कैलाली । लम्कीचुहामा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले २८औं बर्ष पुरा गरेको छ । २०५२ साल कार्तिक १७ गते कैलाली जिल्लाको लम्कीमा मुख्य कार्यालय रहने गरी २५ जना शेयर सदस्यहरुबाट ६० हजार ३०० रुपैंयाँ शेयर पूँजी संकलन गरी स्थापना भएको संस्था थियो । साथै संस्थाले २०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ कारोबार गर्न स्वीकृती समेत प्राप्त गरेको थियो ।
संस्थाले सदस्यहरुलाई सम्पूर्ण वित्तीय सेवाका साथै कृषि प्रवद्र्धन कार्यक्रम मार्फत कृषि सम्बन्धी निशुल्क तालिम तथा घरदैलो परामर्श सेवा दिदैआएको छ । सदस्य तथा स्थानियहरुलाई दैनिक उपभोग्य वस्तु सुलभ मूल्यमा उपलब्ध गराउनुका साथै सदस्यका स्थानिय उत्पादनलाई बजारिकरण गर्न सहकारी सुपथ पसलको अवधारणा अनुसार किसान कोपमार्ट सञ्चालन गरेको छ।
विभिन्न समय परिस्थितमा हुने भवितव्य विपत र महामारिको समयमा समेत यस संस्थाले समुदाय र सदस्यको साथमा रहि विभिन्न किसिमका राहत कार्यक्रम पनि संचालन गर्दै आएको छ । ‘समृद्धिका लागि समुदाय संगसगै’ भन्ने मुल नारा तय गरेको यस संस्थाले विभिन्न सामाजिक काम समेत गर्दै आईरहेको छ।
वित्तीय सेवालाई प्रविधि मैत्री बनाउन संस्थाले सदस्यहरुलाई विभिन्न प्रकारको प्रविधिमुलक सेवाहरु प्रदान गर्दै आईरहेको छ । एटिएम सेवा सञ्चालन गर्ने सुदुरपश्चिम प्रदेशकै पहिलो संस्थाले ट्याबलेट बैंकिङ मार्फत सफलतापुर्वक सेवा दिने नेपालकै अग्रणी संस्थाको रुपमा परिचय स्थापित गरेको संस्थाका महाप्रवन्धक डम्वरबहादुर शाहा बताउँछन् । संस्थाले एबिबिएस सेवा प्रदान गर्दै आईरहेको छ ।
गरिब किसान र साना उद्यमीहरुलाई वित्तीय तथा गैर वित्तीय सेवाको पहुँचमा ल्याई उनिहरुको गुणस्तरिय जिवनयापनका लागि सहकारीको मर्म बमोजिम नविनतम प्रविधिका साथ उद्यमशिलता र व्यवसायिकताको विकास गरि अधिकतम रोजगारी सृजना गर्ने संस्थाको योजना रहेको छ ।
यो संस्था सदस्य सुरक्षण सिद्धान्तलाई अवलम्बन गरि अन्तराष्ट्रिय स्तरको Smart Certified प्राप्त गर्न सफल नेपालकै पहिलो संस्था रहेको संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहको भनाई छ । साथै यस संस्थाले आफ्ना सदस्यहरुलाई डिजिटल वित्तीय सेवा दिने उद्देश्यले सुदुरपश्चिम प्रदेश मै पहिलो पटक एटिएम तथा QR Merchant सेवा उपलब्ध गराएको थियो । अन्य विभिन्न किसिमका डिजिटल सेवाहरु समेत दिदै आएको अध्यक्ष शाहले बताए । संस्थाले व्यवसायिक रुपमा किसान–कोप मार्ट र किसान–कोप एग्रो युनिट बनाइ सेवा दिइरहेको छ ।
सदस्य तथा समुदायमा गुणस्तरिय सेवा सुविधा प्रदान गदै आई रहेको यस संस्थाले सुदुरपश्चिम प्रदेशका ६ जिल्लाहरुमा ४० वटा सेवाकेन्द्र तथा लुम्बिनी प्रदेशको एक जिल्लामा एउटा सेवाकेन्द्रमार्फत सेवा दिईरहेको मुख्य प्रवन्धक शाहले जानकारी दिए ।
संस्थाले कृषि मार्ट संचालन, कोप मार्ट संचालन, कृषिलाई उत्पादनसंग जोड्न र बजारीकरण गर्न माटो परिक्षण प्रयोगशाला, मिनि कोल्डस्टोर, सदस्यका कृषि तथा गैर कृषि उत्पादनलाई बजारीकरण गर्ने गरेको बताए। संस्थाको असोज मसान्त सम्ममा शेयर पूँजी ४१ करोड ६६ लाख ३ हजार २०० रुपैंयाँ तथा कुल बचत ३ अर्व ३० करोड ५ लाख ५५ हजार ९५२ रुपैंयाँ पुगेको जनाइएको छ ।
संस्थाको कुल सम्पति ५ अर्व ३५ करोड ९ लाख ७७ हजार ६३० रुपैंयाँ र लगानीमा रहेको कर्जा ४ अर्व २३ करोड ९,२ लाख ३३ हजार ४४९ रुपैंयाँ रहेको छ । संस्थाको जगेडा कोषमा २० करोड ६,१ लाख २ हजार ६२८ रुपैंयाँ तथा विभिन्न कोषहरूमा ७० करोड ३६ लाख २४ हजार ८७६ रुपैंयाँ रहेको जनाइएको छ ।
संस्थामा २३.९९ प्रतिशत अर्थात ७९ करोड १,६ लाख ६६ हजार ३९८ रुपैंयाँ तरलता रहेको छ । संस्थामा कुल शेयर सदस्य संख्या ७९ हजार ७०३ जना छन भने ३२, हजार ८५८ जनाले ऋणी सेवा लिएका छन् ।
Leave a comment