काठमाडौं । मणिग्राम रुपन्देहीमा रहेको सबैको बचत तथा ऋण सहकारी संस्थाको पाँचौ बार्षिक साधारण सभाको निर्णय प्रमाणिकरण सभा सम्पन्न भएको छ । सभामा संस्थाका ९ वटा सेवाकेन्द्रलाई विभिन्न ४ वटा इकाइमा विभाजन गरि असौज १७ र १८ गते साधारण सभाको इकाइ बैठक तथा २३ गते निर्णय प्रमाणिकरण सभा सम्पन्न गरेको हो ।
संस्थाको प्रगति प्रतिवेदन एवं नीति कार्यक्रम, आर्थिक प्रतिवेदन तथा अनुमानित आय ब्यय, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखापरिक्षकको प्रतिवेदन सहित विभिन्न १३ वटा प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरि साधारण सभा सम्पन्न भएको जनाइएको छ ।
२०७७ सालमा ११ वटा सहकारी संस्थाहरु एकीकरण भए पछिको पाँचौ साधारण सभा सम्पन्न गरेको संस्थामा हाल ९ हजार जना शेयर सदस्य र १ अर्व ४० करोड बरावरको वासलात रहेकोछ । “ब्यवस्थित, गुणस्तरीय एवं दीगो वित्तिय सहकारी संस्था सहकारी ” लाई संस्थाको परिकल्पना बनाएको साकोसले संस्थागत सुदृढिकरणलाई वित्तिय सुचकांकहरु एवं सदस्य सन्तुष्टि र विश्वासलाई विशेष महत्व दिएको छ ।
इकाइ प्रतिनिधीहरुको निर्णय प्रमाणिकरण सभा अगाडि “बचत तथा ऋण सहकारी संस्थाहरुको आगामी गन्तब्य, कानूनी ब्यवस्था तथा आगामी दिशा” विषयक प्रशिक्षण कार्यक्रम समेत आयोजना गरिएको थियो । साधारण सभाका इकाइ प्रतिनिधीहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमिति सदस्यहरु समेत सहभागि भएको प्रशिक्षणमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निवर्तमान अध्यक्ष डा.खगराज शर्माको प्रस्तुति रहेको थियो ।
संस्थाका अध्यक्ष भरतराज भूसालको अध्यक्षतामा सम्पन्न निर्णय प्रमाणिकरण सभामा विशिष्ट ब्यक्तित्वका रुपमा संस्थाका विज्ञ परामर्शदाता प्राडा रामचन्द्र आचार्य सहभागि रहेका थिए । साधारण सभाको प्रमाणिकरण सभामा सहभागिलाई संस्थाका उपाध्यक्ष सुकबहादुर नेपालीले स्वागत गरेका थिए ।
चारवटै इकाइ बैठकमा भएका निर्णयहरुलाई प्रमाणिकरणका लागि अध्यक्ष भूसालले सभामा प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सल्लाहकार खुमबहादुर थापा तथा गायत्री पाण्डेयले शुभकामना मन्तब्य राखेका थिए भने प्रमुख अतिथि प्राडा आचार्यले संस्थालाई स्तरीय र दिगो बनाउन स्वनियमन, पारदर्शिता र जवाफदेहितामा अझै मेहनत गर्नुपर्ने बताए ।
संस्थालाई अरुले नियमन गरोस भन्ने होइन कि सदस्यको भरोसा र विश्वासको आधार बन्दै वित्तिय सहकारीका सुचकांकहरुमा उत्कृष्टता प्राप्तीका लागि हामी सबैले प्रयास र सहयोग गरौ, उनले भने । सभा संस्थाका सचिव हिमकला ओस्ती अधिकारीले सञ्चालन गरेकी थिइन ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया