काठमाडौं । निलकण्ठ नगरपालिका,८ धादिङमा रहेको रामकोट बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कात्तिक १० गते संस्थाको १६औं स्थापना दिवसको अवसरमा संस्थाले नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा साघुँटार टोल विकास संस्थाको समन्वयमा रक्तदान कार्यक्रम गरेको हो ।
रक्तदान कार्यक्रममा २५ जना महिला र ९० जना पुरुष गरी ११५ जना रक्तदाताले रक्तदान गरेका थिए । संस्थाले स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व प्रति आफ्नो प्रतिवद्धता जनाउँदै आगामी दिनमा पनि यस किसिमका मानवीय र सामुदायिक हितका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
संस्थाले अहिलेको चुनौतीपूर्ण परिस्थिति र व्यस्त जीवनशैलीका बावजुद पनि यति ठूलो संख्यामा स्वयंसेवी रक्तदाताको सहभागिता हुनु उत्साहजनक र प्रेरणादायी उपलब्धि हो । संस्थाले रक्तदाता तथा सहयोगी संस्था साँघुटार टोल विकास संस्था, संस्थाका संस्थापक सदस्यहरू, धादिङ बचत तथा ऋण सहकारी संघ, नीलकण्ठ नगरपालिकाका प्रमुख तथा संस्थाका प्रमुख सल्लाहकार, नगर प्रहरी, वडा नं ८ का वडा अध्यक्ष र सदस्यहरुलगायतलाई धन्यवाद ब्यक्त गरेको छ ।
        		
             
                    
                        
                        
                            	
                            	
                            	
							
                        				                        				
                        				                        				
                        				                        				
                        				                        				
                        				                        				
                        				                        				
                            	
                            	
                            	
                            	
                            	
                            	
                            	
                            	
Leave a comment