काठमाडौं । यस बर्ष सहकारी विभागले चौंतीसवटा बचत तथा ऋण सहकारी संस्थाहरुलाई गुणस्तर प्रमाणिकरण गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय संघ नेफ्स्कूनले संचालन गरेको साकोस प्रमाणिकरण कार्यक्रम प्रोबेशनमा सहकारी विभागको सहयोग रहेको छ । संस्थाको स्तरिकरण गरी गुणस्तर सुनिश्चित गर्ने, वित्तीय रुपमा स्वस्थ तथा सुरक्षित रहँदै सदस्यमैत्री प्रतिस्पद्र्धात्मक सेवा प्रवाह गर्न सक्षम बनाउने, साकोसको योजनावद्ध विकास तथा व्यवसायिक सेवा प्रवाहमा गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले नेफ्स्कुनले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यस वर्ष नेपाल स्तरको साकोस गुणस्तरको यो मापदण्डमा प्राप्त गर्ने संस्थाहरुमा एकिकृत फ्रेण्डसिप साकोस–दोलखा, ऐंचो पैंचो साकोस–काठमाडौं, कोलिय देवदह साकोस–रुपन्देही, गछिया साकोस–मोरङ, ग्रामिण साकोस–सल्यान, जनउत्थान साकोस–रुपन्देही, जनमुखी साकोस–दोलखा, नवजागरण साकोस–रामेछाप, नवप्रगती पृथ्वी साकोस– नवलपरासी सुस्ता पूर्व, नवविकास साकोस–रौतहट, परोपकार साकोस–नवलपरासी सुस्ता पूर्व, फुलवारी साकोस–प्यूठान, भिमकुल साकोस–गोरखा, महाप्रभु साकोस–दाङ, महिला जनचेतना साकोस–मकवानपुर, महिला जागरण साकोस–मकवानपुर, महिला मिलन साकोस–मकवानपुर रहेका छन् ।
त्यसैगरी लुम्बिनी साकोस, नवलपरासी सुस्ता पश्चिम, लेकाली स्वावलम्बन साकोस–गुल्मी, लेटाङ साकोस–मोरङ , विरेन्द्रनगर साकोस–मोरङ, शिक्षक कल्याण साकोस–दोलखा, शिखर साकोस, सुर्खेत, श्रोत परिचालन साकोस–धादिङ, सक्रिय महिला साकोस–मकवानपुर, सप्तकोशी साकोस–गोरखा, सयपत्री साकोस–नवलपरासी सुस्ता पश्चिम, सामुहिक साकोस–भक्तपुर, सामुहिक विकास साकोस–रुपन्देही, सिको साकोस –बर्दिया, सिनर्जी साकोस–कपिलबस्तु, सुन्दरपुर साकोस–मोरङ, हरियाली साकोस–दाङ, हाम्रो मध्यवर्ती साकोस–बर्दिया रहेका छन् ।
Leave a comment