हाइलाइट

काठमाडौं महानगरपालिकामा ६ हजार बढी बचतकर्ताको उजुरी

काठमाडौं महानगरपालिकामा ६ हजार बढी बचतकर्ताको उजुरी :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागमा बचत रकम फिर्ता गरीदिनका लागि ६ हजारभन्दा बढीले उजुरी गरेका छन् । विभागमा बचतकर्ताले चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ताको माग गरेका छन् । पछिल्लो समय बचत रकम फिर्ता गरीदिनका लागि अत्यधिक माग आउन थालेको विभागले जनाएको छ ।

बचत रकम फिर्ताका लागि गत वैशाख १७ गतेदेखि हालसम्म आएका उजुरीका आधारमा ६ हजार ३ सय बचतकर्ताले माग गरेको सहकारी विकागका प्रमुख धुव्रकुमार काफ्लेले जनाए । यसरी माग दाबी गर्ने बचतकर्तामा एकलाख देखि पाँच लाखसम्मको रकम बढी रहेको उनले जनाए ।

प्रमुख काफ्लेले भने, ‘निवेदनका आधारमा औसतमा यसरी उजुरी दिनेमा दैनिक ५०० देखि एकहजार जम्मागर्ने अर्थात् सानारकम जम्मागर्ने बचतकर्ताको संख्या अत्यन्तै बढी छ ।’ उनका अनुसार उजुरी आएकामध्ये साना बचतकर्ताको संख्या ७८ प्रतिशत छ ।

कामपाले गत सोमबार र मङ्गलबार गरी बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। ६ मा सञ्चालित यस संस्थाले उक्तदिन एक लाख ५० हजारसम्म बचत गर्नेको रकम फिर्ता गरेको हो ।

सहकारीले आगामी एक महिनाभित्र पाँच लाखसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्तादिने योजना बनाएको विभागले जानकारी दिएको छ ।

कामपाले ठूला बचतकर्ताका हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीलाई पनि ताकेता गर्ने र बचतकर्ताको पनि बचत रकम फिर्ता गर्दै कार्य अघि बढाएको छ । सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको सहकारी विभागको भनाइ छ ।



Leave a comment