सिवाईसीद्धारा व्यवसायीक बाख्रा पालन तालिम प्रदान

सिवाईसीद्धारा व्यवसायीक बाख्रा पालन तालिम प्रदान :: Sahakari Akhabar

गुल्मी : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाबागलुङले सदस्यहरुलाई व्यवसायीक बाख्रा पालन तालिम दिएको छ । संस्थाले सदस्यलाई व्यवसायीक बनाउनका लागि पछिल्लो समयमा शाखाहरु मार्फत व्यवसायीक सिप विकास तालिमहरु सञ्चालन गरिरहेको छ ।

सदस्यहरुलाई कर्जाको सदुपयोग गर्नकालागि संस्थाले सदस्यको माग र बजार अनुसारका तालिमहरु सञ्चालन गर्दै आईरहेको छ ।
बुधवार संस्थाको खर्वाङ शाखा कार्यालय बागलुङको आयोजनामा वडिगाड गाउँपालीका वडा नं. ५ ग्वालीचौरमा १ दिने व्यवसायीक बाख्रा पालन तालिम सम्पन्न गरेको हो ।

तालिमको सहजिकरण खर्वाङ पशु सेवाकेन्द्रका प्रमुख पशु विशेषज्ञ महेन्द्र पन्थी र संस्थाका केन्द्र प्रमुख व्यवस्थापक बेलु गिरीले सहजिकरण गरेका थिए । कार्यक्रममा संस्थाका केन्द्र २७ का प्रमुख पार्वती घिमिरेको स्वागत र संस्थाका जुनीयर केन्द्र व्यवस्थापक अस्मिता घर्तिले सञ्चालनमा गरेका थिए ।



Leave a comment