हाइलाइट

काभ्रेका तीनवटा सहकारी एकिकरण हुने

काभ्रेका तीनवटा सहकारी एकिकरण हुने :: Sahakari Akhabar

काभ्रे । काभ्रेका तीनवटा सहकारी एकिकरण हुने भएका छन् । बुडोल सामुदायिक साकोस, जनमैत्री साकोस र चाँदनी साकोसबिच एकिकरण घोषणा गरिएको छ । बुडोल बचत तथा ऋण सहकारीको २१ औं वार्षिकोत्सवको अवसरमा संस्था एकिकरणको घोषणा गरेको हो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडाललाई बुसा सहकारी साधना २०७६ बाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा आ.व.०७५ / ०७६ मा उत्कृष्ट हुन सफल संस्थाका कर्मचारी, उत्कृष्ट बाल बचतकर्ता, बचतकर्ता, ऋणी, शेयर खरिदकर्ता सदस्यहरू, उत्कृष्ट रक्तदाताहरू र ०७५ / ०७६ को संरक्षित पूँजी फिर्ता कोषबाट अधिकतम रकम प्राप्त गर्ने २० सदस्यहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

संस्थाले ६९ लाख  ६ हजार ३५ रूपैयाँ संरक्षित पूँजी फिर्ता कोषबाट रकम वितरण गरेको थियो । वार्षिकोत्सव समारेहको अवसरमा बनेपा हेल्थ केयर प्रा.लि.को प्राविधिक सहयोगमा निःशुल्क सुगर तथा ब्लडप्रेसर जाँच शिविर संचालन गर्नुका साथै, विभिन्न सास्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष रामहरि के.सीको सभापतित्वमा सञ्चालन भएको थियो । 

 



Leave a comment