हाइलाइट

ज्योति मिर्मिरे सामूहिक साकोसद्धारा सदस्य राहतमा साढे ४० लाख बितरण

ज्योति मिर्मिरे सामूहिक साकोसद्धारा सदस्य राहतमा साढे ४० लाख बितरण :: Sahakari Akhabar

काठमाडौं । पनौती काभे्रमा मुख्य कार्यालय रहेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाको एकाइगत रुपमा २६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको ६ वटा एकाई र माइन्यूट प्रमाणीकरण सभा गरी बार्षिक साधारण सभा सम्पन्न गरेको हो।

सभामा संस्थाले सदस्य मृत्यु राहत, एकाघर परिवार मृत्यु राहत, उपचार राहत, गर्भवति पोषण सहयोग, जेष्ठ सदस्य भत्ता, अपाङ सदस्य भत्ता, ऋणि सदस्य मृत्यु राहतलगायतका सदस्य राहत वापत यस वर्ष मात्र ४० लाख ५२ हजार रुपैयाँ प्रदान गरिएको सभामा जानकारी दिइयो । कार्यक्रममा संस्थामा आवद्ध भएका उत्कृष्ट ऋणी, बचतकर्ता, बाल बचतकर्ता सहित १९ जनालाई सम्मान समेत गरिएको थियो।

“दिगो र उत्कृष्ट वित्तिय सहकारी” को परिकल्पना गरी समुदायमा आधारित भएर संचालित संस्था ०८२ आषाढ मसान्त सम्ममा आइपुग्दा काभ्रे जिल्लालाई कार्यक्षेत्र बनाई हाल २० हजार ७८२ शेयर सदस्य र २ हजार ६० जना बाल बचतकर्ता सदस्यहरु मार्र्फत १ अर्ब ४२ करोड पूँजी संकलन गरेको छ ।

सभामा संस्थाका कोषाध्यक्ष पूर्णराम तुलाधरले आर्थिक प्रतिवेदन, संस्थाका सचिव बुद्धसिंह थापाले सचिवको प्रतिवेदन लेखा संयोजक भिमसेन केसीले लेखा सुपरिवेक्षण प्रतिवेदन र ऋण उप समिति संयोजक केशव वञ्जाराले ऋण लगानी तथा असूलि प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यवसायिक ढंगबाट संस्थाको कारोवार सञ्चालन भएको सभामा जानकारी दिइयो ।

असोज २५ गते कुशादेवी एकाई र बेथानचोक एकाईबाट सभा सुरु भएको संस्थाको २६ औ वार्षिक साधारण सभा असोज २६ रोशी, बल्थली र बनेपा इकाईमा  र असोज २८ गते मूख्य कार्यालयमा संस्थाका अध्यक्ष उद्धव सापाकोटाले उद्घाटन गरेका थिए । साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम प्रमुख अतिथि तथा अतिथिहरु विना सञ्चालन गरिएको थियो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाको शेयर पूजि १२ करोड ७४ लाख ५६ हजार ७०० रुपैंयाँ, बचत १ अर्ब ११ करोड २२ लाख ६० हजार ७९१ रुपैंयाँ रहेको जनाए ।

त्यसैगरी संस्थाले ऋण लगानी १ अर्ब ५ करोड ७४ लाख १६ हजार १४३ रपैंयाँ तथा जगेडा कोषमा ८ करोड ८३ लाख ७९ हजार ६०५ रुपैंयाँ रहेको जानकारी दिए । संंस्थामा यस वर्ष मात्र २ हजार ४५६ जना शेयर सदस्य वृद्धि गरेको जनाइएको छ ।



Leave a comment