काठमाडौं । रंगिन धजापताले सजिएको भवन र छेवैमा रहेको ‘२५ औं वर्ष’ अंकित स्थापनाको प्रतिक अनावरणको पर्खाइमा छ । नव दुलही भित्र्याउन सजाइएको घर झै चिटिक्क पारेर अतिथि सत्कारसंगै प्रतिकको घुम्टो उघारीदिने मेसो मिलाइएको छ । संघारमै आएको घुम्टो उघार्ने साइतलाई टर्न नदिन सदस्यरुपी कर्मचारीको दौडधुप चलेको छ ।
प्रतिक अनावरणको साइत नजिकिंदै जाँदा कामको चटारो पनि झनै बढेको देखिन्छ, सवै हतारमा छन्, अतिथिलाई सत्कार गर्ने सामानको जोहो पनि गर्नुछ । घरका सदस्यलाई झैं बाँढिएको कामको जिम्मेवारी सदस्यरुपी कर्मचारी र अभिभावकरुपी संचालकले कुशलतापूर्वक निभाउनु छ ।
हप्ता दिनदेखि आँगन, बाटो अनि भवनले सजिने मौका पाएको छ, मात्र अव घुम्टो उघारीदिने विषेश ब्यक्तिको पखाईमा ठिङ्ग उभिएर मुस्कुराउन तम्तयार छ । अनि २१ हजार बढी सदस्यरुपी मालिकहरुको माझमा एकै साथ संगै मुस्कुराउनु छ । वर्ष गन्तिको मात्र प्रतिक बनेर हैन, सहकारीको गर्विलो इतिहासको साक्षि पनि बन्नु छ । अनि बन्नु छ, सहकारीको पाठशाला र जोगाउनु छ साख ।
आज भन्दा २५ वर्ष अगाडी २८ जनाबाट २८ हजार रुपैंयाँ जम्मा गरि स्थानीयहरुको आर्थिक सामाजिक र सास्कृतिक वर्तमान र भविश्यमा उज्यालो छर्न बिजारोपण भएको थियो पनौती काभ्रेको तत्कालिन ज्योती बचत तथा ऋण सहकारी संस्था ।
संस्थाले २५ वसन्त पारगरिसक्दा साच्चै २१ हजार बढी सदस्यको जिवनमा मुस्कानको ज्योति छर्न सफल भएको छ । यसै मेसोमा संस्थाको रजत वर्षगाँठ मनाउने र सहकारीको २५ औं वर्षगाँठ अंकित प्रतिकको अनावरणको समेत तयारी गरिरहेको छ ।
प्रतिकको अनावरण अनावरित गर्नु मात्र थिएन, थियो त ! सहकारीको गर्विलो इतिहास लेखाउने तयारी पनि । हो ! त्यही गर्भदेखि स्वर्गसम्म सेवा दिने लक्ष्यका साथ स्थापना भएर २५ वर्षे यात्राका कथा सुनाउने तयारीको । हो ! त्यही सहकारीको विगतलाई कोट्याउँदै बर्तमानलाई देखाउने अनि भविश्यलाई सुनाउने दिनको तयारी हो ।
त्यही तयारीलाई परिणाममा परिणत गर्ने दिनको पखाईको घडी फागुन १९ गते सकिनेछ र अनावरण हुनेछ, ज्योति मिर्मिरे सामुहिक सहकारीको २५ वर्षे इतिहास नमेटिनेगरी ताम्रपत्रमा लेखिएका सुनौला अक्षरहरु ।
इतिहास सितिमिति लेखिदैन र लेखिनलाई सम्झन लायक कर्म गरिएको हुनुपर्छ, अनि लेखिन्छ इतिहास । ज्योति बचत तथा ऋण सहकारीको इतिहास सहजै लेखिएको छैन, लेखिने कर्म गरेको हुनाले ताम्रपत्रमा सुनौलो अक्षरले लेखिएको छ र त वर्तमानमा कदर र भविश्यमा सम्झने काम हुन्छ ।
त्योबेला संस्थाहरु एकिकरण हुँदा सहकारी विभागमा समेत एकिकरणको कार्याविध नभएर यही कार्यविधिको नमुना लिएर सहकारी विभागले एकिकरण कार्यबिधि बनाएको अध्यक्ष सापकोटा बताउँछन् ।
ज्योतिदेखि मिर्मिरे सामुहिकसम्म
२०५५ साल असोज १४ गते पनौति काभ्रेका स्थानीय २८ जना युवाहरुले एउटा भेला गरे र भेलाले सहकारी मार्फत समाजका हरेक आवश्यकता पुरा हुने र गर्न सकिने निष्कर्ष निकालेपछि सहकारी नै स्थापना गर्ने निणर्य गर्यो ।
