एउटै अभियान: एउटै आवाज

एउटै अभियान: एउटै आवाज :: Sahakari Akhabar

अभियान बिनाको संघ र संघहरु विनाको अभियानको कल्पना गर्न सकिंदैन ।

पृष्ठभुमि:

आज नेपालको सहकारी अभियान ६८औ बर्षको लामो यात्रा पारगरी अघि बढिरहेको छ । बखान ऋण समिति स्थापना पछि २०१३ साल चैत्र २० गते शुरु भएको अभियान नेपाल समुदायको समाजवादी सोच पुरागर्ने अभिभारा पाएको आर्थिक प्रणाली बन्न सक्षम भएको छ।

सबै प्रकृतिका सहकारीहरुको आज एउटै आवाज मर्यादित सहकारीः समुन्नत समाज भएको छ । सहकारीवाट सामुहितको अभिलाषा पुरागर्न थप बल पुगेको छ ।

६८औ सहकारी दिवसले सहकारी अभियानकर्मीहरु तथा शुभेच्छुकहरुमा थप उत्साह र क्रियाशिलता प्राप्त हुनेमा बचत तथा ऋण सहकारी अभियान विश्वस्त छ ।

कोभिड, आर्थिक मन्दी र तरलता संकुचनका बीच बचत तथा ऋण सहकारीहरु सामुदायिक सेवामा थप उत्कृष्ठताका साथ क्रियाशिल भएका छन् ।

नेपाल सरकारले सार्वभौम संसदवाट सहकारी ऐन २०७४ मा संशोधन गरी बचत तथा ऋणको मुख्य कारोवारलाई पहिचान दिएर नीतिगत जिम्मेवारी लिएको यस क्षण अभियानका लागि खुसिको क्षण भएको छ ।

सहकारी अभियान भित्र बचत तथा ऋण सहकारी अभियान सबै हिसाबले उन्नत हो । स्थापना विकास तथा रुपान्तरण सबैमा बचत तथा ऋण सहकारीहरु नै अगाडी देखिन्छन् ।

बचत तथा ऋण सहकारी समुदायका लागि शरिरको रक्त सञ्चार प्रणाली जस्तै हो, यसले आफै केही गर्दैन तर शरिरका कुनै पनि अंग रक्त सञ्चार प्रणाली बिना चल्न सक्दैन भने जस्तै बचत तथा ऋण सहकारी अभियान बिना समुदायका सामान्य जीवन चल्न कठिन हुने अनुभव धेरैछन् ।

नेपालमा सहकारीको स्थापना र विकास समुदाय हितलाई नै केन्द्रमा राखेर भएको पाइन्छ । हाल सम्म पनि कुनै पनि दल वा सिद्धान्तले सहकारीको मर्मलाई स्वीकार नगरेको भन्ने छैन ।

सामान्य जनताको जिवनयापनका लागि सहकार्यको वातावरण तयारीका लागि सहकारीको आवश्यकता हो । राजनीतिक र प्रशासनिक रुपमा जस्तोसुकै व्यवस्था भए पनि सहकारीको विकास व्यवस्थाले होइन अभियानको सोचमा अडेको विश्वास छ ।

बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारीहरुको नियमनका लागि अलग्गै प्राधिकरण बनाएर राज्यले बचत तथा ऋण सहकारीहरुको पहिचान कायम गरिदिएको छ ।

ऐन संशोधन तथा अनुपालन:

सरकार र अभियान को अघि को पछि होइन एक अर्काको पुरक कै रुपमा विकास भएको देख्न सकिन्छ । सरकार र अभियानको समान धारणा भएका सवालहरुमा प्रभावकारी नीतिगत व्यवस्था र कार्यान्वयन पनि भएको छ, जसको पछिल्लो उदाहरण सहकारी ऐन २०७४ मा अध्यादेशवाट भएको संशोधनलाई दिन सकिन्छ ।

बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारीहरुको नियमनका लागि अलग्गै प्राधिकरण बनाएर राज्यले बचत तथा ऋण सहकारीहरुको पहिचान कायम गरिदिएको छ ।

बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र, स्थिरीकरण कोष, न्यायाधिकरण जस्ता बिषयमा गरेको नीतिगत प्रतिबद्धताले हामीलाई प्रोत्साहित बनाएको छ र यसमा बचत तथा ऋण सहकारी अभियानको तर्फवाट निरन्तर गरेको पैरबीले मुर्त रुप लिएको पनि छ ।

ऐन संशोधनका अबधिमा सुझाबहरु दिएर वा सक्रिय रुपमा सहभागिता जनाई सहयोग गर्नुहुने सबैमा संघ आभार प्रकट गर्न चाहन्छ । सहकारी ऐनमा भएको संशोधनको अभियानमैत्री कार्यान्वयन अबको चुनौति भएकोले सबै अभियानकर्मीहरु सहकारी ऐन २०७४ कार्यान्वयनमा लाग्नु पर्ने बेला आएको छ । अवको बर्ष सहकारी ऐन कार्यान्वयनको बर्षको रुपमा सक्रिय भइ सामुदायिक हितमा क्रियाशिल हुन अभियानको अनुरोध पनि छ ।

आज कोही पनि बचत तथा ऋण सहकारीहरुको विकासका बाधक नबनौं सञ्जाल सहकार्य आजको आवस्यकता हो र यो समयको माग हो।

सहकार्य र प्रतिनिधित्व:

मर्यादित सहकारी अभियानका लागि सहकारीहरु बीच सहकार्य आवश्यक छ । सहकारी ऐन २०७४, अन्तराष्ट्रिय सहकारी बर्ष २०२५को दिल्ली कार्ययोजना २०२४, नेफ्स्कूनका छैठौै रणनीतिक योजना कार्यान्वनका लागि आगामी बर्ष वास्तविक रुपमा सहकार्यको बर्ष बन्न जरुरी छ ।

सरकार, सरोकारवाला र शुभ चिन्तकहरुसंग मात्र होइन अभियान भित्र पनि थप सहकार्यको आवश्यकता छ । सदस्यहरुको जिवनस्तर सुधारका लागि अभियानको सहकार्य हुन आवश्यक छ ।

यसको थालनी र नीतिगत आधार पनि विकास भइसकेको होइन अव सबै अभियानकर्मीहरुको किनाराको रमिते होइन जिवन्त सहकार्यका लागि क्रियाशिल हुनु पर्दछ । बचत तथा ऋण सहकारी अभियान नितान्त सदस्यहरुको जीवनस्तर सुधारमा केन्द्रीत हुनुपर्दछ। समुदायको हितमा केन्द्रीत हुनु पर्दछ ।

केन्द्र, प्रदेश र जिल्लाका बिषयगत संघहरुको सहकार्य आवस्यक छ । यसकालागि साझेदारीको प्रयास भएको छ । आज कोही पनि बचत तथा ऋण सहकारीहरुको विकासका बाधक नबनौं सञ्जाल सहकार्य आजको आवस्यकता हो र यो समयको माग हो।

सरोकारवालाहरु तथा समुदायलाई स्पष्ट थाहा छ बचत तथा ऋण सहकारीहरुको स्थापना, तीनिहरुको ध्येय, स्थापना तथा अभियानमा निरन्तर लाग्नेहरुको सपना समुदायको हित नै हो । यसका लागि सहकार्यको थालनी भएको छ अव उचाइमा पुग्ने विस्वास लिएको छु ।

बचत तथा ऋण सहकारी सञ्जालका सबै संघ संस्थाहरुको गुणस्तर सुधारको अभियानमा क्रियाशिल हुन जरुरी छ । यसलाई आत्मसाथ गर्न क्रियाशिल हुनु पर्नेछ ।

गुणस्तरीय सेवाको प्रतिबद्धता:

बचत तथा ऋण सहकारीहरुको कार्य प्रणालीमा स्तरीकरण र सेवाको गुणस्तर सुधारका लागि अभियानमा सम्बद्ध सबैको योगदान हुन आवस्यक छ ।

एकका लागि सबै र सबैका लागि एकको व्यवहारिक कार्यान्वयन गरी मर्यादित सहकारी निर्माणका लागि सेवाका गुणस्तर बृद्धि आजको आवस्यकता हो । संघले लामो समय देखि कार्यान्वयनमा ल्याएको एक्सेस, प्रोवेसन कब्र्स तथा सार कार्यक्रमहरु मार्फत बचत तथा ऋण सहकारीहरुको स्तरिकरण गर्न आवस्यक छ ।

सहकारीको सिद्धान्त स्वनीयमनलाई प्रभावकारी बनाउन व्यवस्थापकीय क्षमता विकास गरी अविच्छिन्न सुधारका लागि संघले गरेको प्रयासमा सदस्यहरुको उत्सापुर्ण सहभागिताले संघलाई थप उत्साह मिलेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) एशियाली ऋण महासंघले विकास गरेको एक्सेस कार्यक्रमम सहभागि भइ संघको आन्तरिक सेवाको गुणस्तर सुधारको शुरुवात गरेको छ । संघका लागि एक्सेस ब्राण्ड प्राप्ती हाम्रो लक्ष्य हो ।

यस अभियानमा सबैको सहकार्यका लागि अपिल पनि छ । बचत तथा ऋण सहकारी सञ्जालका सबै संघ संस्थाहरुको गुणस्तर सुधारको अभियानमा क्रियाशिल हुन जरुरी छ । यसलाई आत्मसाथ गर्न क्रियाशिल हुनु पर्नेछ ।

आज अभियानको स्रोत नीजि क्षेत्रका वित्तीय संस्थाहरुको हितमा मात्र परिचालन भएको देखिन्छ । यसवाट अभियानलाई भन्दा अरुलाई फाइदा पुगेको छ ।

प्रभावकारी स्रोत परिचालन:

बचत तथा ऋण सहकारी अभियानले आजका दिन सम्म सिकेको भनेको अभियानको स्रोत अभियानको हितको लागि नै हो। अभियानको स्रोतले अभियानको हित गर्दैन वा वित्तीय संस्थाहरुको लागि स्रोत संकलकको भूमिका मात्र प्राप्त गर्दछ भने सहकारी अभियान काँही पुग्दैन ।

प्रचलित कानूनको अधिनमा रही अभियानको स्रोतको प्रभावकारी परिचालनको जिम्मेवारी पुरा गर्न संघ सक्षम छ । बत्तिसौँ साधारण सभाले सुम्पेको यो जिम्मेवारीमा संघ सफल बन्दै गएको छ ।

६८औ सहकारी दिवसले बचत तथा ऋण सहकारी अभियानकर्मीहरुमा स्रोत परिचालनमा संघलाई थप जिम्मेवार बनाई क्रियाशिल रहन आवश्यक छ ।

आज अभियानको स्रोत नीजि क्षेत्रका वित्तीय संस्थाहरुको हितमा मात्र परिचालन भएको देखिन्छ । यसवाट अभियानलाई भन्दा अरुलाई फाइदा पुगेको छ ।

अभियानको स्रोतको प्रभावकारी परिचालन गर्न, बचत, ऋण, बीमा बिप्रेषण, भुक्तानि फच्र्यौट सबैमा संघको सहभागिता आवश्यक छ र प्रभावकारीता बृद्धि गरी सुरक्षित स्रोत परिचालन सुनिश्चित गरिएको छ ।

अभियानको स्रोत परिचालन गर्न संघको सक्षमता छ । नेतृत्वमा व्यवसायिकताको सोच छ । सञ्जाल व्यवस्थापन पनि उत्कृष्ठ भएको छ । बचत तथा ऋण सहकारीहरु हिजो आवश्यकता थियो ।

