हाइलाइट

मीरा सफ्टवेयर प्रयोगकर्ताको प्रतिक्रिया : सहकारीकोलागि उचित छ

मीरा सफ्टवेयर प्रयोगकर्ताको प्रतिक्रिया : सहकारीकोलागि उचित छ :: Sahakari Akhabar

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र रारा डिजिटल ल्याब्स प्रालीले निर्माण गरी नियोसिस टेक्नोलोजीमार्फत विक्री वितरण भइरहेको मीरा इआरपी सफ्टवेयर छोटो समयमै सहकारी क्षेत्रमा लोकप्रिय बनेको छ । औपचारिक रुपमा संचालनमा आएको सफ्टवेयर प्रयोगकर्ता डेढ वर्षमै प्रयोगकर्ता संघसंस्थाको संख्या ३०० को हाराहारीमा पुगेको छ । कर्णाली र मधेश प्रदेमा मीरा सफ्टवेयर प्रयोग गरिरहेका सहकारी संचालक तथा व्यवस्थापकहरुले व्यक्त गरेको अनुभवको सम्पादित अंश:


तुरुन्त सेवा दिनुभएको छ

राजेन्द्र खत्री
प्रवन्धक ( रातो पाण्डा युवा कृषि सहकारी, जाँजरकोट )

हामीले पहिला अर्को सफ्टवेयर प्रयोग गथ्र्यौ । मिरा सफ्टवेयर प्रयोग गर्न थालेको  एक वर्ष जती भएको छ । सवैभन्दा राम्रो कुरा सफ्टवेयरमा कुनै समस्या आयो, केही सेवाको विषयमा थप जान्नुपर्ने भयो भने, वहाँहरुले तुरुन्त अनलाइनबाट सेवा दिनुभएको छ ।

पहिलाको सफ्टवयर अफलाइन थियो, यो अनलाइन सेवा भएकोले सजिलो भएको छ । सहकारीलाई आवश्यक पर्ने सवैकुरा यसमा रहेछ, चलाउन पनि सजिलो छ । हाम्रो कृषि सहकारी हो यसले गर्ने कारोबार तथा सदस्यलाई दिने सेवा सवै छ । मूल्य पनि रिजनेबल छ ।

मिरा ईआरपी सिष्टम राम्रो छ, किनभने यो यउटा बैंक प्रणालि जस्तो पनि हो । यसमा विभिन्न प्रकारका सेवा सुबिधाहरु पनि छन । लगाएत जुन ठुलो रकम नभएपनि कहि थोरै रकम, बिद्युत बिल तिर्न र आवश्यकता अनुसार नम्बरमा रिचार्ज गर्न पाउने पनि सुविधा छ ।

अहिले हामीले सदस्यलाई मोबाइल बैंकिङ तथा एसएमएस सेवा पनि दिएका छौं । पाँचसय सम्म बचत रहेको सदस्यलाइ एसएमएस सेवा दिएका छौं । २०७२ सालमा स्थापना भएको हाम्रो संस्थामा साढे एघार सय सदस्य रहेका छन् भने ५ करोड वढीको कारोबार गरेका छौं ।

हामीलाई आवश्यक सेवा मिरामा छ

लंकबहादुर बम
प्रवन्धक (श्री कनका सुन्दरी साकोस, सुर्खेत)

हामीले मिरा सफ्टवेयर चलाएको एक वर्ष भयो, अहिलेसम्म ठिकै छ । यस अघिसम्म खाताबाटै कारोबार गरिरहेका थियौं । सहकारी पनि सुरुवातकै क्रममा छ । सहकारीको कारोबार वढ्दै गएपछि, सदस्य पनि थपिदैगएपछि, सदस्यको माग बढ्दैगएपछि सेवाहरु पनि थप्दैजाने योजना छ ।

सफ्टवेयर पनि निर्माणकै क्रममा भएकोले हामीलाई कस्तो सेवा थपगर्नुपर्ने हुन्छ, वहाँहरुले सोही अनुसारको सेवा थपिदिंदै जानुहुने छ । अहिले हामीलाई आवश्यक भएको सेवा यसमा छन् । चलाउँदा केही समस्या आइहाल्यो भने, उहाँहरुलाई भनेका हुन्छौं त्यसअनुसार तुरुन्तै समाधान गरिरहनु भएको छ।

हामीले अहिले कोर बैंकिङ सिष्टम मात्र चलाएका छौं । आउने आर्थिक वर्षमा मोबाइल बैंकिङ, अनलाइन पेमेण्ट सिष्टम पनि राख्ने सोच बनाएका छौं । हामीले दुइवटा यूजर लिएका छौं । संस्थामा १५० सदस्य छन भने लगभग करोडको कारोबार पुगेको छ।

सफ्टवेयरले गर्दा निकै सहज भएको छ

उमानन्द भण्डारी
अध्यक्ष (जिवनसहारा साकोस, सुर्खेत)

हाम्रो संस्थाले सफ्टवयर नै भर्खरबाट चलाउन लागेको हो । संस्थाको कारोबार पनि सानो छ । सदस्य पनि थोरै छन् । एक त हामी खाताबाट प्रविधिमा प्रवेस गरेका छौं । अहिले पनि खाता र सफ्टवेयर दुवै प्रयोग गरिहेका छौं । यो सफ्टवेयर चलाउनेहरुले राम्रो छ, सजिलो छ भनेकोले चलाएको हो।

