हाइलाइट

तरलता अभावले बैंकलाई छटपटी, पैसा माग्न सहकारीमा धाउँदै

तरलता अभावले बैंकलाई छटपटी, पैसा माग्न सहकारीमा धाउँदै :: Sahakari Akhabar

झापा । बैकिङ प्रणालीमा लगानी गर्न मिल्ने रकमको चरम अभाव भएपछि पूर्वका अधिकाशं बैंक तथा वित्तिय संस्था महंगो व्याजमा रकम लिन सहकारी संस्थामा धाउन थालेका छन् । बैंकमा देखिएको तरलता अभावकै कारण यस क्षेत्रमा रहेका वाणिज्य बैंक, विकास बैंकका शाखा कार्यालय मात्र नभएर क्षेत्रियस्तरका वैंक तथा वित्तिय संस्थाहरु अहिले सहकारीमा पैसा माग्न धाइरहेका हुन् ।

सरकारी ढुकुटीमा ठूलो रकम थन्किनु तथा लगानी भएको रकम तत्काल असुली हुने अवस्था नभएपछि अधिकाशं बैंकलाई पैसाको अभाव देखिएको छ । बैंकले वढी व्याज दिने जभएपछि सहकारीका सदस्य समेत बैंकमा कारोवार गर्न थालेको स्थानिय सहकारी सञ्चालकहरु वताउँछन् ।

बैंक तथा वित्तिय संस्थामा लगानी गर्ने ऋणको चरम अभाव भएकाले सहकारी संस्थामा अधिकतम व्याजमा समेत उनीहरु रकम लिन थालेका छन् । कतिपय वित्तिय संस्थाले सहकारीका निक्षेपकर्तालाई आकर्षक व्याज दिने लोभ देखाएर बैंकमा निक्षेप राख्न लगाइरहेका छन् । यस्तै, बैंकले निक्षेपकर्तालाई समेत रकम फिर्ता दिन सकेका छैनन् । पूर्वका झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा रहेका ‘क’ वर्गका बैंकका शाखा र विकास बैंकनै अहिले लगानी गर्ने रकम नभएपछि छटपटिएका छन् । बैंकले नयाँ ऋणीलाई लगानी गर्नै सकेका छैनन भने पुराना ऋणीलाई समेत माग अनुसार रकम दिन नसकेको जनाएका छन् । ठूला निक्षेपकर्तालाई घर÷घरमा गएर रकम जम्मा गर्दिन बैक तथा वित्तिय संस्थाले आग्रह गरिरहेको निक्षेपकर्ताले जनाएका छन् ।
‘अहिले बैंक तथा वित्तिय संस्थामा चरम तरलता अभाव देखिएको छ’, झापाको विर्तामोडस्थित कर्णाली वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीएस प्रधानले भने, ‘बैंक तथा वित्तिय संस्था लगानी गर्ने रकम नभएपछि हामीलाई पैसा राखिदिन भन्दै धाइरहेका छन्, दैनिक ३, ४ वटा बैंकका शाखा प्रवन्धक आइरहेका छन् ।’ सहकारीका ठूला निक्षेपकर्तालाई समेत उनीहरुले घरघरमै गएर रकम जम्मा गरिदिन आग्रह गरेको प्रधानले वताए । बैंक तथा वित्तिय संस्थाले विगतमा सहकारीले पैसा राख्दा २ प्रतिशत व्याज दिन हिच्किचाउने गरेकामा अहिले ११ प्रतिशत व्याज तोकेर पैसा मागिरहेको भन्दै प्रधानले झापाका बैंकमा तरलताको चरम अभाव देखिएको जनाए । यहाँका एक्सल डेभलपमेन्ट, विराट लक्ष्मी, एनआइसी एसिया लगायतका बैंक सहकारीमा रकम माग्न धाइरहेको सहकारीका सञ्चालकहरु वताउँछन् ।

बैंकमा देखिएको तरलता अभावकै कारण यस क्षेत्रमा रहेका वाणिज्य बैंक, विकास बैंकका शाखा कार्यालय मात्र नभएर क्षेत्रियस्तरका वैंक तथा वित्तिय संस्थाहरु अहिले सहकारीमा पैसा माग्न धाइरहेका हुन् ।

झापाको सुरुङ्गास्थित भगवती वचत तथा ऋण सहकारी संस्थाका व्वस्थापक लिलाप्रसाद उप्रेती झापामा रहेका अधिकाशं बैंकले सहकारीलाई निक्षेप जम्मा गरिदिन पत्राचार नै गरिरहेको बताउँछन् । बैंकले जम्मा भएको ठूलो निक्षेप समेत फिर्ता दिने अवस्था नरहेकाले ग्राहसँग समय माग गर्नेगरेको उनको भनाइ छ । घर जग्गा, सेयरमा लगानी गरेका बैंकसँग अहिले लगानी गर्ने रकम अभाव देखिएको हो । सरकारी ढुकुटीमा ठूलो रकम थन्किनु तथा लगानी भएको रकम तत्काल असुली हुने अवस्था नभएपछि अधिकाशं बैंकलाई पैसाको अभाव देखिएको छ । बैंकले वढी व्याज दिने भएपछि सहकारीका सदस्य समेत बैंकमा कारोवार गर्न थालेको स्थानिय सहकारी सञ्चालकहरु वताउँछन् ।



Leave a comment