हाइलाइट

पच्चिस रुपैंया बचतबाट सुरु भएको तौडोलछाप साकोसको पूँजी १२ करोड 

पच्चिस रुपैंया बचतबाट सुरु भएको तौडोलछाप साकोसको पूँजी १२ करोड  :: Sahakari Akhabar

भक्तपुर । सामुदायिक अवधारणाका साथ स्थापना भएको तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा समेत नाफामा रहेको छ ।

सामुदायिक वन सर्वधन तथा बचाउमा काम गर्ने ३० जना बचत कर्ताहरूले आफ्नो मासिक २५ रुपैंया मासिक बचतबाट थालनी गरेको यो संस्थाले आफ्नो १४ औँ  वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सामुदायिक वनमा काम गर्ने ३० युवा तथा महिलाहरुले सामुदायिक अवधारण अपनाउँदै समुदायको पैसा बाहिर छरिएको देखेपछि समुदायको पैसा समुदायमा नै जम्मा गर्नु पर्छ र एक अर्कालाई सहयोग गर्नु पर्छ भन्दै मासिक २५ रुपैंयाका दरले २०६३ साल देखि जम्मा गर्न थालेका थिए ।

बचत बढ्दै गयो र अन्य सदस्यहरूले पनि यसमा चासो देखाएपछि वनको नै नाममा तौडालछाप सहकारीका रूपमा ६६ सालमा यस संस्थाले मूर्त रूप लिएको अध्यक्ष दीपेन्द्र कुमार थापाले बताए ।

३० जना बचत कर्ताले थालनी गरेको यस संस्थामा हाल ९८९ सदस्य रहेका छन् । सहकारीको अघिल्लो वर्ष कुल पूँजी तथा दायित्व १० करोड ९६ लाख ३५ हजार ६ सय ६७ रुपैंया रहेकोमा यो वर्ष बढेर १२ करोड ८ लाख ५ हजार ६ सय ६२ पुगेको छ ।

नेपालमा नै वनको आधारमा सामुदायिक वन कर्मीहरूले स्थापना गरेको पहिलो सहकारीको रूपमा रहेको तौडोलछापले आगामी वर्ष आफ्नो पूँजी १५ करोड भन्दा बढी पुर्याउने लक्ष्य रहेको जनाएको छ ।

सहकारीको साधारण सभालाई सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य किरण थापामगरले तौडोलछाप जस्ता सहकारीका कारण सहकारीको साख जोगिएको बताए ।

जसरी समुदायका आधारमा चलेको तौडोल छाप यस्तो विषम परिस्थितिमा पनि नाफामा नै गएको छ र सहकारी हाल सम्म समस्याग्रस्त हुनु परेको छैन अन्य सहकारीले पनि समुदायमा नै आधारित भएर काम गरेमा कुनै पनि सहकारी समस्या ग्रस्त नहुने उनले भने ।

साधारण सभामा सूर्यविनायक नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष कान्छाभक्त धोजु, सामुदायिक वन उपभोक्ता समितिका केन्द्रीय सदस्य रोमश्वर बोहरा, तथा सहकर्मी सहकारी संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सहकारीको प्रगति प्रतिवेदन तथा भावी रणनीतिका विषयमा सचिव राकेश थापाले आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिम्रता लोहनी बस्नेतले, लेखा प्रतिबेदन लेखा सुपरिवेक्षण समितिका संयोजक शिवजी त्वानाबासुले प्रस्तुत गरेका थिए ।

साधारण सभाको अवसरमा जेष्ठ नागरिक बचत कर्ता, उत्कृष्ठ बचत कर्ता तथा ऋणी, उत्कृष्ठ बाल बचत कर्ता, नारी बचत कर्ता सम्मान समेत गरिएको थियो ।

यस्तै कार्यक्रममा रगत अभावलाई मध्यनजर गर्दै सहकारीले नेपाल रेडक्रस सोसाइटी भक्तपुरको सहयोगमा रक्तदान कार्यक्रम समेत गरेको थियो ।



Leave a comment