हाइलाइट

अन्तराष्ट्रिय युवा दिवसमा निङ्गलाशैनीमा युवा सम्वाद 

अन्तराष्ट्रिय युवा दिवसमा निङ्गलाशैनीमा युवा सम्वाद  :: Sahakari Akhabar

काठमाडौं । निङ्गलाशैनी विकास समाज तथा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा जेएनजी जोडौ अभियान अन्तर्गतअन्तराष्ट्रिय युवा दिवसको अवसरमा युवा सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।

विकास समाजका अध्यक्ष पशुपति भट्टको सभापतित्व तथा निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था तथा समाजका पूर्व अध्यक्ष प्रेमसिंह भाटको प्रमु आतिथ्यमा सहकारीका उपाध्यक्ष पवन चन्द्र लेखकले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि भाटले कार्यपत्र प्रस्तुत गर्दै युवाको वर्तमान अवस्था, युवाहरुको भविष्य र वर्तमान चुनौती, सहकारी र युवाको आर्थिक भविष्य, स्वरोजगारको सम्भावना र सीप मुलक तालिम संगै समाजमा हरेक क्षेत्र खेलकुद उद्यमशिलता र समाजसेवा संग संगै लैजानु पर्ने अवधारण प्रस्तुत गरेका थिए ।

युवा सम्बाद कार्यक्रम सहभागिहरुले सहकारी संचालन गरे जस्तै सुपथमुल्य पसल, बेमौसमि तरकारी उत्पादन, हाटबजार संचालन तथा गाई व्यवस्थान संगै उद्यमशिलतामा सहकार्य गर्न आवश्यक रहेको कुरा औल्याएका थिए ।



Leave a comment