काठमाडौं । राट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई विशेष बनाउन अपिल गरेको छ । सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेको छ। महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले ‘सहकारीले राम्रो संसारको निर्माण गर्ने छ’ भन्ने थिमका साथ २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रूपमा मनाउन अपिल गरेका छन् ।
महासंघद्धारा जारी अपिलमा ‘सहकारी सामाजिक व्यवसायले विश्वव्यापी चुनौतीहरूको सामना गर्दै दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि योगदान गर्न महत्वपूर्ण भूमिका खेलिरहेको र यसलाई थप व्यापक बनाउँदै यस वर्षलाई सहकारी अभियानको प्रभावकारीता र योगदान उजागर गर्ने ऐतिहासिक अवसरको रूपमा मनाउन अनुरोध गरेको छ । राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी बर्ष २०२५ लाई भव्य रुपमा मनाउन सहकारी संघसंस्था र सरोकारवाला निकायहरूमा पाँच बुँदे अपिल जारी गरेको छ ।
१, सचेतना र रचनात्मक कार्यक्रमहरू सञ्चालन स् सहकारीको महत्व र योगदानबारे सदस्य र आम समुदायलाई जानकारी गराउँदै रचनात्मक कार्यक्रमहरूको आयोजना गर्ने ।
२, स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारीलाई सुदृढ स् सहकारी अभियानलाई दिगो र समावेशी बनाउन विभिन्न तहमा सहकार्यलाई सशक्त बनाउने ।
३, दिगो विकास लक्ष्यहरूको प्रवद्र्धनः सहकारी मोडेलमार्फत क्म्न्क को लक्ष्यमा आधारित उत्पादन र उत्पादकत्व वृद्धि लगायतका विशेष कार्यक्रमहरू सञ्चालन गर्ने ।
४, प्रभावकारी प्रचार प्रसार वर्ष, २०२५ लाई सहकारी क्षेत्रका सफलताको कथा उजागर गर्ने वर्षका रूपमा विकास गर्न संचारमाध्यम र अन्य प्रचार साधनहरूको भरपूर उपयोग गर्ने ।
५, समाज र आर्थिक सशक्तीकरणमा योगदान स् महिला, युवा र अन्य पिछडिएका वर्गहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै सहकारी अभियानमा थप प्रेरित गर्ने ।
Leave a comment