हाइलाइट

बचत तथा ऋण सहकारीमा एक्सेस भन्दा स्तरिय कार्यक्रम बैंकले ल्याउदै

बचत तथा ऋण सहकारीमा एक्सेस भन्दा स्तरिय कार्यक्रम  बैंकले ल्याउदै :: Sahakari Akhabar


काठमाडौं । राष्ट्रिय सहकारी बैंकले आफ्ना सदस्यलाई सुशासन कायम गराउन गुणस्तर मापन गर्ने भएको छ । एशियाली ऋण महासंघ (अक्कु) सँगको सहकार्यमा सहकारी बैंकले पहिलो चरणमा बचत तथा ऋण सहकारी संस्थाहरुको स्तर मापन गर्ने भएको हो ।

अक्कुले निमार्ण गरेको क्रेडिट युनियन लेबल अफ एक्सिलेन्स इन गभरनेन्स ९कुलेग० विधि सहकारी बैंकले सदस्य संस्थामा लागु गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले जानकारी दिए । कुलेग बचत तथा ऋण सहकारी संस्थाहरुको लागि लागु गर्ने आन्तरिक स्वःनियमन गर्ने बिधि भएको गुरागाईंले जानकारी दिए ।

‘कुलेग अक्कुले प्रदान गर्ने एक्सेस ब्राण्डभन्दा माथिल्लो तहको ब्राण्ड हो’, उनले भने, ‘यो नेपालको बचत तथा ऋण सहकारीका लागि निमार्ण गरेको शुसासन विधि हो ।’ सहकारी बैंकले पहिलो पटक नेपालमा यो विधि लागू गर्दैछ ।

अक्कुको सहमतीमा सहकारी बैंकले आफ्नो तर्फबाट परीक्षकहरु तोक्दछ भने अक्कुले उनीहरुले गरेको मूल्याङ्कन या परीक्षणलाई जाँच गर्ने गर्दछ । यसमा प्रमुख कार्यकारी अधिकृत सहितको उच्च व्यवस्थापन, सञ्चालकहरु र बाह्य तथा आन्तरिक लेखापरीक्षकहरु संग गरिने बैठक पनि सामेल हुने गुरागाईंले जानकारी दिए ।

संस्था सहभागि हुनको लागि कुलेगले सुशासनका १० सिद्धान्तहरुलाई सूचकाङ्कहरुको प्रयोग गरेको छ । सुशासनका सिद्धान्तहरुमा सहभागिता, पारदर्शिता, जवाफदेहिता, आमसहमती, सक्षमता र प्रभावकारीता, समता र समावेशिता रहेका छन् ।

त्यस्तै नीति, नियम र नियमनको सम्मान, रणनैतिक र दुरदर्शी नेतृत्व, नेतृत्वमा जानकारी र सीप, संस्थागत अवस्था रहेका छन् । संस्थाको सुशासन मापन गर्ने ५६ वटा सूचकाङ्क रहेका छन् । यसको अंकभार ४०० रहेको छ । सूचकाङ्कहरुको आधारमा सहकारी संस्थाहरुलाई ब्राण्डिङ गरी स्वर्ण, रजत र कास्य गरी तीन श्रेणीमा छुट्याउने गुरागाईंले जानकारी दिए ।



Leave a comment