हाइलाइट

सिवाईसी साकोसको १६ औं समृद्धि दिवस कार्यक्रम सम्पन्न

सिवाईसी साकोसको १६ औं समृद्धि दिवस कार्यक्रम सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले १६औं समृद्धि दिवस मंगलबार एक औपचारिक कार्यक्रम गरी मनाएको छ । २०६७ साल असोज २६ गते स्थापना भएको सिवाईसी साकोस १६औं वर्षमा प्रवेश गरेको हो ।

यसै अवसरमा संस्थाले “नेपालको अहिलेको परिवेशमा सहकारी संस्थाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । कार्यक्रममा जिल्लाभित्रका विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूका साथै संस्थाका सञ्चालक समिति, उपसमिति र शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले सिवाईसीको १६ वर्षे यात्रा सहकारी आन्दोलनका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै, स्थानीय स्तरमा आर्थिक सशक्तीकरण, पारदर्शिता र सदस्यमुखी सेवा विस्तारमा संस्थाले अग्रणी भूमिका खेलेको बताए ।

कार्यक्रममा तेजेन्द्र शर्मा, तेजेन्द्र थापा मगर, मिलन केसी, महेन्द्र सिंह रायमाजी, कृष्णप्रसाद पौडेल, पुनम शर्मा, हिरामढी उपाध्यायले सहकारी क्षेत्र हाल विभिन्न चुनौतीहरूबाट प्रभावित भइरहेको सन्दर्भमा सुशासन, विश्वसनीयता र सदस्य हितमा केन्द्रित रही उदाहरणीय कार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनीहरूले सहकारी बीच सहकार्य, प्रविधिको प्रयोग, जोखिम व्यवस्थापन र पारदर्शी नेतृत्व नै सहकारी सुदृढीकरणको मुख्य उपाय भएकोमा जोड दिए । संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको हालसम्मको वित्तीय अवस्था, नेपालको सहकारी अभियानको समग्र स्थिति, कानुनी पक्ष, वर्तमानका साझा सवाल र सञ्चालक तथा कर्मचारीको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

सोही अवसरमा संस्थाका शेयर सदस्यका छोरा–छोरीहरूमध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने निरञ्जन भण्डारी, सुशील गौतम, प्रमिशा के।सी, रक्षा धिमिरे, सुदिप सापकोटा, अस्था पौडेललाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहाकार जनकराज पौडेल, जमैनी नगरपालीकाका निर्वर्तमान प्रमुख एवं शेयर सदस्य ईन्द्रराज पौडेल, सिवाईसी नेपालका उपाध्यक्ष लक्ष्मण खड्का लगाएतले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाका सचिव ज्ञानेन्द्रराज पन्तले सञ्चालन गरेका थिए ।



Leave a comment