हाइलाइट

बागमती प्रस्कूनको तेस्रो साधारण सभा सम्पन्न, विभिन्न ११ विधामा सम्मान

बागमती प्रस्कूनको तेस्रो साधारण सभा सम्पन्न, विभिन्न ११ विधामा सम्मान :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको तेस्रो साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल रहेका थिए ।

सभामा विभिन्न ११ विधामा व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।  सम्मनीत तथा पुरस्कृत ब्यक्ति तथा संघ संस्थालाई प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सम्मान गरेका थिए ।

प्रमुख अतिथि कंडेलले महासंघले ‘भिजन २०३०’ सार्वाजनिक गरेको र  मुलुकमा रहेका ३० हजार सहकारी संस्थालाई एकीकरण मार्फत १० हजारमा झार्ने लक्ष्य लिएको बताए ।

जिडिपी र वित्तीय पहुँचमा पनि सहकारीको हिस्सा बढाउने लक्ष्य लिएकाले सबै संस्थाहरुले सोही अनुरुप काम गर्न उनले आग्रह गरे ।बागमती प्रोस्कूनले टिमवर्कमा काम गरेकाले छोटो समय उल्लेख प्रगति गरेको भन्दै सबै संघहरुले प्रोस्कूनबाट पाठ सिक्नुपर्ने बताए ।

बागमती प्रदेशमा ८ हजार बचत तथा ऋण सहकारी संस्था रहेकाले सबै संस्थाहरुलाई संघमा आवद्ध गराउन प्रोस्कून लाग्नु पर्ने उनको भनाई छ । केही सहकारी संस्थाले गरेको गलत कार्यका कारण समग्र सहकारीप्रति अविश्वास बढेको भन्दै उनले सहकारीप्रति  आम सदस्यको विश्वास जगाउन सबै पक्ष लाग्नु पर्नेमा उनले जोड दिए ।

सभामा अध्यक्ष सापकोटाले सहकारी अभियानमा आफनो छुटै पहिचान बनाउन संघ तल्लिन रहेको बताए । संघले सहकारी अभियानका लागि दक्ष जनशक्ति उत्पादनका लागि पाठ्यक्रममा आधारित गुणस्तरीय तालिमहरु सञ्चालन गर्ने,सहकारी शिक्षाको गुणस्तर वृद्धिका लागि खोजपूर्ण स्रोत सामाग्री विकास र प्रमाणिकरण गर्ने र कोषिस कार्यक्रमको विकास गरी र उक्त कार्यक्रममा सदस्य संस्थाको आवद्ध बढाउदै गएको उनले बताए ।

उनले अबको कार्यदिशा सञ्जाल व्यवस्थापन र सहकार्य रहेको जनाए । उनले विभिन्न सुंचकहरुको विकास गरी संस्थाहरुको वर्गिकरण गर्ने र सोही अनुसारको सेवा विकास गर्ने  उनले सभामा जानकारी दिए ।

संघलाई बागमती प्रदेशको श्रोत केन्द्रको रुपमा विकास गर्न यस बर्ष पनि नयाँ विषयवस्तुमा तालिम पाठ्यक्रम विकास र प्रमाणिकरण गर्नका लागि पर्ने उनको भनाई छ ।

बागमती प्रदेश भित्रको सहकारी संस्थाको तथ्याङ्कको भरपर्दो श्रोतको अभावका कारण  सहकारी क्षेत्रले पुर्याएको योगदानको बारेमा यकिन तथ्याङ्क नरहेकाले राज्यसँग पैरवी गर्न कठिन भएकाले यस बर्ष तथ्याङक संकलन र सम्पादनको काम गर्ने योजना बनाएको उनले सभामा जानकारी दिए ।

त्यसैगरी हरेक दुई बर्षमा संघको आयोजनामा प्रदेश स्तरीय साकोस समिटको आयोजना गर्ने  योजना रहेको समेत उनले सभामा बताए । संघका महमसचिव जिवसराज खड्काले आर्थिक बर्ष २०७ / ९८० को  प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संघले सहकारी संघ संस्थाको सञ्चालन व्यवसायको विकास, प्रवर्धन तथा बजारीकरण लगायतका कार्यमा टेवा पुर्याउदै आएको बताए ।

संघका कोषाध्यक्ष केशवप्रसाद दंगालले आर्थिक बर्ष २०७ / ९८० को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । सघंले गत असार मसान्तसम्म ४५१ सदस्य, ७ करोड १२ लाख ५९ हजार शेयर पुँजी, २ अर्ब ४० करोड ९७ लाख बचत संकलन र ८१ करोड ४३ लाख २५ हजार ऋण लगानी गरेको छ ।

संघको जगेडा कोषमा ८३ लाख ४९ हजार रकम जम्मा भएको छ । त्यस अवघिमा संघले १ करोड खुद नाफा आर्जन गरेको छ । सभामा लेखा सुपरीवेक्षेण समितिका संयोजक देवप्रसाद त्रिपाठीले समितिको प्रतिवेदन प्रस्तुत गर्दै सञ्जाल विस्तार र सञ्जाल सहकार्यमा विशेष योजना  कार्यान्वयन गर्न सुझाव दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के।बी उप्रती, नेफस्कूनका अध्यक्ष परितोष पौडेल, बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।



Leave a comment