशत गर्दै साना किसान कृषि सहकारी कुम्पुरले गर्यो खाताबन्दी :: Sahakari Akhabar

काठमाडौं । धादिङको कुम्पुरमा रहेको साना किसान कृषि सहकारी संस्थाले यस आर्थिक वर्षको खाताबन्दी गरेको छ । संस्थाले आर्थिक वर्ष ०८२ / ०८३ मा भाखा नाघेको ऋणलाई शुन्य प्रतिशत बनाएको छ । संस्थाको यस आवमा शेयर सदस्य २ हजार १४६ जना रहेको छ भने लगानिमा रहिरहेको ऋण  ३९ करोड ४४ लाख ३९ हजार २१९ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थाले यस आर्थिक वर्षमा शेयर रकम ३ करोड ७० लाख १ हजार ८ सय तथा निक्षेप २२ करोड २१ लाख ५९ हजार ९२४ रुपैंयाँ रहेको जनाएको छ । संस्थाको कोष हिसाब ७ करोड ५१ लाख १७ हजार ६२५ रुपैंयाँ र असुलि दर एकसय प्रतिशत रहि भाखा नाघेको रकम शुन्य तथा पाउनुपर्ने ब्याज पनि शुन्य प्रतिशत रहेको संस्थाका मुख्य प्रबन्धक विष्णुप्रसाद थपलियाले जनाएका छन् ।

संस्थाले यस आवमा १ करोड ५६ लाख ९३ हजार ४०७ रुपैयाँ नाफा कमाएको जनाएको छ । संस्थामा ८२९ जना ऋणी सदस्य रहेका छन् । संस्थाको कूल सम्पति ४७ करोड ९१ लाख ९ हजार रहेको छ ।



Leave a comment