भक्तपुर । गाम्चामा रहेको छहारी बचत तथा ऋण सहकारीले सदस्य तथा सदस्यले लिएको ऋणको पनि विमा गरिदिने भएको छ ।
संस्थाले सिटिजन्स लाइफ इन्स्योरेन्स संग ऋण विमाको सम्झौता गरेको हो । सस्थाका अध्यक्ष कृष्णहरि खड्का र सिटिजन्स लाइफ इन्स्योरेन्स सूर्यविनायकका शाखा प्रमुख प्रमिला प्रजापतिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । संस्थाका ऋणी सदस्यको मृत्यु भएमा उसको ऋण मिनाहा गरिदिने भएको हो ।
सदस्यले एकलाख ऋण वापत ५४० रुपैंया प्रिमियम बुझाउनु पर्ने ऋणी सदस्यहरूलाई वीमा कार्यक्रममा समेटेर सहुलियत दिने अध्यक्ष खड्काले जानकारी दिए ।
Leave a comment