हाइलाइट

अटेर अभियान: निरिह नियामक

अटेर अभियान: निरिह नियामक :: Sahakari Akhabar

माथील्ला संघहरुमा रहेका “अभियन्ताहरु” दोहरो तेहरो पदमा रहनु पर्ने कारणका बारेमा भन्छन – माथी निर्णय गराएका कुरा तलका संघ वा संस्थामा कार्यान्वयनका लागि दोहरो तेहरो पद आवश्यक छ । यदि यहि कुरा ठिक हो भने तालुक संघमा सञ्चालक नभएका मातहतका संघ वा संस्थाले तालुक संघले गरेका निर्णयहरु पालना वा कार्यान्वयन नगरे हुने हो?

हकारी ऐन २०७४ ले सहकारीका तालुक संघहरुलाई मातहतका संस्था वा संघहरुको निरिक्षण अनुगमन गर्न र कुनै त्रुटि वा कमि कमजोरी भएमा सुधारका लागि निर्देशन दिन र सो नगरेमा कारवाहीको लागि सिफारिस गर्ने समेत अधिकार दिएको छ । सहकारीको अनुगमन तथा नियमनको कार्यमा प्रतिनिधी मूलक संस्थाहरुलाई जिम्मेवार बनाउन र स्वनियमनको कार्यलाई संघहरु मार्फत प्रभावकारी बनाउने ऐनको मकसद वा विधायीकी आसय हो ।

तर संघको पदाधिकारी हुन नेताहरुले जसरी मरिहत्ते गर्छन, संघ हरु मार्फत संस्थाको निरिक्षण अनुगमन गर्न पद्धति र सहकारीको आन्तरिक अभ्यास सुधार गर्न विधायिकी मकसद अभियानले पुरा गरेन । बरु सहकारी ऐन उल्लंघनको कार्यमा “अभियन्ताहरु” आफैले नेतृत्व गरिरहेका छन ।

सहकारीका अनेक नामधारी संघहरु कृयाशिल छन । सहकारी ऐनले ५ प्रकृतिका सहकारीहरुको परिकल्पना गरेको छ, तर केन्द्रिय संघहरुनै करिव २० वटा छन । विभिन्न केन्द्रिय, प्रदेश स्तरीय र जिल्लास्तरका अनेक संघहरु छन ।

तर यी संघहरुले ऐनले तोकेको परिभाषित जिम्मेवारी कति पुरा गरेका छन वा छैनन् भन्ने बारेमा आफुलाई सहकारीको अभियान्ता दावि गर्नेहरुले समिक्षा गरेका छन् कि छैनन ? सदस्यहरुबाट उठाउने सदस्यता, बार्षिक लेवि के का लागि ? दलका नेता र मन्त्री सचिवहरु संग फोटो खिचेर फेसबुकमा पोष्ट र साना “घटना प्रधान समाचार” बनाउनका लागि ?

सहकारी ऐन २०७४ को दफा ४१ (५) मा “कुनै ब्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ ।” भन्ने प्रष्ट  ब्यवस्था गरेको छ । तर सहकारी नेताहरुले आफुहरु एकै कार्यकालमा धेरै संघ संस्थामा रहन पाउनु पर्ने, आफुहरु धेरै सहकारीमा सञ्चालक हुन नपाउदा सहकारी अभियान नै धरापमा पर्ने, देश भरिका सहकारी बर्वाद हुने जिम्मेवारी बोधको धमासले कानून उल्लंघनको बहाना बनाएका छन् ।

“अभियन्ताहरु” ले कानून उल्लंघन गरेर बहु पदमा टासिइरहेका कारण संघहरुबाट ऐनले दिएको परिभाषित जिम्मेवारी पुरा हुन सकेको छैन । आफुहरुले ठिक नगरे पछि अरुलाई निर्देशन दिने नैतिक बल प्राप्त हुदैन होला ।

