काठमाडौं । समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यले चक्रिय कोष मार्पmत समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरुलाई राहत (बचत फिर्ता) दिने तयारी सरकारले गरिरहेको बताएका छन् । उनले राहत दिनुको अर्थ कर्जा मिनाहा नभएको बताएका छन् ।
अध्यक्ष डिल्लीराज आचार्यले राष्ट्रिय सहकारी महासंघ संघको छलफलमा सहकारी ऐन, २०७४ मा देखिएका अन्यौलता र अस्पष्टता चिर्नका लागि अध्यादेश आउन लागेको बताएका हुन् । उनले तत्काललाई मौजुदा ऐनमै टेकेर सरकारले सहकारीका विद्यमान समस्या व्यवस्थापन गर्न मात्र खोजेको बताए ।
छलफलमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारी क्षेत्रले मुलुकको आर्थिक, सामाजिक र संस्कृतिक सशक्तिकरणमा ठूलो भूमिका रहेको बताए । महासंघका उपाध्यक्ष खेम बहादुर पाठकले समस्याग्रस्त सहकारी संस्थाहरुको समस्या समाधान गर्न गहन अध्यायन हुनुपर्ने बताए । यसैगरी उक्त बैठकमा महासंघका महाप्रबन्धक डा.बाबुकाजी थापाले सहकारी व्यवसायको पुर्नोत्थानका लागि राष्ट्रिय पुनर्जागरण अभियान चलाउनुपर्ने आवश्यकता देखिएको बताए ।
Leave a comment