आज पनि उत्ती नै आवश्यक छ र भबिष्यमा पनि अझै धेरै आवश्यक हुने छ । आज विकास भएका राज्य भन्दा बलिया बहुराष्ट्रिय कम्पनी र तीनको दासको रुपमा रहनु परेको मानवतालाई साँच्चै सहकार्यको दिशा बोध गर्ने सहकारीले नै हो । सहकारीता बाँच्नु पर्दछ ।

आज बचत तथा ऋण सहकारीकर्मीहरुको आर्तनाद कसैले सुनेको छैन यो बिडम्बना हो । सडक, सदन वा समुदाय सबै स्थानमा बचत तथा ऋण सहकारीकर्मीहरु एकाकार हुन आवश्यक छ । यसवाट वर्तमानका सबै समस्याको समाधान निकाल्न सकिन्छ । अभियानको स्रोत अभियानको हितका लागि उपयोग गरिनु पर्दछ ।

अभियानको नेतृत्व कुरा गर्ने होइन काम गर्न सक्षम हुनु पर्दछ । कुराले चीउरा भिज्दैन । अग्लो मञ्चमा बसेर खादा माला लगाएर अभियानकर्मीहरुलाई नै गालि गर्ने प्रथा रोकिनु पर्दछ वा अभियानको पसिनामा दोहन रोकिनु पर्दछ ।

क्षमता विकास तथा सिकाई आदान प्रदान:

सबै अभियानकर्मीहरुको समान रुपमा क्षमता विकास हुन आवस्यक छ । संघले कार्यान्वयन गरेको तालिम शिक्षा तथा क्षमता विकासका रणनीतिहरुले यसको शुरुवात गरेको छ । क्षमता विकासका कार्यक्रमहरुमा सहभागिता बढेको छ ।

सहभागिता मात्र बढेको होइन तालिम शिक्षाका कारण व्यवस्थापकीय सुधारहरु भएका छन् । सिकाई आदान प्रदानको अवसरहरु थपिएकोछ । अन्तरिक तथा वाह्य सिकाई आदान प्रदानका अवसरहरु विकास भएका छन् ।

समुदायमा आधारित मानव मुल्य सहितको वित्तीय सहकारीहरुको विकासका लागि आवस्यक पर्ने सबै क्षमता विकासका कार्यक्रम संघले सञ्चालन गरेको छ । निरन्तर सुधार मार्फत थप प्रभावकारी रुपमा अघि बढ्नेमा विस्वास लिइएको छ ।

६८औ सहकारी दिवशले सहकारी अभियानकर्मीहरु क्षमता विकासका लागि उत्प्रेरित गराउने छ र हामी संग बचत तथा ऋण सहकारीहरुको दीगोपनाका लागि कार्य गर्न प्रतिबद्ध रहने छौ ।

बचत तथा ऋण सहकारीकर्मीहरुले अव वास्तवमा नै सहकारीकर्मी भएर दीगोपनका लागि काम गर्नु पर्ने समय आएको छ । नेपालको साकोसहरुको स्थापना विकास र दीगोपन समुदायका चुनौतीहरु सामना गर्न सक्षम बनाउन भएको हो ।

अभियानको नेतृत्व कुरा गर्ने होइन काम गर्न सक्षम हुनु पर्दछ । कुराले चीउरा भिज्दैन । अग्लो मञ्चमा बसेर खादा माला लगाएर अभियानकर्मीहरुलाई नै गालि गर्ने प्रथा रोकिनु पर्दछ वा अभियानको पसिनामा दोहन रोकिनु पर्दछ ।

अभियानको स्रोत अभियाको हितको लागि उपयोग गर्ने स्व नियन्त्रीत अभ्यासवाट खारिएको अभियानकर्मीले आजको दिन कमजोर जस्तो देखिएको बचत तथा ऋण सहकारी अभियानको छवी उज्यालो बनाउन सक्दछ ।

