हाइलाइट

भक्तपुरका तीन सहकारी मर्ज हुने

भक्तपुरका तीन सहकारी मर्ज हुने :: Sahakari Akhabar


भक्तपुर । सामूहिक बचत तथा ऋण सहकारी संग दुई सहकारी संस्था एकिकरण  हुने भएको छ । मध्यपुर ठिमी नगरपालिका ६ स्थित समता बचत तथा ऋण सहकारी संस्था र भक्तपुर नगरपालिका ४ स्थित बुद्ध बचत तथा ऋण सहकारी संस्था र सामुहिकबीच एकीकरण हुने भएको हो ।

संस्थाको अर्ध वार्षिक समीक्षा कार्यक्रम तथा संस्था एकीकरण सहमति घोषणा कार्यक्रममा एकीकरणका लागि सहमति गरिएको जानकारी दिइएको हो । कार्यक्रमका नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले संस्था एकीकरणले कसैलाई पनि बेफाईदा नगर्ने भएकाले सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न एकीकरण अनिवार्य भएको कुरा उल्लेख गरे । एकीकरणको सहमति भएका तीन वटै सहकारी संस्थाहरुलाई उनले शुभकामना व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्णगोबिन्द लाखाजु, बिशेष अतिथि भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ लगायत अन्य अतिथि तथा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्था एकीकरण किन र यसका फाईदाहरु के छन् भन्ने बिषयमा समेत नेफ्स्कूनका बिभागीय प्रमुख दुर्गाप्रसाद ढकाले प्रस्तुतीकरण गरेका थिए ।

आगामी दिनमा भक्तपुरका अन्य सहकारी संस्थाहरुलाई पनि एकीकरण गरी भक्तपुरमा नमुना संस्था बनाउने कुरामा तीन वटै संस्थाका अध्यक्षहरुले प्रतिवद्धता जनाउदै अन्य संस्थाहरुलाई समेत एकीकरणका लागि आव्हान गरे ।  हाल संस्थाको कूल कारोवार ४८ करोड ५६ लाख रहेकोमा एकीकरण पछि भने करीव ५४ करोड पुग्ने जनाइएको छ ।
 



Leave a comment