हाइलाइट

सहकारीको दुर्दशा सरोकारवाला मौन

सहकारीको दुर्दशा सरोकारवाला मौन :: Sahakari Akhabar

भुकम्प हुदै कोभिडबाट भर्खरै तँङग्रीन लाग्दा फेरी रूस (यूक्रेन द्वन्द्व होस् या इजराइल (हमासको द्वन्द्वले अहिले बिश्व अर्थतन्त्र नै कमजोर बनि रहेको बेला त्यसको असर नेपालसम्म पनि आईसकेको छ । अर्थतन्त्रकै सवालको कुरा गर्दा झन सहकारीमा बढ्दो प्रभाव पारेको छ ।

दिन प्रति दिन सहकारी प्रति आम मानिसको बुझाई फरक र अविश्वास पैदा गरेको भान हुन्छ । आखिर किन मानिसहरु आफै संस्था खोलेर अहिले आफै नै अविश्वासको भुमरिमा परेका छन त ? यो बारेमा बिशेष छलफल हुनु पर्दछ जस्तो लाग्छ।

केहि दिन पहिले पर्बतकै दुई तीनवटा सहकारीका संचालकहरुलाई प्रहरी हिरासतमा राखेको समाचार बाहिर आएको छ, या संचालक फरार भयो, सहकारीले पैसा खाएर भाग्यो भन्ने घटना पक्कै पहिलो र अन्तिम भने होइन ।

सहकारीमा बचत गरेका बचत कर्ताले उजुरी दिएको भरमा अहिले जहाँ तही सहकारीमा बिबाद सृजना गरी केहि न केहि आतंक मचाएको प्रष्ठ छ ।

साथै यस्तो दुर्दशा आउनु सहकारी स्वयम् जिम्मेवार हो या सहकारी क्षेत्रलाई अनुगमन गर्ने निकाय र पारदर्शीताको उपजनै सहकारी बिकृति तर्फ मोडिने मनस्थिति पनि हो ।

समग्र सहकारीमा समय समयमा अनुगमन नहुनु, सहकारीमा अध्यक्ष हाबी हुने प्रवृत्ति, दल र भातृ संगठनका नाममा खुल्ने सहकारी संघका सदस्यले पद, ओहोदा ओगटी बस्नु, आफ्नो कार्यक्षेत्र भन्दा बाहिरका सदस्यलाई नाताबाद, कृपावादका आधारमा ऋण लगानी गर्नु, एउटै सदस्यु डुप्लीकेशन रुपमा एक देखि अनेक संस्था देखि ऋण लिनु नै सहकारी उधोगति तर्फ लाग्ने बाटो हो भनेर भन्न सकिन्छ ।

अहिले सहकारी खोलीनु वा आफ्नै नजिकका आफन्त नै कार्य समितिमा राखिनु वा अध्यक्ष, सचिब, कोषाध्यक्ष जस्ता भाइटल पोस्टको जिम्मेवारी दिनु अझ भन्नु पर्दा संस्थाका प्रबन्धक, कर्मचारी समेत आफ्नै राख्नु, बचत कर्तालाई बढी ब्याज दिने लोभ दिनु, साथ साथै शेयर सदस्य समेतलाई चर्को शेयर मुनाफा दिनुले नै प्रश्न चिन्ह खडा गरेको छ की यो सहकारी नियम अनुसार चलेको छ या छैन भनेर हेर्न हामी सँग समय र चासो नहुनुको पराकाष्ठ नै सहकारी डुब्नुले विश्वसनीयता झन गुम्न थालेको छ ।

सहकारीको मर्म अनुसार चल्नु पर्ने वा सहकारीको धर्म नै आफु पनि चल्ने र सहकारी बाट ऋण लिएर गएकाले पनि लगानी लिए अनुसारको काम र उधम गरी समयमा ऋण भुक्तान गर्ने हो । तर त्यस अनुसार हुनसकेको देखिदैन ।

अहिले त झन बचत कर्ताले मुद्दा दिने संचालक जेल जाने तर ऋणि छाती फुलाएर बजार डुलने प्रबति हाबी छ । मानौ प्रहरी प्रशासनले पनि सहकारीका संचालकनै चोर हुन भन्ने खालको संज्ञा दिई समातेको पाइन्छ । त्यसैले यस क्षेत्र समेत वित्तीय साक्षरता, वित्तीय पहुँचको अज्ञानता हो ।

बचत कर्ताको पैसा फसेको छ मानिन्छ, तर सहकारीले पनि त करोडौ रकम ऋण लगानी गरेको छ, उनीहरुको सवालमा किन प्रहरी प्रशासनले ऋणीलाई समात्न सकिदैन यो अनुत्तरित छ । ऋणीले कति संघ सस्था बाट ऋण लिई कारोबार गरेको छ त्यस बारेको अज्ञानता पनि तँ हो ।

बेला बेलामा तालिम गोष्ठी जस्ता क्रियाकलाप गरेर संस्थालाई दिगो र भरपर्दो बनाउने आफनो हात रहेको हुदा असल कर्जा खराब कर्जाको अनुगमन गर्ने र राम्रोलाई पुरस्कृत गर्ने परिपाटी बसाल्नु पर्दछ ।

