हाइलाइट

बिन्धवासिनी साकोसद्धारा असोज महिनामा सदस्यलाई ११ लाख भन्दा वढी निशुल्क सुविधा बितरण 

बिन्धवासिनी साकोसद्धारा असोज महिनामा सदस्यलाई ११ लाख भन्दा वढी निशुल्क सुविधा बितरण  :: Sahakari Akhabar

काठमाडौं । बनेपा काभ्रेपलाञ्चोकमा रहेको बिन्धवासिनी बचत बचत तथा ऋण सहकारी संस्थाले असोज महिनामा मात्र ११ लाख भन्दा बढी निशुल्क सदस्य सुरक्षण सुबिधा प्रदान गरेको छ । संस्थाले प्रकाशन गरेको असोज महिनाको वित्तिय विवरण अनुसार संस्थाले असोज महिनामा मात्र ११ लाख १० हजार ६९२ रुपैंयाँ सदस्य सुरक्षण सुविधा प्रदान गरेको हो ।

संस्थाले आर्थिक वर्ष ०८२ / ०८३ को भदौ महिनासम्म विभिन्न शिर्षकमा ३० लाख १८ हजार ३३२ रुपैंयाँ सदस्यलाई सुविधा प्रदान गरेको थियो । संस्थाले भदौ मसान्तसम्म स्वास्थ्य उपचार सुविधा अन्तर्गत २०७ जना सदस्यलाई १९ लाख ९८ हजार ६१४ रुपैंयाँ सुविधा प्रदान गरेको छ भने असोजमा ८६ जना सदस्यलाई ८ लाख २० हजार ६२४ रुपैंयाँ प्रदान गरेको छ ।

त्यसैगरी पारिवारिक मृत्यु समवेदना अन्तर्गत असोससम्म ६२ परिवारलाई ३ लाख ६ हजार ९१७ रुपैंयाँ र असोजमा २२ परिवारलाई १ लाख ७ हजार ५०५ रुपैंयाँ प्रदान गरेको छ । संस्थाले सदस्य मृत्यु राहत अन्तर्गत भदौमा २२ परिवारलाई ३ लाख ८७ हजार ४९० रुपैंयाँ र असोजमा १ लाख ३३ अजार ४३८ रुपैंयाँ प्रदान गरेको छ ।

त्यसैगरी संस्थाले नवजात शिशु सेवा अन्तर्गत ४७ सदस्यलाई ४७ हजार र भदौमा ९ जना सदस्यलाई ९ हजार सुविधा प्रदान गरेको जनाइएको छ । संस्थाले सदस्यको विषेश उपचार सुविधा अन्तर्गत भदौमा १५ जानलाई २ लाख ७८ हजार र असोज महिनामा २ जान सदस्इलाई ४० हजार रुपैंयाँ सुविधा प्रदान गरेको जनाएको छ ।

संस्थामा ५९ हजार ४४५ जना कूल सदस्य रहेका छन् भने ८ हजार ८२६ जना ऋणी सदस्य रहेका छन् । संस्थाको पछिल्लो वित्तिय विवरण अनुसार ५४ करोड ९५ लाख ७२ हजार सेयर पूँजी ३९ करोड ६२ लाख ३३ हजार जगेडा कोष तथा ३ करोड ७६ लाख २३ हजार अन्य कोषमा रहेको छ ।

संस्थाले ४ अर्ब ११ करोड ६८ लाख ५५ हजार बचत संकलन गरी ३ अर्ब ५२ करोड ४९ लाख ८४ हजार ऋण लगानीमा रहेको जनाएको छ । ३९ करोड ७३ लाख ८१ हजार संस्थागत पूँजी रहेको संस्थाको कूल सम्पति ५ अर्ब ३९ करोड ६३ लाख ४३ हजार रहेको छ ।



Leave a comment