हाइलाइट

बाढीपिडित सहकारीका लागि सामाग्री सहयोगगर्न बागमती प्रदेश सहकारी संघको अपिल

बाढीपिडित सहकारीका लागि सामाग्री सहयोगगर्न बागमती प्रदेश सहकारी संघको अपिल :: Sahakari Akhabar

काठमाडौं । बाढि प्रभावित जिल्लाका सहकारी संस्थाका लागि कार्यालय संचालनार्थ आवश्यक सामाग्री सहयोग गर्न बागमती प्रदेश सहकारी संघले अपिल गरेको छ । संघले विज्ञप्ती जारी गरी उक्त क्षेत्रका पिडित सहकारीकालागि कम्प्यूटर, ल्यापटप, प्रिन्टर, टेवल, चियर र कपबार्ड सहयोग गर्न अपिल गरेको हो ।

नुवाकोटका १४ वटा, रसुवाका ३ वटा र धादिङका २ वटागरी १९ वटा सहकारी पूर्णरुपमा क्षतीग्रस्त भएको संघले जनाएको छ । अपिलमा नुवाकोट, रसुवा र धादिङ जिल्लाको विभिन्न सहकारीहरु पूर्ण रुपमा क्षति भई कार्यालय नै नरहेकाले तत्काल ती संस्थाहरुको दैनिक कार्य सञ्चालन गर्नका लागि सहकारी अभियानको तर्फबाट सहयोग गर्न भनेको छ ।

साथै कार्यालय संचालन गर्न सामग्रीहरु वा सो बराबरको रकम सघसँगको समन्वयमा सहयोग गरि क्षतिग्रस्त सहकारीहरुको पुनरुत्थान तथा पुनःसञ्चालनका लागि सहयोग गरिदिनुहुन आग्रह गरेको छ। संघले देशभरका सम्पूर्ण सहकारी संघसस्था, सहकारी अभियन्ता, सहकारीकर्मी, सफ्टवेयर कम्पनी लगायत सरोकारवालाहरुमा अपिल गरेको हो । साथै सहयोगीहरुको विवरण सम्बन्धीत निकायमा अभिलेख राखिने संघका अध्यक्ष रामहरण शर्मा घिमिरेद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

क्षतिग्रस्त सहकारीहरु:

नुवाकोट
१, साँघु बहुउद्धेश्यीय सहकारी सस्था, विदुर १
२, उपकार बचत तथा ऋण सहकारी सस्था, विदुर १
३, त्रिशुली बचत तथा ऋण सहकारी सस्था, विदुर १
४, दक्षिणकाली बचत तथा सहकारी सस्था, विदुर १
५, कुल भक्तेश्वर बचत तथा सहकारी सस्था, विदुर १
६, मातृभूमि बहुउद्धेश्यीय सहकारी सस्था, विदुर १
७, माता मनकामना बचत तथा ऋण सहकारी सस्था, विदुर १
८, हाम्रो सहकारी सस्था, विदुर ७
९, शुभकामन बहुउद्धेश्यीय सहकारी सस्था, विदुर १०
१०, उतरगया बचत तथा ऋण सहकारी सस्था, विदुर १०
११, जाल्पादेवी बहुउद्धेश्यीय सहकारी सस्था, विदुर ५ 
१२, शुभारम्भ बचत तथा ऋण सहकारी सस्था, विदुर १०
१३, विकासशील कृषि सहकारी सस्था, विदुर १०
१४, नवदिप कृषि सहकारी सस्था, विदुर १०

रसुवा
१, बेत्रावती कृषि सहकारी सस्था, उत्तरगया ५
२, उतरगया कृषि सहकारी सस्था, उत्तरगया ५
३, रुद्रगगा कृषि सहकारी सस्था, उत्तरगया ५

धादिङ
१, स्वाभिमान बचत तथा ऋण संस्था, गल्छी ६
२, कृषक सुधार तरकारी तथा फलफूल सहकारी सस्था, बेनिघाट रोराङ ७
 



Leave a comment