हाइलाइट

सहकारीमा ओमदेवीको २५ वर्ष : शंखमुलको संस्थादेखि आइसिएको संचालकसम्म 

सहकारीमा ओमदेवीको २५ वर्ष : शंखमुलको संस्थादेखि आइसिएको संचालकसम्म  :: Sahakari Akhabar

नेपाल सरकारबाट सुप्रवल जनसेवाश्री पदक प्राप्त मल्ल विभिन्न संघ संस्थाबाट अनगिन्ति सम्मान पाएको र भारतको संघिय सहकारी मन्त्रालयबाट आफूलाई सहकारीमा डिप्लोमा गर्ने विद्यार्थी एसियाकै पहिलो महिला आइसिएको बोर्ड मेम्बर भएकोमा सम्मान गरेको बताइन् ।

०५५ सालमा ‘स्वरोजगार’ बन्ने उद्देश्यसहित उत्साहित युवाहरु मिलेर काठमाडौंको शंखमुलमा ‘रिलायबल फाइनान्स सहकारी संस्था लिमिटेड’ सुरु भयो ।

सोही संस्थाको संस्थापक सदस्यबाट सहकारी अभियानमा होमीएकी ओमदेवी मल्ल २५ वर्षको अन्तरालमा विश्वभरका सहकारीको छाता संगठन अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को संचालकसम्म पुगेर नेपाली सहकारी अभियानलाई चिनाउन सफल भएकी छन् ।

सहकारी अभियानमा अनवरत रुपमा लागेकी मल्ल यतिबेला भने राष्ट्रिय सहकारी महासंघको अध्यक्ष बनेर नेपालको सहकारी अभियानलाई नेतृत्व गर्ने तयारीमा छिन् ।

हाल बरिष्ठ उपाध्यक्ष रहेकी उनी महासंघमा पहिलो महिला अध्यक्षका रुपमा इतिहाँस रच्दै सहकारी अभियानलाई पनि नयाँ उचाइमा पुर्याउने योजनामा छन् ।

२०२९ सालमा गोरखाको धुवाँकोटमा बुबा कृष्णदाश मल्ल र आमा राधा मल्लको सन्तानका रुपमा जन्मिएकी मल्लको नेतृत्व क्षमता देखेर तत्कालिन राष्ट्रिय सहकारी संघका अध्यक्ष दिपकप्रकाश बास्कोटाले महासंघमा जोडेका थिए।

स्थानीयस्तरमै माध्यामिक तहसम्म अध्ययन गरेर काठमाडौंको पद्यमकन्या कलेज हुँदै त्रिभुवन यूनिभर्सिटीबाट स्नातकोत्तर गरेकी मल्ल सहकारीमा आउनु भन्दा पहिला क्रियटिभ वुमन नेपालको फाउण्डर प्रेसिडेन्ट रहेकी थिइन् ।

२०५८ सालमा रिलायबल बचत तथा ऋण सहकारी संस्थालाई तत्कालिन राष्ट्रिय सहकारी संघले एसोसियट सदस्यता दिएपछि मल्लले छातासंघको यात्रा सुरु गरेकी हुन् । त्यसपछि सहकारी अभियानमा निरन्तर लम्केका उनका पाइलाले विश्राम लिनु परेको छैन ।

राष्ट्रिय सहकारी महासंघको नेतृत्व गरेर सहकारी अभियानको शिर उँचो बनाएपछि मात्र सहकारी यात्रा टुङग्याउने सोच राखेकी मल्ल अहिले त्यही कसरतमा लागेकी छन् ।

२०६१ सालमा भारतबाट ‘डिप्लोमा इन को–अपरेटिभ एजुकेसन म्यानेजमेन्ट कोर्ष’ गरेर सहकारी सिकाइलाई निखारेकी मल्लले त्यस पछिको सहकारी सिकाइलाई जापान, अमेरीका हुँदै १७ वटा देशबाट थप्दै सहकारी शिक्षामा पोख्त बनिन् ।