सहकारी ऐन २०७४ को दफा ९९ अनुसार – संघले निरीक्षण तथा अनुगमन गर्नु पर्ने (१) संघले आफ्ना सदस्यको काम कारवाहीको तोकिए बमोजिम निरीक्षण तथा अनुगमन गरि सो को प्रतिवेदन विभाग तथा कार्यालयलाई दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा देहायका विवरणहरु समावेश गर्नु पर्नेछ (क) अनुगमन तथा निरीक्षण गरेको संस्था वा संघको विवरण,
(ख) संस्था वा संघमा यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम र विनियमको पालनाको अवस्था,
(ग) सदस्यहरुले प्राप्त गरेको सेवा सुविधाको अवस्था, 
(घ) सदस्यहरुको सहभागिताको स्तर,
(ङ) संस्था वा संघको आर्थिक र वित्तीय अवस्था तथा कोषको परिचालन,
(च) तोकिए बमोजिमका अन्य ब्यवस्था,
(३) उपदफा (२) बमोजिम संघले अनुगमन गर्दा आफु मातहतका कुनै संस्था वा संघको काम कारवाहीमा कुनै त्रुटि फेला परेमा त्यस्तो त्रुटि सच्याउन सम्बन्धित संस्था वा संघलाइ सुझाव दिन सक्नेछ र त्यस्तो सुझाव वा निर्देशनको पालना गर्नु सम्बन्धित संस्था वा संघको कर्तब्य हुनेछ ।
(४) उपदफा (३) बमोजिम दिइएको सुझाव वा निर्देशनको पालना नभएमा रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारी समक्ष कारवाहीको सिफारिस गर्नेछ ।
(५) उपदफा (३) बमोजिम दिइएको सुझाव वा निर्देशन सम्बन्धि विषय संघको बार्षिक प्रतिवेदनमा समेत उल्लेख गर्नु पर्नेछ ।

यदि तपाइले आफु नहुँदा पनि आफु संलग्न संघ वा संस्थामा नेतृत्व हस्तान्तरणको सहज प्रकृया अपनाउनु भएको छ, नेतृत्व विकासको असल परिपाटी विकास गर्नु भएको छ भने संस्था वा सञ्चालकहरुले तपाइलाई माथीको नेतृत्वमा पठाउछन नै । तर तपाइलाई आफ्नै संस्था प्रति विश्वास छैन, त्यसैले सबै तिरको पद तपाइलाइ नै चाहिएकोछ ।

तर सहकारी संघहरुले सदस्य संघ संस्थाको निरिक्षण तथा अनुगमन गर्ने कार्य गरेका छैनन । संघहरुले यस विषयमा चासो दिएका पनि छैनन, संयन्त्र बनाएका छैनन । मातहतका संघ संस्थाहरुले सहकारी ऐन, नियम, विभिन्न निर्देशन तथा मापदण्ड र विनियम उल्लंघन गरेको अवस्थामा सुधार गर्न निर्देशन दिने र सुधार नभएमा कार्यवाहीका लागि सिफारिस गर्ने समेत अधिकार पाएका संघहरुले कुनै पनि संघ संस्थाको सुधारका लागि निर्देशन दिएको र सुधार नभएको अवस्थामा कार्यवाहीका लागि सिफारिस गरेको कतै भेटिदैन । राज्यका निकायमा यसकालागि जनशक्ति छैन । तर संघहरुले जमर्को समेत गरेका छैनन ।

मानी लिउँ कानून पनि गलत हुन सक्छ, वा अनुपयुक्त हुन सक्छ । तर कानून जारी भए पछि जस्तो सुकै भए पनि कानून कानून नै हो । संघहरुले कानून उल्लंघन गरिरहन र अवज्ञा गरिरहनु हुदैन । यदि गलत नै छ भने त्यसलाई सच्याउन पहल गर्ने वा सुधार गर्ने हो ।

तर मलाई ३ वटा पद एकै पटक नदिने कानून मान्दिन भन्न पाइदैन । यदि नेतृत्वले राज्यको कानून उल्लंघन गर्नु जायज हो भने मातहतका संघ संस्थाहरुले तालुक संघहरुलाई मान्नु पर्ने वा उनिहरुको निर्देशन मान्नु पर्छ भनेर भन्न मिल्ला र ?

