हाइलाइट

मीरा सफ्टवेयर प्रयोगकर्ताको प्रतिक्रिया: सस्तोमा उत्कृष्ट सेवा 

मीरा सफ्टवेयर प्रयोगकर्ताको प्रतिक्रिया: सस्तोमा उत्कृष्ट सेवा  :: Sahakari Akhabar

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र रारा डिजिटल ल्याब्स प्रालीले निर्माण गरी नियोसिस टेक्नोलोजीमार्फत विक्री वितरण भइरहेको मीरा इआरपी सफ्टवेयर छोटो समयमै सहकारी क्षेत्रमा लोकप्रिय बनेको छ । औपचारिक रुपमा संचालनमा आएको सफ्टवेयर प्रयोगकर्ता डेढ वर्षमै प्रयोगकर्ता संघसंस्थाको संख्या ३०० को हाराहारीमा पुगेको छ । सुदुरपश्चिममा मीरा सफ्टवेयर प्रयोग गरिरहेका सहकारी संचालक तथा व्यवस्थापकहरुले व्यक्त गरेको अनुभवको सम्पादित अंश :-

मिरा सफ्टवेयर मूल्य र सेवा दुवैमा सहकारी मैत्री छ

तुलाराम पनेरु ( प्रवन्ध निर्देशक: सुन्दर अमरगढी साकोस, डडेलधुरा )

हामीले गत बर्षको साउन ६ गतेदेखि सहकारीमा मिरा सफ्टवेयर प्रयोग गर्न थालेका हौं । त्यस अघि अर्कै सफ्टवेयर थियो । त्यसलाई माइग्रेसन गरेर अहिले मिरा प्रयोग गरिरहेका छौं । मिरा सफ्टवेयर सहकारीको मर्म अनुसार र सहकारीको सबैकुरा अपडेट हुने किसिमको रहेछ ।

यो चलाउनलाई निकै सहज भएको छ । सहकारी विभागले कोपोमिसमा माग्ने डाटाहरु, स्थानीय तहहरुले माग्ने डाटाहरु पनि यसमै समावेस छ, छुट्टै रिपोर्ट बनाइरहनु परेको छैन् । सहकारीको चारखाता देखि दैनिक तथा मासिक रिपोर्टहरु, भौचरहरु सवैकुरा, जुन जुन अवस्थाको जे जे रिपोर्ट आवश्यक छ, त्यही रिपोर्ट पाउन सकिनेगरी ब्यस्थित गरेको पाए मैंले । क्ल्याउड बेस भएकोले ब्याकप राख्नुपर्ने झन्झट पनि छैन । अफलाईन पनि चलाउन मिल्नेगरी सफ्टवेयर निर्माण गरेको रहेछ, सारै सजिलो भएको छ । सहकारी मैत्रि रहेछ ।

कहिलेकाँही प्राविधिक सहयोग चाहिँदा पनि एनि टाइम सपोर्ट पाइरहेको छैं अहिलेसम्म । कुनै झमेला भएको छैन् । यस्तैगरी सेवाको निरन्तरता भयोभने हामीलाई गाह्रो हुँदैन । लाग्ने शूल्क पनि सहकारी मैत्रि छ । प्रति यूजर ८ हजार मात्र तिरेका छौं ।

पहिलको महंगो थियो र पनि सेवा राम्रो पाएका थिएनौं, बार्षिक नविकरण शूल्क पनि महंगो थियो । अहिले त्यस्तो छैन् । हाम्रो संस्थाको ८ करोडको कारोबार छ भने १ हजार ३ सय सदस्य रहेका छन्, संस्थाले मोबाइल बैंकिङ, एसएमएसलगायतका सेवा दिइरहेको छ ।

मिरामा सेवा धेरै भएकोले ताालिमको आवश्यकता छ

टेकराज लेखक ( कार्यकारी प्रमुख: जिवनज्योती साकोस, बैतडी )

हामीले एक वर्षदेखि मिरा सफ्टवेयर प्रयोग गरिरहेका छौं । पहिला अर्कौ सफ्टवेयर प्रयोग गरिरहेका थियौं । अहिले त्यसबाट डाटा माइग्रेट गरेर यसमा सारेका छौं । यो सफ्टवयर सहकारी मैत्री रहेछ, सर्वसुलभ पनि लाग्यो । धेरै फिचरहरु भएकोले सबैको बारेमा एकपटक राम्ररी जानकारी गराउनेखाले तालिमको आवश्यकता छ।

हामीले अहिले तीनवटा कम्प्यूटरमा प्रयोग गरिरहेका छौं । एउटा ट्याब्लेटमा पनि छ । अहिले मोबाइल बैंकिङ र एसएमएस सेवा पनि थप गर्ने सोचमा छौं । संस्थाको कारोबार २० करोडको छ भने २ हजार सदस्य रहेका छन् ।

समस्या आयोभने तुरुन्त रेस्पोन्स गर्नुहुन्छ

प्रकाश तिमल्सिना ( ब्यवस्थापक: प्रगतीशिल कृषक साकोस, अछाम )

हामीले पहिला अर्कै सफ्टवेयर चलाउँथ्यौं, अहिले रिप्लेस गरेका हौं । पहिलाको हिसावमा मिरा धेरै कुराम ठिक छ । हाम्रो संस्था सानो संस्था हो, साढेदुई करोडको मात्र कारोबार रहेको छ । अहिले दुईवटामा सफ्टवेयर चलाएका छौं ।

