काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले मालपोत कार्यालय कास्कीलाई सहयोग हस्तान्तरण गरेको छ । संस्थाले मालपोत कार्यालयलाई एक सेट टेवुलदराज र एक सेट कम्प्यूटर प्रिन्टरसहित सहयोग हस्तान्तरण गरेको हो ।
भदौ २३ र २४ गतेको जेन जेडको आव्हानमा भएको आन्दोलनका क्रममा पोखराका सयौं सरकारी कार्यालयहरु र कार्यालय सामग्री जलेर नष्ट भएका कारण संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत मालपोत कार्यालयलाई सामाग्री सहयोग गरेको हो । संस्थाले कार्यालयलाई १ लाख २ हजार ५ सय बराबरको सामाग्री सहयोग गरिएको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी दिएका छन् ।
नागरिक संग प्रत्यक्ष सरोकार राख्ने कार्यालयलाई छिटो सामान्य अवस्थामा सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले मालपोत कार्यालय कास्कीलाई संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङ्गले सहयोग सामाग्री हस्तान्तरण गरेकी थिइन ।
पोखराका सरकारी कार्यालयहरुमा संस्थाले यस भन्दा अगाडि कोभिड महामारी र महाभुकम्पको समयमा समेत सामुदायिक हितका क्षेत्रमा सहयोग गर्दै आईरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले बताए। संस्थामा ०८२ असोज मसान्तसम्म १० हजार ४३९ जना सदस्य रहेका छन् भने १ हजार ६२ जना ऋणी सदस्य रहेका छन् ।
संस्थाको १५ करोड ६५ लाख ७३ हजार ५०० रुपैंयाँ सेयर पूँजी, २२ करोड ५० लाख ४० हजार जगेडा कोष तथा १५ करोड ५६ लाख ७४ हजार अन्य कोषमा रहेको छ । संस्थामा २ अर्ब ७ करोड १ लाख २२ हजार बचत संकलन तथा १ अर्ब ५० करोड ८५ लाख ६ हजार ऋण लगानीमा रहेको जनाइएको छ । २२ करोड ५२ लाख २७ हजार संस्थागत पूँजी रहेको संस्थाको २ अर्ब ६४ करोड ७२ लाख ६८ हजार कूल सम्पति रहेको छ ।
        		
             
                    
                        
                        
                            	
                            	
                            	
							
                        				                        				
                        				                        				
                        				                        				
                        				                        				
                        				                        				
                            	
                            	
                            	
                            	
                            	
                            	
                            	
                            	
Leave a comment