मल्लले जिल्ला संघ काठमाडौंको आमन्त्रित संचालक, कोषाध्यक्ष, हुँदै २०५९ सालमा काठमाडौ जिल्ला बचत तथा ऋण सहकारी संघको संचालक पनि बनेर नेतृत्वको अनुभव पनि संगाल्न भ्याइन् ।

सन् २००९ मा स्विटजरल्याण्डमा भएको आइसिएको निर्वाचन सहितको साधारण सभामा भाग लिए पछि त मल्लले सहकारीलाई नै आफ्नो गन्तब्य बनाउने लक्ष्य लिएकी थिइन् । किनभने त्यहाँ ‘ड्याम पोलिन ग्रिन’ महिला अध्यक्ष बनिन् ।

त्यो देखेपछि उनलाई पनि नेपालको सहकारी अभियानमा महिला नेतृत्व हुनसक्छ भन्ने आत्मबल बढेको र आफूलाई पनि सहकारीमा केही गर्न सकिन्छ भन्ने लागेको  रहेछ ।

नेपालमा महिलाहरुलाई माथिल्लो तहमा जान धेरै संघर्ष गर्नुपर्ने भएपनि आफू जसरी पनि त्यो स्थानमा पुग्ने अठोट लिएर अघि बढेको उनले भनिन् । आफू पहिलोपटक महासंघको संचालकमा निर्वाचित भएर आएपछिदेखि नै महासंघको नेतृत्वमा महिला पुगेको सपना देखिसकेकी थिइन् ।

संचालक भएर जाँदा महिलाकालागि २ वटा मात्र कोटा रहेको र अफ्नै संघर्षमा ३३ प्रतिशत महिला संचालकको कोटा पुर्याउन सफल भएको उनले बताइन् । आफू महासंघमा पहिलादेखि नै कार्यकारी भूमिकामा बसेर काम गरेकोले नेतृत्व लिन सक्ने उनको दावी छ ।

कार्यकारी भूमिकामा रहँदा आफ्नै पहलमा महासंघको भवन बनाउनकालागि मन्त्रालय देखि सरोकारवालाहरुसम्म पहल गरेको ती दिन उनले सुनाइन् । २०६६ सालदेखि २०७० सालसम्म चारवर्ष सहकारी विकास बोर्डको संचालक भएर विज्ञको रुपमा काम गरेको अनुभव छ ।

आफू निर्वाचित भएपछि महासंघमा महिला उपाध्यक्ष र महिलाकोलागि सिट बढाउन निकै पहल गरेकोले आज २५ जना संचालकमा ८ जना महिलाहरु नेतृत्वमा पुग्न सफल भएका छन् उनले भनिन् ।

सहकारीमै लागेर संविधान सभा सदस्यसम्म बन्न सफल मल्ल संविधानमा सहकारी लेखाउन, सहकारी ऐन ०७४ संसोधन गर्न सफल भएको बताउँछिन् । अन्तराष्ट्रिय सहकारी महासंघको बोर्ड संचालक रहिसकेकी मल्ल एसियाकै पहिलो महिला आइसिएको संचालक हुन् ।

उनी आइसिएको संचालक रहँदा वर्तमान अध्यक्ष मिनराज कंडेल, बरिष्ठ उपाध्यक्ष र केशव बडाल अध्यक्ष रहेपनि आफू उठ्ने हिम्मत गरेकी र सवैको साथ पाएको उनको भनाई छ । जिवनमा सवैभन्दा धेरै खुसी भएको पल पनि त्यही रहेको उनले सुनाइन् ।

महासंघमा रहेर पाएको जिम्मेवारीबाट कहिल्यौ पछि नहटी सहकारी अभियान कै लागि दिनरात काम गरेको उनले बताइन्। पछिल्लो पटक सहकारीमा समस्या देखिएपछि महासंघले उनकै नेतृत्वमा समस्या समाधान तथा सुझाव कार्यदलको नेतृत्व गरेर काम गरेकी थिइन ।

