काठमाडौं । बागमती प्रदेश सहकारी संघले स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गर्नेभएको छ । संघ सातौँ वर्ष प्रवेश गरेको अवसरमा साउन १३ गते वृक्षारोपण कार्यक्रम गर्ने भएको हो । संघले हरेक वर्ष प्रदेशका विभिन्न जिल्लाहरुमा स्थापना दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गर्दैआएको छ।
संघले यसवर्ष सातौं स्थापना दिवसको अवसरमा साउन १३ गते बुधबार विहान ८ बजे ककनी गाउँपालिकाको रानिपौवा क्षेत्रमा वृक्षारोपण गर्ने जनाएको छ । जिल्ला सहकारी संघ नुवाकोट र नुवाकोट जिल्लाका विषयगत जिल्ला सहकारी संघहरुको समन्वयमा नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं ४ रानिपौवा क्षेत्रमा वृक्षारोपण गरि स्थापना दिवश मनाईने भएकाले ईच्छुक सहकारीकर्मी र सरोकारवालाहरुमा उपस्थितिको लागि निमन्त्रणा गरेको छ ।
Leave a comment