नवलपरासी । गैंडाकोट ८, नवलपुरमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्थाको जगेडाकोषमा २० करोड नाघेको छ । संस्थाले प्रकाशन गरेकाो असोज मसान्तसम्मको वित्तिय विवरण अनुसार संस्थाको जगेडा कोषमा २० करोड ९ लाख ८ हजार ६२४ रुपैंयाँ पुगेको छ ।
त्यसैगरी संस्थाको अन्य कोषमा ८ करोड ३५ लाख ९३ हजार १७ रुपैंयाँ रहेको जनाइएको छ । संस्थाको शेयर पूँजी ३३ करोड ६६ लाख ७४ हजार २०० रुपैंयाँ तथा कुल बचत २ अर्व ८२ करोड २८ लाख ९२ हजार ७६४ रुपैंयाँ रहेको छ ।
संस्थाको पछिल्लो विवरण अनुसार कुल संस्थागत पूँजी २२ करोड २४ लाख ५९ हजार ८३१रुपैंयाँ र तरलता ७४ करोड ७८ लख ७ हजार ७५६ रुपैंयाँ अर्थात २६.४९ प्रतिशत रहेको जनाइएको छ । संस्थाले लगानीमा रहेको ऋण २ अर्व ४५ करोड ९७ लाख ८५ हजार ५२६ रुपैंयाँ, तथा कुल सम्पत्ती अर्व ५५ करोड ९२ लाख ९१ हजार ३६७ रुपैंयाँ रहेको जनाएको छ । संस्थामा शेयर सदस्य ८६ हजार ३८८ जना तथा कुल ऋणी सदस्य १२ हजार ७८ जना रहेको विवरण सार्वजनिक गरेको छ । संस्थाका २६ वटा सेवाकेन्द्र रहेका छन् ।
Leave a comment