ललितपुर । राष्ट्रिय सहकारी महासंघको आयोजनामा सम्पत्ति शुद्धिकरण निवारण तथा जोखिम विश्लेषण सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।
समापन कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहभागीलाइृ प्रमाणपत्र प्रदान गर्दै सहकारीले सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ अनुसार काम गर्नुपर्ने बताइन् ।
उनले निस्कृय संघहरुलाई सक्रिय बनाउनका लागि महासंघले योजना बनाएर अघि बढ्ने पनि बताइन् । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले ऐन नियमावलीको विषयमा जानकारी गराउने उद्देश्यले नियमित तालिम दिदै आएको जानकारी दिइन् ।
तालिममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक, हरि नेपाल, विनय सिग्देल, सहकारी विभागका उपरजिष्टार शशिकुमार लम्साल, संचार अधिकृत रामसुदन तिमल्सिनाले सहजीकरण गरेका थिए ।
Leave a comment