हाइलाइट

आईसिएले सार्वजनिक गर्यो अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम

आईसिएले सार्वजनिक गर्यो अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम :: Sahakari Akhabar

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसिए) ले यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम सार्वजनिक गरेको छ । आईसिएले ‘समुन्नत विश्वका लागि समावेशी तथा दिगो समाधान अघि बढाउनुु’ थिम सार्वजनिक गरेको हो ।

आगामी जुलाई ५ मा पर्ने १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम ‘समुन्नत विश्वका लागि समावेशी तथा दिगो समाधान अघि बढाउनु’ (Driving Inclusive and Sustainable Solutions for a Better World) सार्वजनिक गरेको छ ।

यो वर्ष ३१ औं संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवस पनि हो । यसै वर्ष विश्वले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ समेत मनाइरहेको छ । अन्तर्राष्ट्रिय सहकारी दिवस प्रत्येक जुलाई महिनाको पहिलो शनिबार मनाउने प्रचलनको शुरुवात सन्न् १९२३ बाट शुरु भएको हो भने संयुक्त राष्ट्र संघले सन् १९९५ बाट यसलाई मान्यता दिएको हो ।



Leave a comment