आवश्यक कागजात र २८ हजार पूँजी जम्मा गरी २०५६ साल असार २७ गते तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरमा ज्योति बचत तथा ऋण सहकारी संस्था दर्ता भयो । अनि संस्थापक अध्यक्ष बने उद्धव सापकोटा ।
सहकारीकालागि आवश्यक सामाग्री संस्थापक सदस्यहरुले घरघरबाट ल्याएर संस्थापक सदस्यकै घरमा निशुल्क भाडामा संस्थाको कार्यालय स्थापना भयो ।
सदस्यहरुको समग्र वित्तीय आवश्यक्ता पुरागर्दै शोषण रहित समाजको निर्माणको अभिभारा सहकारीको काधमा नै आएको संस्थापकहरुलाई महसुस भयो । त्यसलाई पूरा गर्न सहकारी मार्फत सामूहिक उद्यम नै उपयुक्त हुने निकर्षले पनि निस्कियो ।
संस्थामा स्थानीयहरु, समाजसेवी, समाजमा परिचित ब्यक्तिहरुको सहभागिता हुँदैगएपछि समाजमा सहकारीप्रति चासो बढ्दै गएको संस्थापक अध्यक्ष सापकोटा बताउँछन् ।
आम सदस्यहरुको सामूहिक हितका लागि काम गरेको हुनाले छोटो समयमा संस्थाले समाजमा राम्रो छवी बनाउन सफल भएको उनको बुझाई छ । २०५९ सालसम्म संस्थाले लघुवित्त ढाँचामा कार्यक्रम गरि महिलाहरुको उल्लेख्य सहभागिता गराएको थियो ।
सहकारीमा आवद्ध सदस्यको माग, आवश्यकता र क्षमता अनुसारको विभिन्न स्वरोजगार मूलक तालिम संस्थाले दिनथाल्यो यसले सहकारीप्रति झनै आकर्षण बढ्दै गयो । संस्थाको पूँजी पनि वृद्धि हुँदैगयो र संस्थाको भवन निर्माणकालागि जग्गा खरिद गरी एकतलाको भवन पनि निर्माण भयो ।
२०६९ साल फागुन १९ गते ज्योति, मिर्मिरे, सामुहिक महिला र जागृति नमुना साकोस गरी एकैपटक चारवटा संस्था एकिकरण भयो र ज्योति मिर्मिरे सामुहिक साकोसको रुप लियो । पछि २ अन्य संस्थाहरु पनि एकीकरणमा आए र छवटा सहकारीको एउटै पूर्ण सहकारीको स्वरुपमा ज्योति मिर्मिरे सामुहिक साकोसको रुपमा अघि बढीरहेको छ ।
त्योबेला संस्थाहरु एकिकरण हुँदा सहकारी विभागमा समेत एकिकरणको कार्याविध नभएर यही कार्यविधिको नमुना लिएर सहकारी विभागले एकिकरण कार्यबिधि बनाएको अध्यक्ष सापकोटा बताउँछन् ।
हाल संस्थाको आफ्नै १ रोपनी ८ आना जग्गामा तीनतले सुविधा सम्पन्न भवन बनेको छ । अनि संस्थाको मुख्य कार्यालय बाहेक ८ वटा सेवाकेन्द्र रहेकोमा सवै सेवाकेन्द्रमा संचालक समिति र ब्यवस्थापन छुट्छा छुट्टै रहेको उनले जानकारी दिए । जिल्लाको ९ वटा पालिका मात्र संस्थाको कार्यक्षेत्र रहेको छ ।
संस्थाका मन जित्ने आधार
सहकारी अभियानको छवि विग्रदै गएको अवस्थामा पनि सदस्यलाई निरन्तर सेवा प्रदान गरेको कारण संस्थाले आफ्नो साख जोगाउन सफल भएको उनको दावी छ ।
संस्थाले सदस्यको बचत फिर्ता, ऋण लगानी, सदस्य राहत र सहुलियतका कार्यक्रमहरु निरन्तर गरी सहकारी संस्थामा सदस्य हैन सदस्यको घरमा सहकारी पुगेको हुनाले संस्थाले मन जित्न सफल भएको अध्यक्ष सापकोटाको भनाइ छ ।
सदस्यको उत्पादनको बजारीकरणको लागि संस्थाले सहजीकरण गरिदिन कर्मचारी नै ब्यवस्था गरेको छ । साथै सदस्य जेष्ठ नागरिक भएको अवस्थामा उहाँहरुसंगको अनुभव आदान प्रदान गर्नेदेखि जेष्ठ नागरिक सम्मान र भत्ताको ब्यवस्था पनि गरिएको छ।
गर्वदेखि स्वर्गसम्मको सेवा
