काठमाडौं । धादिङ बचत तथा ऋण सहकारी संघले सहकारीमा कर परामर्श कार्यक्रम गरेको छ । संघले आन्तरिक राजश्व कार्यालय गल्छीको सहकार्य तथा सहजिकरणमा कर परामर्श कार्यक्रम सम्पन्न गरेको हो ।
संघका उपाध्यक्ष तुलसी प्रसाद अधिकारीको सभापतित्व र आन्तरिक राजश्व कार्यालय गल्छीका कर अधिकृत तुलसीराम फुल्देनको बिशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा नायव सुब्बा विनोद रेग्मीले कर सम्बन्धी विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा उठेका जिज्ञासालाई कर अधिकृत तुलसीराम फुल्देनले सहजीकरण गरेका थिए ।
संघका प्रमुख व्यवस्थापक कबिन्द्र धौबन्जारले सञ्चालन गरेको कार्यक्रममा संघका सचिव शान्तबिक्रम बानियाँ, लेखा सुपरीवेक्षण समितिका सदस्य बलराम खत्री, आन्तरिक कर अधिकृत बसन्त नेपाल, संघका व्यवस्थापक राधिका न्यौपाने लगायत विभिन्न संघ संस्थाका ६० जना भन्दा बढिको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया