हाइलाइट

स्थानीय तहलाई सहकारी महासंघको तालिम

स्थानीय तहलाई सहकारी महासंघको तालिम :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी महासंघले स्थानीयतहका सहकारी विभागका प्रतिनिधिलाई सहकारी सम्वन्धि तालिम दिएको छ । महासंघले सहकारी दर्ता, नियमन र प्रवद्र्धन विषयमा तीनदिने तालिम आयोजना गरेको हो । माघ ८ देखि १० गतेसम्म सञ्चालन हुने  तालिमको महासंघका नायब महाप्रबन्धक बाबुल खनालले समन्वय गरेका छन् ।

तालिममा ललितपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख, काठमाडौं, मोरङ, नुवाकोट, धादिङ्ग लगायत विभिन्न जिल्लाका स्थानीय तहका सहकारी शाखा हेर्ने अधिकारीहरुको सहभागीता रहेको छ ।
तालिममा सहकारी दर्शन, सिद्धान्त, मूल्य एवं मान्यता, सहकारी संस्था दर्ता प्रकृया, खुल्ला छलफल, सहकारी ऐन तथा नियमावली, सहकारी संस्थाहरुको सुपरीवेक्षण, अनुगमन तथा नियमन, सहकारी संस्थाहरुको प्रवद्र्धनमा स्थानीइ सरकारको भूमिका, सहकारी तथा गरिबी निवारण सूचना व्यवस्थापन प्रणाली लगायतका विषयहरुमा सहभागीहरुलाई प्रशिक्षण दिने तालिम अधिकृत अच्युत्तम थापाले जानकारी दिए ।

 



Leave a comment