सदस्यको परिवारमा नव दुलही प्रवेस संगै सहकारीले सदस्य बनाएर सेवा दिन थाल्ने प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालको भनाइ छ ।
उनी भन्छन्, सदस्यको परिवारमा नयाँ सदस्यकोरुपमा दुलही भित्रिइसकेपछि संस्थाले उनलाई पनि उपहारका रुपमा सहकारीको सदस्यता प्रदान गर्छ ।
त्यसपछि नव दुलहीको गर्वमा बच्चा आएपछि संस्थाले स्वास्थ्य परामर्शका साथै पोसिलो आहार प्रदान गर्छ । जव बच्चा जन्मन्छ ११ दिन भित्रमा उक्त बच्चालाई संस्थाको बाल सदस्यको रुपमा स्विार गरी उसको नाममा निशूल्क बचत खाता खोदिने ब्यवस्था गर्छ ।
अनि जव बच्चा जवान हुन्छ उसलाई स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न सहुलियत दरमा ऋण लगानी, स्वरोजगार शिक्षा, परामर्श तथा तालिमको पनि ब्यवस्था गरिदिन्छ संस्थाले ।
र संस्थाको सदस्य भएर संस्थाले दिएको सिप सिकेर उत्पादनमा लाग्न चाहने सदस्यलाई पूँजी लगानी गरिदिने र सदस्यको उत्पादनलाई बजारीकरणको ब्यवस्था समन्वय समेत गरिदिएको छ ।
सदस्यको उत्पादनको बजारीकरणको लागि संस्थाले सहजीकरण गरिदिन कर्मचारी नै ब्यवस्था गरेको छ । साथै सदस्य जेष्ठ नागरिक भएको अवस्थामा उहाँहरुसंगको अनुभव आदान प्रदान गर्नेदेखि जेष्ठ नागरिक सम्मान र भत्ताको ब्यवस्था पनि गरिएको प्रमुख कार्यकारी अधिकृत दाहालले जनाए ।
त्यसैगरी सदस्यको मृत्युपश्चात सदस्यको परिवारलाई राहत सुविधा बापत ५५ हजारदेखि १ लाख ५ हजार सम्म दिने नीति बनाएको उनले जनाए ।
पुरस्कार र सम्मान
संस्था तथा संस्थाका अध्यक्षलगायत प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय सहकारी महासंघबाट २०७९मा उत्कृष्ट सहकारी पुरस्कार, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) बाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, पनौती नगरपालिकाबाट उर्जाशिल सहकारी अभियान्ता पुरस्कार तथा सम्मान, नेफ्स्कूनबाट बागमति प्रदेश उत्कृष्ट व्यवस्थापक पुरस्कार, काभ्रे जिल्लाको उत्कृष्ट व्यवस्थापक पुरस्कार प्राप्त गरिसकेको छ ।
सामाजिक कर्म
वित्तिय सेवाका अलवा संस्थाले सदस्यको आर्थिक, सामाजिक, साँस्कृतिक पक्षमा महत्वका साथ काम गर्दैआएको छ । नवदुलही र सदस्यको परिवारको नयाँ सदस्यलाई निशुल्क सदस्यता प्रदान गर्ने, सदस्य मृत्यु राहत, एकाघर परिवार मृत्यु राहत, सदस्य स्वास्थ्य सुरक्षण सुविधा, उपचार राहत, गर्भवति पोषण सहयोग, बालवालिका जन्मउत्सव कार्यक्रम, प्राकृतिक तथा दैवी प्रकोप पिडित राहत, सम्बन्ध विस्तार तथा अनुभव साटासाट, सहकारी अध्ययन अवलोकन भ्रमण जस्ता संस्थाका नियमित कार्यक्रम संचालनमा छन् ।
वित्तिय अवस्था
२८ हजार पूँजीबाट सुरुभएको संस्थामा हाल १२ करोड ६८ लाख ७४ हजार सेयर पूजी, २१ करोड ३० लाख ३१ हजार जगेडा कोष रहेको छ । त्यसैगरी संस्थामा १ अर्ब ६ करोड ८२ लाख १२ हजार बचत तथा १ अर्ब ४ करोड ७६ लाख २३ हजार ऋण लगानी रहेको जनाइएको छ ।
रजत वर्षका कार्यक्रमहरु
