काठमाडौं । नैकापमा केन्द्रिय कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, लेखा समितिको प्रतिवेदन लगायतका प्रस्ताव पारित गरेको छ ।
सञ्चालक समितिले आर्थिक वर्ष २०७५/ ०७६ को नाफाबाट सदस्यलाई १५ प्रतिशत लाभांश बाढ्ने प्रस्ताव सभाले पारित गरेको छ । संस्थाले गत आर्थिक वर्षमा पनि १५ प्रतिशत लाभांश सदस्यलाई प्रदान गरेको थियो ।
आर्थिक वर्ष २०७५ /०७६ को अन्त्यसम्ममा ४ हजार ८ सय ११ जना सदस्य रहेको जानकारी दिएको छ । ५ करोड १४ हजार चुक्ता पुँजी रहेको संस्थाका अध्यक्ष मनोजकुमार थापा मगरले सभामा जानकारी गराए । त्यस्तै ४१ करोड ४१ लाख निक्षेप संकल गरी ४२ करोड ७१ लाख रूपैयाँ कर्जा प्रवाह गरेको अध्यक्ष थापा मगरले जानकारी दिए ।
संस्थाले आर्थिक वर्ष २०७५ ०७६ मा ८६ लाख ३२ हजार रूपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यस अविधसम्म आईपुग्दा संस्थाको सम्पत्ति ५१ करोड ६७ लाख ८५ हजार पुगेको अध्यक्ष थापमगरले बताए । संस्थाले केन्द्रीय कार्यालयको साथै कलंकी सेवा केन्द्रबाट समेत सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।संस्थाले चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकापमा कृषि फार्म समेत संचालन गर्दै आएको छ । संस्थाले गत २०७६ असार २० गतेबाट लघुवित्त कार्यक्रम समेत सञ्चाल गर्दै आएको जनाएको छ ।
साधारणसभामा राष्ट्रिय सहकारी महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटा, प्रतिनिधि सभा सांसद देवेन्द्र पौडेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक पार्वती थापा लगायत अतिथिहरूको उपस्थिति रहेको थियो ।
अध्यक्षमा पुनः मनोजकुमार थापा
तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः मनोजकुमार थापा मगर निर्वाचित भएका छन् । उपाध्यक्षमा गंगाराम दुलाल, सचिवमा बुद्ध तण्डुकार, कोषाध्यक्षमा मन्नु खनाल खत्री चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रजत कुमार श्रेष्ठ, रोशनी तण्डुकार, प्रेमबहादुर महर्जन, माधवप्रसाद लम्साल र संजय चन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
लेखा समिति संयोजकमा रामप्रसाद श्रेष्ठ सदस्यहरुमा प्रतिक न्यौपाने र कस्तुरी भुजेल चयन भएका छन् । सभामा संस्थाले असल बचतकर्ता, असल ऋणी, तथा सदस्यहरुलाई नगद सहित सम्मान गरेको थियो ।
Leave a comment