अहिले सहकारी संघ संस्थाहरुको साधारण सभाको मौसम पनि हो । साधारण सभामै रिक्त पदमा निर्वाचन हुने हो । तर दोहरो तेहरो पदमा रहेका , नेपाल सरकारबाट नियमित तलब पाइरहने संघहरुका पदाधिकारीहरुले पद खालि गरेका वा निर्वाचन हुने बारेमा संघहरुले कुनै सुचना जारी गरेका छैनन ।

मतलब दोहरो तेहरो र गैर कानूनी पद उनिहरुले कुनै हालतमा छोड्नेवाला छैनन । नेतृत्वले संस्थाहरुमा असल अभ्यास गराउने कार्यमा कडाइ गर्न सबै भन्दा पहिले आफ्नो नैतिक र कानुनी धरातल बलियो बनाउनु पर्छ । अन्यथा संघहरु र “अभियन्ताहरु” माला, खादा, मायाको चिनो र सदस्यको रकममा असिमित भ्रमणमा ब्यस्त हुनेछन ।

माथील्ला संघहरुमा रहेका “अभियन्ताहरु” दोहरो तेहरो पदमा रहनु पर्ने कारणका बारेमा भन्छन – माथी निर्णय गराएका कुरा तलका संघ वा संस्थामा कार्यान्वयनका लागि दोहरो तेहरो पद आवश्यक छ । यदि यहि कुरा ठिक हो भने तालुक संघमा सञ्चालक नभएका मातहतका संघ वा संस्थाले तालुक संघले गरेका निर्णयहरु पालना वा कार्यान्वयन नगरे हुने हो ? या तल पदाधिकारी नरहे भोली माथी जाने प्रतिनिधी हुन पनि नपाइने डर हो ? आफ्ना डर र स्वार्थका लागि कानूनको अपब्याख्या नगरौ, इमान्दारी र कडाइका साथ कानूनको पालना गरौ, कुतर्क नगरौ ।

यदि तपाइले आफु नहुँदा पनि आफु संलग्न संघ वा संस्थामा नेतृत्व हस्तान्तरणको सहज प्रकृया अपनाउनु भएको छ, नेतृत्व विकासको असल परिपाटी विकास गर्नु भएको छ भने संस्था वा सञ्चालकहरुले तपाइलाई माथीको नेतृत्वमा पठाउछन नै । तर तपाइलाई आफ्नै संस्था प्रति विश्वास छैन, त्यसैले सबै तिरको पद तपाइलाइ नै चाहिएकोछ ।

सहकारी स्वनियमनमा रहनु पर्छ, नीति र विधिमा चल्नु पर्छ भनेर हरेक “अभियन्ताहरु” घण्टौं भाषण गर्नुहुन्छ । तर आफ्नो ऐना कहिले हेर्ने ? बरु अब एउटा सर्वस्विकृत भाष्य शुरु गरौं – “अभियन्ताहरु”ले नियम र विधिमा रहनु पर्दैन ।

नत्रभने दलहरुको सेण्डिगेटमा कानून उल्लंघन गरि ओगटेको धेरै पदहरु मध्ये आफुलाई उपयुक्त लागेको एउटामात्र पदमा रहनुस, तपाइले खाली गरेको पदमा पनि सहकारीकै अर्को ब्यक्ति आउने हो । धेरै ब्यक्ति संलग्न पनि हुन्छन । कानूनको परिपालना पनि हुन्छ । त्यसो गर्दा तपाइकै सम्मान बढ्छ । सबै जना समयमै सच्चिनु पर्छ , सक्किन बल नगरौ, यसैमा सबैको भलो हुन्छ ।



Leave a comment