यो सदस्य र समुदायको अभियान हो हामीले बाटो विराएको भए देखाउने काम अभियानको हो अभियानले देखेको सपनामा योगदान गर्न अभियानकर्मीहरु समर्पित हुन आवश्यक छ ।

साझा प्रबिधिः साझा सवाल:

सहकारी अभियानमैत्री सुरक्षित प्रबिधिको विकास र उपयोग आजको आवस्यकता हो । अभियानमा संघले प्रबिधि विकास र प्रयोगमा नियमित जोड दिंदै आएको छ ।

अभियानको सफ्टवयरको रुपमा विकास गरेको मिरी सफ्टवयर आज पाँच सय संस्थाहरुको साझा प्रबिधि बनि सकेको छ । अभियानको सफ्टवयर मिरा नै हो । अव अभियानको एउटै प्रबिधि हुन आवस्यक छ ।

न्यून लागतको अत्याधुनिक प्रबिधि मिरामा सबै जोडिन आवस्यकछ । अहिले सहकारी क्षेत्रले चाहेर, नचाहेर पनि उत्कृष्ठ सफ्टवयर प्रयोगमा सक्षम भएको छैन । यसले केही सकस उत्पन्न भएको छ ।

अभियानको दुई दशकको अभ्यासले सुधार गरी तयार गरीएको प्रबिधिले  छोटो अबधिमा बचत तथा ऋण सहकारी अभियानलाई आज भन्दा माथिको उचाईमा लैजान सकिन्छ । सदस्य र समुदायको विस्वास पुनस्थापित गर्न सकिन्छ ।

भविष्यमा सुरक्षित सबै अटेने बचत तथा ऋण सहकारी अभियानको विकास गर्न सकिन्छ । सहकारी सिद्धान्त, मुल्य र मान्यता हिजो जसरी कार्यान्वयन भएको थियो त्यो भन्दा राम्रो गरी कार्यान्वयन गर्न सकिन्छ ।

बचत तथा ऋण सहकारी अभियान उठाउने जिम्मेवारी हाम्रो हो । यो सदस्य र समुदायको अभियान हो हामीले बाटो विराएको भए देखाउने काम अभियानको हो अभियानले देखेको सपनामा योगदान गर्न अभियानकर्मीहरु समर्पित हुन आवश्यक छ ।

अभियानको एक स्वर र एक चालका लागि वाह्य वा व्याक्तिगत स्वार्थवाट माथि उठेको हुनु पर्दछ ।

स्थिरीकरण कोष र जोखिम व्यवस्थापन:

अभियानको जगेडाको कोषको रुपमा स्थापित स्थिरीकरण कोषको कार्यबिधि संशोधन गरी कार्यान्वयनमा आएको छ । बचत तथा ऋण सहकारीहरुको व्यवस्थापनमा आउन सक्ने जोखिमवाट संस्थाको संरक्षण गरी छवी सुरक्षा गर्ने कोषमा आज तीन सय भन्दा बढि संस्थाहरुको योगदान भइ सकेको छ ।

अभियानको मुल नेतृन्व वाह्य प्रभाववाट टाढा हुन आवश्यक छ । अभियानको आवाज सन्नु भन्दा अगाबै वाह्य निर्देशनमा चल्ने नेतृन्वले अभियानको संरक्षण गर्न सक्दैन ।

बचत तथा ऋण सहकारी आज जहाँ छ जस्तो अवश्थामा छ । त्यसको जिम्मेवार हामी हौ । अभियानकर्मीहरुको संरक्षण र संस्थाको व्यवस्थापन हाम्रो जिम्मेवारी हो । अभियान अभियान वाहेक कसैले बचाउन सक्दैन ।

अभियानको एक स्वर र एक चालका लागि वाह्य वा व्याक्तिगत स्वार्थवाट माथि उठेको हुनु पर्दछ । अभियानमा लाखौं निस्वार्थ अभियानकर्मीहरु छन् । यसैको बलमा लामो समय सहकारी अभियान अघि बढेको देखिको हो ।

