काठमाडौं । पोखरा ८ कास्कीको पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था १४ औं वर्षमा प्रवेस गरेको छ । संस्थाले १४ औं स्थापना दिवसको अवसरमा शेयर सदस्य, सञ्चालक समिति, सल्लाहाकार, उपसमिति, कर्मचारी तथा शुभेच्छुकहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दै संस्था १४ औं वर्षमा प्रवेस गरेको जनाएको हो ।
संस्था २०६९ साल चैत २९ गते स्थापना भइ पोखरा ८, पृथ्वीचोक बाट सेवा सुरु गरेको जनाएको छ । संस्थाले ‘समृद्ध सदस्य र उत्कृष्ट वित्तिय सेवा सहितको सहकारी’ भन्ने मूल नारालाई आत्मसात गर्दै सहकार्य, विश्वास र पारदर्शिताका साथ सदस्यहरूको आर्थिक, सामाजिक, साँस्कृतीक र वातावरणीय संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको शुभकामना पत्रमा उल्लेख छ।
संस्थाका अध्यक्ष किरण प्रसाद बञ्जारा तथा व्यवस्थापक मोहन प्रसाद अधिकारीले संयुक्त शुभकामना पत्रमा आगामी दिनहरूमा पनि अझ प्रभावकारी, विश्वसनीय र सदस्य केन्द्रित सेवा प्रदान गर्दै समृद्धिको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संस्थाले हालै राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत ऋणको कारोबार इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले माघ ११ गते सहकारी नियमन प्राधिकरणबाट संचालन इजाजतपत्र प्राप्त गरेको हो । कास्की जिल्लाभर कार्यक्षेत्र रहेको पृथ्वी बहुउद्देश्यीय संस्थाले प्राधिकरणको इजाजतपत्र नं २०६९–०३४०३ प्राप्त गरेको छ।
बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले अनिवार्यरुपमा प्राधिकरणबाट संचालन इजाजतपत्र लिनुपर्ने सहकारी ऐनले व्यवस्था गरेको छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको दर्ता, अभिलेखीकरणका लागि चैत १७ गतेसम्मको समय सिमा तोकेको थियो, उक्त मितिसम्म प्राधिकरणमा १० हजार ६ सय संस्था आवद्ध रहेको जनाइएको छ।
Leave a comment