हाइलाइट

समृद्धिको यात्रा : सहकारी

समृद्धिको यात्रा : सहकारी :: Sahakari Akhabar


– दिप अधिकारी
ठोकर्पा, सिन्धुपाल्चोक 

Email : dip.adhikari88@gmail.com

बाँच्नकै लागि त सेवन गर्नु नपर्ने 
धुम्रपान र मद्यपानमा हुने खर्च
घटाएर त हेरौं ।

आस्था विचारको क्षितिजभन्दा उच्च
बढ्दाका जन्ती र पर्दाका मलामीको 
सहयात्रालाई डोर्याएर त हेरौं ।

एक आपसमा मिली
गाउँ बस्तीका सहकारीमा आबद्धता 
बढाएर त  हेरौं ।

 गर्व गर्न लाएक स्वाधीन अर्थतन्त्रको 
दीर्घकालीन आधारशीलाको लहर
गाउँ बस्ती बाट उठ्दै जाने पक्का 

मितव्ययितामा पनि धानिने संस्कारजन्य
प्रतिस्पर्धात्मक खर्च बचाउँदै
 सामुदायिक कार्यमा लगाएर त हेरौं ।

बीरका सन्तानको पौरखी हात
जन्मुभूमिको उन्नतिमा 
एकै साथ उठाएर त हेरौं ।

व्यक्ति, समुदाय र राष्ट्रको 
समुन्नति सँगसँगै
समृद्धिको यात्रा नजिकिने पक्का

अनुदान र ऋणका लागि
पराइ सामु याचना गर्नु पर्दा
आत्मग्लानिले  छुन्छ भने 

हाँस्दै खेल्दै हुर्किएको 
गाउँ बस्तीको उन्नतिमा
जीवन नै दान दिने सहिदका स्मृतिमा

नौ मुठी खाई एक मुठी दान गर्दैमा
आफ्नै पौरखमा गौरव गर्न सक्ने
 राष्ट्र निर्माणमा टेवा पुग्छ भने
अठोट लिन ढिला भएको त छैन ?

 



Leave a comment