हामीले सोच्ने योजान बनाउने वा पर्खने समय छैन काम गर्नु पर्नेछ त्यो पनि सहकार्यमा मिलेर काम गर्नु पर्नेछ । अभियानमा काम गर्ने र कुरा गर्नेलाई चिन्नु पर्नेछ । यसका लागि स्थिरीकरण कोषमा सबै अभियान जोडिन आवस्यक छ ।

उपलब्धिका लागि अनवरत प्रयास:

बचत तथा ऋण सहकारीहरुको प्रबद्र्धन र विकासका लागि अभियानको निरन्तर सक्रिय रहन तपशिलका रणनीतिहरुको कार्यान्वयन गरिने छ ।

- करारीय ऐक्यबद्धता सञ्जाल स्रोतहरुको आदानप्रदान 
-  वित्तीय सहकारी सञ्जाल सहभागिता व्यवस्थापन केन्द्रीय तरलता तथा वित्तीय सुबिधा
-  सञ्जाल मैत्री  निरन्तर बहस पैरबी साझा स्तरीय प्रबिधि सेवा सञ्चालन
-  सदस्य सूुचना प्रणाली नियमित अद्याबधिक मानव संशाधन विकास र सिकाई 
-  करार अनुपालन तथा सञ्जाल प्रतिकीकरण बजारीकरण, सञ्चार र आपुर्ति सेवा
-  स्तरीय कार्य सञ्चालन स्वनीयमन र सुशासन
-  स्तरीय सञ्जाल सञ्चालन प्रणाली व्यवस्थापन स्थिरीकरण कोष र जोखिम सुपरिवेक्षण
-  सञ्जालको स्तरीय बस्तु  तथा सेवाहरु सञ्जाल सुशासन र आन्तरिक नियन्त्रण
-  सञ्जाल स्तरीय आन्तरिक कार्यबिधि विकास दीगो विकास, उद्यमशिलता र सहकार्य्
-  मानक निर्धारण तथा गुणस्तर सुनिस्चितता सहायक संगठन प्रबद्र्धन र व्यवस्थापन

समग्र सहकारी अभियानको चालक भनेको नै अभियानका संघहरु हुन् । सहकारी अभियानमा संघहरुको भुमीका र सक्षमताले महत्वपूर्ण अर्थ रहन्छ । प्रजातान्त्रीक अभियानको रुपमा स्थापीत सहकारी अभियान विस्वको ठुलो परिवारको रुपमा विकास भएको छ । यो सहकारी परिवार हो ।

सहकारी सञ्चालन समुदायका सामान्य जनताहरुको सहभागितामा हुने र नियन्त्रण स्व नियन्त्रणमा आधारित बिधिवाट गरिने तर समाजमा बिद्यमान जटिलता तथा सदस्यहरुको आवश्यकतामा आएको परिवर्तनहरु एउटा माात्र सहकारीले पुरा गर्न कठिन हुने भएकोले भुगोल वा प्रशासनिक संरचनाका आधारमा सहकारीका संघहरुको पनि आकार स्थापित भएको पाइन्छ

 सहकारी ऐन २०७४ ले सहकारी अभियानमा संघहरुको आकार, कार्यक्षेत्र तथा जिम्मेवरी पनि स्पष्ट गरेको छ । सहकारीका संघहरु सदस्यमा आधारित सञ्जाल हो ।

अभियानको गतिलाई सही दिशा र निरन्तरता प्रदान गर्न संघहरुको आवश्यकता रहेको छ । अभियान र संघ अलग बिषय होइन । अभियान र संघ भनेको सहकारीको सिद्धान्तरको उपयुक्त कार्यान्वयनमा सहजिकरणको लागि हो । अभियान बिनाको संघ र संघहरु विनाको अभियानको कल्पना गर्न सकिंदैन ।



Leave a comment