हाइलाइट

बचत संघ ललितपुरको नयाँ कार्यालय उद्धघाटन

महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान

बचत संघ ललितपुरको नयाँ कार्यालय उद्धघाटन :: Sahakari Akhabar

ललितपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुर नयाँ कार्यालयमा सरेको छ । संघको नयाँ कार्यालयको शुक्रवार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले उद्घाटन गरेका थिए । कार्यालय उद्घाटन गर्दै अध्यक्ष कँडेलले सहकारी संघसंस्थाहरु आफू सुदृढ हुँदै प्रारम्भिक संस्थाहरुलाई समृद्ध बनाउन लाग्नुपर्ने बिचार राखे ।

कार्यक्रममा महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको थियो । संघका अध्यक्ष रामहरी बजगाईले संघलाई साझा संघ बनाउन निरन्तर अभियान र सबैको सहयोगले सम्भव हुने बताउ । अध्यक्ष बजगाइले ललितपुर बचत तथा ऋण सहकारी संघका गतिविधिका बारेमा जानकारी गराउँदै सहकारी अभियानमा देखिएका समस्याहरुलाई नेतृत्व तहले समाधान गर्न सम्वन्धित ठाउँमा पहल गर्नु पर्ने बताए ।

उनले सहकारीका निति नियम सहकारी मैत्रि बनाउन सहकारी महासंघका नेतृत्वतहले पहल गर्नु पर्ने बिचार राखे । संघले फागुन २२ गते देखि २४ गते सम्म चौथो ललितपुर सहकारी समिट गर्न लागेको बजगाईले जानकारी दिए । 



Leave a comment