सहकारी बाहेक अन्य क्षेत्रमा हात नहालेको र यसैलाई राम्रो गर्न दिनरात खटेको उनले सुनाइन् । उनी भन्छिन् ‘मेरो नशा नशामा सहकारी रगत बगेको छ ।’

आफ्नो कायकालमा कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरणलगायतका विषयले प्राथमिकता पाउने र कानुन कार्यान्यवयनमा राज्य र ब्युरोकेसीलाई बाराम्बार झक्झक्याउने उनको भनाइ छ । उनि भन्छिन्, सहकारीमा सुसाशनका, नैतिकताका र अनुसाशनका कुरा लागु गर्न मेरो पहल हुनेछ ।

नेपाल सरकारबाट सुप्रवल जनसेवाश्री पदक प्राप्त मल्ल विभिन्न संघ संस्थाबाट अनगिन्ति सम्मान पाएको र भारतको संघिय सहकारी मन्त्रालयबाट आफूलाई सहकारीमा डिप्लोमा गर्ने विद्यार्थी एसियाकै पहिलो महिला आइसिएको बोर्ड मेम्बर भएकोमा सम्मान गरेको बताइन् ।

उनको बिचारमा मुख्य सम्मान भनेको सहकारीकर्मीको मायाँ हो सम्मान हो । स्वदेशका ६० जिल्लामा सहकारी कार्यक्रममा पुगिसकेकी मल्ल जिल्लाका सहकारी र सहकारीमा आवद्ध सदस्यको धेरै मायाँ लाग्ने बताउँछिन् ।

विषेश गरी नेपालमा वित्तीय पहुँचको विस्तार, कृषिको व्यवसायीकरण, महिला, दलित, पिछडिएका वर्गको उत्थान र गरिवी निवारणमा सहकारीको भूमिका उच्च रहेको उनको भनाइ छ ।

सहकारीले महिलाको वृति विकासमा, जागरणमा र बचत अभियानमा महत्वपूर्ण भूमिका खेलेको र सदस्यलाई आत्म निर्भर बन्न र चुलो चौकाबाट बाहिर निकाली आर्थिक उपार्जन गर्न सिकाएको, महिलालाई नेतृत्वतहमा आउने प्रेरणा दिएको छ, उनि भन्छिन् ।

सहकारी यात्रामा सिल्बर जुब्ली मनाइसकेकी मल्लको आगामी यात्रा नेतृत्व नै हो । यसमा सवैले साथ र सहयोग गर्नुहुन्छ भन्नेमा पनि उनी ढुक्क छिन् । उनी भन्छिन, मेरो यात्रा यहीबाट टुङ्गिदैन भन्ने लाग्छ ।

आफ्नो नेतृत्वमा महासंघले धेरै कुराहरु पाउने र सहकारीप्रति जनमानसमा घटेको विश्वासलाई फर्काउने काम गर्ने उनको प्रतिवद्धता छ ।

सरकारका निकायहरुसंग नीतिगत लविङ गर्नेदेखि सहकारीको साख उठाउन आफ्नो पहल हुने उनी बताउँछिन् । आफ्नो कार्यकालमा महासंघलाई सहकारीको आभिभावक संघको रुपमा पाउनुहुनेछ, अनि भन्छिन्।

सहकारी सुढृणिकरणकालागि वर्तमान नेतृत्वबाट गर्न बाँकी कामहरुलाई पूरा गर्ने, सहकारी ऐनमा भएका ब्यवस्थाहरु सरोकारवालाहरुसंग समन्वय गरी लागु गर्ने, कार्यन्वयन गर्ने र गराउने हिसावमा आफू १२ घण्टा खटेर भएपनि लाग्ने उनको प्रतिवद्धता छ ।

आफ्नो कायकालमा कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरणलगायतका विषयले प्राथमिकता पाउने र कानुन कार्यान्यवयनमा राज्य र ब्युरोकेसीलाई बाराम्बार झक्झक्याउने उनको भनाइ छ । उनि भन्छिन्, सहकारीमा सुसाशनका, नैतिकताका र अनुसाशनका कुरा लागु गर्न मेरो पहल हुनेछ ।



Leave a comment