पहिलाको सफ्टवेयर अफलाइन थियो, अहिले मिरा अनलाइन सेवा भएकोले सजिलो भएको छ । कुनै समस्या आयो भने तुरुन्त उहाँहरुले अनलाइनमार्फत नै सेवा दिनुभएको छ । एउटा विषय चाँही कोमोमिसमा बिवरण बुझाउने विषयचाँही अंग्रेजी र नेपाली दुवै भाषामा भइदियो भने राम्रो हुन्थ्यो भन्ने लागेको छ ।

संस्थामा ६ सय सदस्य रहेका छन् । संस्थाले स्थानीय पालिका र विद्यालयसंग समन्वय गरेर ३ सय जना विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइरहेका छौं, त्यसबापत पालिकाले प्रति विद्यार्थी १५ रुपैंयाँ उपलब्ध गराएको छ ।

चलाउन सहज छ

भुवन जोशी ( प्रवन्धक: स्वावलम्बी साकेस,दार्चुला )

हामीले पहिलोपटक नै सहकारीमा मिरा सफ्टवयर प्रयोग गरेका हौं । भर्खर मात्रै हो सफ्टवयर चलाउन थालेको । दुइवटा यूजर र दुईवटा एमआरबाट काम गरिरहेका छौं । मोबाइल बैंकिङ सुरुवात गर्नपाएको छैन् । एसएमएस सेवाचाही दिएका छौं, मोबाइल बैंकिङमा अन्तर बैंकिङ कारोबार गर्न मिल्नेखाले सेवा राखिदिनु पर्छ भन्ने लाग्छ ।

त्यसैगरी ऋणी सदस्यहरुलाई रिमान्डर एसएमएस पठाउन मिल्ने ब्यवस्था गरिदिनु पर्छ भन्ने लागेको छ । एकदमै सहकारी मैत्रि छ मिरा । अहिलेको अवस्थामा मूल्य मैत्रि पनि छ, अरु सहकारीहरुले धेरै धेरै परेको भन्छन् सफ्टवयरलाई तर मिरा सहकारी मैत्री रहेछ । चलाउन सहज छ । यसमा क्यूआर सेवा तथा सूचना प्रविधि मैत्रि बनाउन जरुरी छ । सस्थाले भर्खर कारोबार गर्न थालेकोले अढाइ करोडको कारोबार पुग्यो भने संस्थामा साँढे ६ सय सदस्य छन् ।

मिरा राखेर ठिकै गरेछौं भन्ने लागेको छ

हर्कबहादुर बोहरा ( प्रवन्धक: नेपाल पूर्व प्रहरी बहुउद्धेश्यीय सहकारी, दैजी कञ्चनपुर )

हामीले मिरा सहकारी सफ्टवेयर प्रयोग गरेको लगभग एक वर्ष हुनलाग्यो । संस्था पनि नयाँ नै हो । सजिलो लागेको छ । सहकारीकालागि आवश्यक फिचरहरु भएको पाँए । मिरा प्रयोग गरेकाहरुले राम्रो छ, सस्तो पनि छ भनेकोले लिएको हो,  ठिकै गरेछौं भन्ने लागेको छ ।

भर्खरै सफ्टवेयरबाट काम गर्न थालेकोले बुझ्देछौं, गर्दैछौं । अलिकती सर्च आइकनमा समस्या आउँछ, रिकमेन्ट डेटमा पनि मिलाउनुपर्ने जस्तो लाग्छ । मूल्यको हिसावमा धेरै ठिक लाागेको छ । अहिले हामीले दुईवटा यूजरबाट काम गरिरहेका छौं ।

हाम्रोमा कोपोमिसमा बिवरण पठाउन समस्या भएको थियो, सायद सहकारी विभागले त्यसलाई समाधान गर्यो की के भयो । अनलाई सेवा दिएकोले तुरुन्त सेवा पाइएको छ । हाम्रो संस्थाको कारोबार सवा करोड र सदस्य २२५ छन् । संस्थाले रासायनिक मल खरिद बिक्री पनि गर्ने गरेका छ ।

मिराको सेवाप्रति हामी पूर्णरुपमा सन्तुष्ट छौं

लक्ष्मी सेटी ( ब्यवस्थापक: नवकिरण साकोस, शुक्लाफाँटा कञ्चनपुर )

हामीले पहिला अर्कै सफ्टवेयर प्रयोग गथ्र्यौं, अहिले मिरा प्रयोग गर्दा धेरै सहज भएको छ । पहिलाको भन्दा धेरै राम्रो छ । हामीले बुकिङ गर्दा थोरै पेमेण्ट गरेका छौं अव युजर अनुसार पेमेण्ट गर्नु पर्नेछ । एउटा यूजरको ८ हजार भन्ने सुनेको छु । दुईवटा कम्प्यूटर र एउटा ल्यापटपमा प्रोयोग गरेका छौं ।

रिपोर्टहरु पनि सहजै  पाउन सकिन्छ, आफूले सहकारीकालागि खोजेको धेरै कुरा यो सफ्टवेयरमा छ । सिष्टम फाष्ट छ, ह्याङ हुनेजस्ता समस्या आएको छैन् । केही समस्या आइहाल्यो अथवा नजानेको कुरा सोध्नुपर्यो भने तुरुन्त रेस्पोन्स पाइएको छ । हाम्रो संस्थाको कारोबार ९ करोड जती पुगेको छ भने ४ हजार सदस्य रहेका छन् । हामी पूर्णरुपमा सन्तुष्ट छौं ।



Leave a comment