सफ्टवेयर सम्वन्धि पनि खासै ज्ञान छैन तै पनि कारोबार गरिरहँदा सहज र सजिलो चाही भएको छ । केही कुरा कन्फ्यूज भएमा तुरुन्त सोध्छौं, सोधेको कुरा तुरुन्त जवाफ पाइहाल्ने र सेवा पनि छिटो भएकोले सकारीको काम गर्न निकै सहज भएको छ । १६ लाखको हाराहारीमा मात्र कारोबार छ । ७२ जना सदस्य रहेका छन्् । सर्भिस एकदम राम्रो छ।

सहकारीका सदस्यले नै डिजिटल सेवा खोज्नथाले

गणेशकुमार खड्का
ब्यवस्थापक (नमुना साकोस, ढल्केबर धनुषा)

हामीले २०८० साल साउन महिनादेखि सहकारीमा मिरा सफ्टवेयर संचालनको सुरुवात गरेको हो । पहिला अरु नै सफ्टवेयर चलाएका थियौं । पहिलाको भन्दा अहिले धेरै अपडेट भएका छन् र सजिलो पनि हुँदैगएको छ । अझैपनि नयाँ अपडेट हुँदैजाने छ भन्ने लागेको छ ।

विषेश गरेर रिपोर्टिङको केसमा चाँही अझै पनि सवैले सर्लक्क हेर्नसक्ने भयो भने राम्रो हुन्थ्यो । थप गर्दैगएको भन्ने सुनेपनि चाहिनेमात्रमा अझै आइसकेको छैन की भन्ने लागेको छ । अहिले हामीले २ वट यूजर लिएर कोर बैंकिङ सेवा दिएका छौं र बजार प्रतिनिधिहरुको लागि पनि एप्स चलाइरहेका छौं।

यो आर्थिक वर्षदेखि सदस्यलाई मोबाइल बैंकिङ सेवा पनि दिने सोचमा छौं । सजिलोसंग कोपोमिसमा डाटा अपलोड गर्न मिल्नेपनि बनाइदिनु पर्छ भन्नेलगेको छ । संस्थामा १ हजाार ८० सदस्य छन भने, १० करोड माथि कारोबार पुगेको छ।

मिराको मूल्य सरल छ, ब्याकपको तनाब छैन । सहकारीका सदस्यले पनि अन्य बैंक वित्तिय संस्थाले दिएको सेवा सरह सहकारीको सेवा खेज्ने भएको हुनाले हामीले पनि डिजिटल सेवा दिने तर्फ ध्यान दिनुपरेको छ । समय नै डिजिटलको छ।

उचित लागेर अरुलाई  पनि सिफारिस गरेकी छु

चित्राकुमारी सुवेदी
ब्यवस्थापक (कमला महिला उत्थान साकोस, बरमझिया, धनुषा)

पहिलो कुरा म आफै पनि सफ्टवेयरकालागि नयाँ छु, हाम्रो संस्थाले सफ्टवेयर पनि भर्खरै राखेको हो । अहिले सफ्टवेयरमा डाटा एन्ट्रि गर्ने काम हुँदैछ । पहिला खाताबाटै काम गर्दै आएका थियौं, अहिले एउटा मात्र कम्प्यूरमा राखेका छौं । सिक्दै अनि चलाउँदै जाने सोच गरेका छौं ।

सुरुमा गाह्रो भयो तर अहिले सजिलो भएको छ । तर पनि सफ्टवयर सम्वन्धि भौतिक नै ताालिमको अपेक्षा गरेका छौं । हुन त कुनै समस्या आयो भने, उहाँहरुले तुरुन्त रेष्पोन्स गर्नुहुन्छ, एनिडेक्स र फोन बाट । अहिलेसम्म सफ्टवेयरका सवै सेवा लिन पनि पाएको छैन् । संस्थामा ३ सयको हाराहारीमा सदस्य छन्, कारोबार पनि लगभग करोडको हाराहारीमा पुग्दैछ । मलाई त मूल्य र सेवा दुवै उचित लागेर अरु ४ वटा सहकारीलाई सिफारिस पनि गरेकी छु ।

पहिलाको सफ्टवेयर भन्दा धेरै गुणा राम्रो लाग्यो

सविता चौधरी
ब्यवस्थापक (श्री कमलपुर सामुदायीक साकोस, सप्तरी)

समग्रमा सजिलो लागेको छ, राम्रो छ मिरा सफ्टवेयर । भर्खरै प्रयोग गर्नथाले पनि पहिलाको सफ्टवेयर भन्दा धेरै गुणा राम्रो लाग्यो । अलिकति मन्थ्ली रिपोर्ट निकाल्ने हुनुपर्छ होला भन्ने लाग्छ । चारखाताबाटै गरिरहेको अवस्था छ अनि कोमोमिसमा सिधै डाटा पठाउने ब्यवस्था पनि मिलाइदिए झनै राम्रो हुनेथियो ।

हामीले रिप्लेस गरेको दुई महिना मात्र भयो । अहिले संस्थाको तीन करोडको कारोबार पुगेको छ । संस्थामा छ सय जती सदस्य पुगेका छन् । दुईवटा कम्पयूटरमा र बजार प्रतिनिधिकोलागि सेवा लिएका छौं । मूल्य पनि ठिक लागेको छ । केही समस्या पर्यो भने फोनबाट सेधेर पनि समाधान गर्ने गरेको छ । विषेशगरी अनलाइनबाटै धेरै कुराहरु सिकाइ दिनुहुन्छ ।



Leave a comment