संस्था स्थापनाको २५ औं वर्षको अवसरमा सदस्य मैत्री कार्यक्रमहरु गरेको छ । २०६९ साल फागुन १९ गते ४ वटा सहकारी एकैपटक एकिकरण गरी नेपालमा पहिलो पटक सहकारी एकिकरण गरेको दिनलाई स्मरण गर्दै उक्त दिनलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।
स्थापना दिवसमा विविध सामाजिक कार्यहरु गर्दैआएको संस्थाले यो वर्ष रजत महोत्सवका अवसरमा खुल्ला रक्तदान, सदस्य सम्मान लगायतका कार्यक्रमहरु संस्थाले रजत जयन्ती वर्षको अवसरमा वर्षभरिनै विभिन्न २५ कार्यक्रम गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दाहाल बताउँछन् ।
उनले स्वास्थ्य, सहकारी शिक्षा, परामर्श, वित्तिय साक्षरता, प्रविधि साक्षरता, ऋण परामर्श, युवाका लागि वित्तिय साक्षरता, उद्यमशिलता विकास साथै सामाजिक, नैतिक विकास एवं सास्कृतिक क्षेत्रमा कार्यक्रम सञ्चालन गरेको बताए ।
सदस्यलाई वित्तिय साक्षरता शिक्षा, उत्पादनशील तथा रोजगार मूलक तालिम, परामर्श र शिक्षा प्रदान गरिएको जनाए । त्यसैगरी संस्थाले विभिन्न संघ संस्थाको समन्वयमा स्वास्थ्य, सहकारी शिक्षा, सीप विकास तालिम रोजगारी एवं आयआर्जन सम्बन्धि विशेष कार्यक्रम सञ्चालन गरिएको जनाए ।
संस्थाको रजत वर्षको अवसरमा वर्षको उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट कर्मचारी तथा उच्च पदस्थ सदस्य, उत्कृष्ट सहकारीकर्मी र उत्कृष्ट सुझावकर्तालगायतलाई पुरस्कृत र सम्मान गरेको छ।
यो वर्ष भरिनै वित्तिय साक्षरता वर्षको रुपमा सदस्यलाई प्रविधि मैत्रि शिक्षा, सञ्चालक समिति, कर्मचारी र सदस्यको क्षमता विकासका तालिमलाई पनि निरन्तरता दिएको उनको भनाइ छ ।
कृषि उत्पादकत्व वृद्धिका लागि विषाधिको प्रयोगमा निरुत्साहित गर्न प्राङगारिक मल उत्पादन, विउ विजन तथा तालिमका लागि संस्थाले कृषि प्राविधिक समेत नियुक्त गरेको जनाए ।
दक्ष युवाहरुलाई व्यवसायिक कृषि फर्म सञ्चालन गर्न सहुलियतपूर्ण ऋणको व्यवस्था, युवा, महिला र विद्यार्थी लक्षित कार्यक्रमहरुका साथै संस्थाले सदस्यको गुनासो संकलनका लागि घुम्ति सुनुवाई कार्यक्रम समेत संचालन गरेको जनाए ।
सदस्यलाई ऋण लगानी गर्दा ऋणको व्याजमा छुट दिने, अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि र सुविधा थप गर्न घरदैलो सेवा प्रदान गरिएको उनले जनाए ।
सदस्यले उत्पादन गरेको सामाग्रीको बजारीकरणका लागि संस्थाले सहजकर्ता समेत नियुक्त गरेको जनाए । सदस्यलाई आइपर्ने विभिन्न विपद व्यवस्थापनका लागि विपत व्यवस्थापन कोषको ब्यवस्था गरी कोषमार्फत राहत बितरण गरिएको जनाए।
सदस्यलाई सम्मान
संस्थाको रजत वर्षको अवसरमा वर्षको उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट कर्मचारी तथा उच्च पदस्थ सदस्य, उत्कृष्ट सहकारीकर्मी र उत्कृष्ट सुझावकर्तालगायतलाई पुरस्कृत र सम्मान गरेको छ।
संस्थाले ७५ वर्ष माथिका जेष्ठ सदस्यलाई जेष्ठ नागरिक भत्ता सहित सम्मान, ७० वर्ष माथिका जेष्ठ सदस्यलाई सम्मान, उत्कृष्ट कारोबार गर्ने सदस्य सम्मान, एसइइमा उत्कृष्ट अंक प्राप्तगर्ने सदस्य साथै सदस्यका सन्तानहरुलाई सम्मान जस्ता कार्यक्रमहरु निरन्तर गर्ने गरेको छ ।
Leave a comment