संस्था चलुन्जेल ब्याज खाने, भ्रमण जाने, मनलाग्दि मुनाफा खाने बेलासम्म त्यही सहकारी राम्रो, अध्यक्ष राम्रो हुने तर अहिले आएर बचतकर्ताको रकम समयमा दिन नसक्दा नराम्रो कसरी हुने ? सहकारीले फाइदा दिदा अनेकौ शिर्षकमा ऋण लगानी गरी कारोबार गर्दा राम्रो सहयोग गरेको सहकारीले अहिले आएर सस्था आपत पर्यो भनेर भएको शेयर र बचत समेत फिर्ता माग्ने सदस्य कातर हो ।

प्रशासनले बचतकर्ताको समस्या सुनेन भने समस्या कसले सुन्ने हो ? सहकारी हितका नाममा खोलिएका स्थानीय संयन्त्र नगर पालिका देखि केन्द्रीय तह यो बिषयमा मौन छ । सहकारीका सरोकारवाला निकायमा समेत यस्ता समस्याका बारे छलफल होस् ।

स्थानीय नगरपालिकाले आफूलाई कर उठाउन पाए भयो भने झै पानी माथिको ओभानो भई पन्छिन खोजेको आभाष हुन्छ। कहिले काही सूचना टासेर आफ्नो काम गरे भन्ने खालको मोहि मागि ढुङ्ग्रो लुकाउने गरेको ब्यबहार देखिन्छ । जब की स्थानीय तहनै सहकारीको नियमन र अनुगमन गर्ने थलो हो ।

संस्थालाई तिर्न, बुझाउन पर्ने बाँकी बक्यौता र ऋण रकम नतिरी बाँकी राखेमा त्यस्तो रकम र सोको ब्याज, हर्जना समेत दर्ता गर्ने अधिकारीले त्यस्ता व्यक्तिको जायजेथाबाट असुल उपर गरिदिने र नगरपालिकाले आफ्नो अनुगमन पनि तिब्र रुपमा पार्न सक्नु पर्दछ ।

साथै ऋण तिर्नका लागि मात्र भनेर नगरपालिका पन्छिन सक्दैन एवं बचतकर्ताको बचत सुरछित छ भन्ने हिम्मत पनि राख्न सक्नु पर्दछ त्यही नगर्नुको नतीजा अहिले देख्न परेको छ । सहकारीले पनि आफु खुसी मन लाग्दो तरिकाले ऋण प्रवाहको नतीजा अहिले देखिएको मुख्य समस्या हो ।

मनलाग्दी कर्जा परिचालन गर्ने,गैर जिम्मेवार लेखा परीक्षक भर्ना गर्ने, बर्षेनि हुने साधारण सभा, बैठक समेत एकान्त कोठा र एक्लौटी गर्ने, केहि टाठा बाठा बोल्न सक्ने सेयर सदस्यलाई रक्सी र मासुमा बिक्री गराउने वा चुप पार्ने गर्दछन् र मुख्य संचालकहरु समेत संस्थाको रकम हिनामिना गरी मामाको धन फुपुको श्राद्ध गर्ने गरेका छन ।

बेलैमा ऋण नतिरने या ऋण पनि अनेक खालका कर्जाको बर्गीकरण गरी मनग्गे ऋण थुपारी दिनु हो । ऋणीले घाटी हेरी हाड निलन सक्ने खालको ऋण लिनु पर्दछ र दिनु पनि पर्दछ।सहकारी क्षेत्र सँग कसरी समन्वय सहकार्य गर्ने भन्ने विषयमा नीतिगत, कानुनी तवर र कार्यान्वयनको हकमा गुरु योजना बनाई के कस्तो खालको राज्यले आफ्नो कारबाही नियमन गर्न सक्छ यस बारेमा स्थानीय तह र स्वयं राज्य समेत लागि पर्नु पर्दछ ।

समितिमा रहेकालाई पनि आफ्नो भूमिका के हो ? सदस्यको भूमिका के, बचत कर्ताको भूमिका के, ऋणीको भूमिका के भन्ने बिषयमा मज्जाले छलफल हुनु र समितिका पदाधिकारीलाई जिम्मेवार बोध गराउनु पर्दछ ।

बेला बेलामा तालिम गोष्ठी जस्ता क्रियाकलाप गरेर संस्थालाई दिगो र भरपर्दो बनाउने आफनो हात रहेको हुदा असल कर्जा खराब कर्जाको अनुगमन गर्ने र राम्रोलाई पुरस्कृत गर्ने परिपाटी बसाल्नु पर्दछ ।

तसर्थ सहकारीको समस्या समाधान गर्ने दायित्व वा भुमिका कार्य सञ्चालक समिति, सहकारीका कर्मचारी, स्वयं सेयर सदस्य र बचत कर्ताको हो भनेर कदापि बिर्सन हुन्न ।

अब सहकारी मार्फत आर्थिक तवरले उच्च बनाउन सहकारी को मूल्य मान्यता र सिद्वान्त मार्फत दिगो साथै अनियमितता र समस्यालाई चिर्दै सही ब्यबस्थापन, बित्तीय सूचना बिश्लेषण, अनुगमन, निरीक्षण, सुपरीवेक्षण, सम्पति शुद्दिकरण र स्थानीय संघ संस्थाको सहकार्यमा एकीकरण गरी अगाडि बढन सके सहकारी पुनः जिवन्त हुनसक्ने सम्भावना छ ।



Leave a comment