विराटनगर । विराटनगरमा रहेको सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले आफ्नो १४ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न गरेको छ । साधारण सभाले अध्यक्षको बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
सहकारीका अध्यक्ष दिपक दाहालको अध्यक्षतामा भएको साधारण सभामा विभिन्न क्षेत्रमा योगदान पु¥याएका ९ जना सदस्यलाई सम्मान तथा पुरस्कृत गरेको छ । साधारण सभामा विद्यावारिधि हासिल गर्ने, अग्रज सदस्य, असल ऋणी र उत्कृष्ट बचतकर्ता शेयर सदस्यहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा विद्यावारिधि गर्ने शेयर सदस्यद्वय डा। डिल्ली पोखरेल र डा। धर्मराज ढकाल रहेका छन् भने अग्रज शेयर सदस्य केशवबहादुर कार्कीलाई सम्मान गरिएको छ ।
त्यस्तै असल ऋणीतर्फ अनिल श्रेष्ठ सम्मान गरिएको छ भने उत्कृष्ट बचतकर्ताका रूपमा कुलानन्द गच्छदार र कविता घिमिरेलाई सम्मान गरिएको छ । सहकारीले यस वर्षदेखि शेयर सदस्यका सन्ततिलाई शैक्षिक पुरस्कार प्रदान गर्न सुरु गरेको छ ।
जसअनुसार एसईईतर्फ श्रेय शर्मा र मेघा श्रेष्ठलाई नगद २५ सय सहित सम्मान गरेको छ भने कक्षा १२ र सीटीईभीटी तीनवर्षे तहतर्फ मृदुला विष्ट र हृषव पोखरेललाई नगद ३ हजार सहित पुरस्कृत गरेको छ । सम्मानित तथा पुरस्कृत सबैलाई जिल्ला अदालत मोरङका न्यायाधीश केशवप्रसाद घिमिरेले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
२०६९ सालमा स्थापना भएको यस सहकारीमा हाल १२१ जना शेयर सदस्य रहेका छन् । साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१ / ८२ मा संस्थाले १ करोड १३ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार गरेको सहकारीका अध्यक्ष दाहालले जानकारी दिए । सोही अवधिमा संस्थाले १३ लाख ६६ हजार ९८९ रुपैयाँ कुल आम्दानी गरी ५ लाख ८ हजार ९६४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
        		
             
                    
                        
                        
                            	
                            	
                            	
							
                        				                        				
                        				                        				
                        				                        				
                        				                        				
                        				                        				
                            	
                            	
                            	
                            	
                            	
                            	
                            	
                            	
Leave a comment