चमेली कल्याणकारी सहकारीले सदस्यलाई दियो संरक्षित पुँजीफिर्ता कोषबाट ४९ लाख ४३ हजार 

चमेली कल्याणकारी सहकारीले सदस्यलाई दियो संरक्षित पुँजीफिर्ता कोषबाट ४९ लाख ४३ हजार  :: Sahakari Akhabar

भक्तपुर । विरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २१ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाले सदस्यहरुलाई संरक्षित पूँजीफिर्ता कोषबाट ४९ लाख ४३ हजार बितरण गरेको जनाएको छ । साथै सभामा गत आबको नाफाबाट सदस्यलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ ।

संस्थाका अध्यक्ष प्रमोद घिमिरेको अध्यक्षता र नेफ्स्कूनका पुर्व अध्यक्ष ऋषिराज घिमिरेको प्रमुख आतिथ्यतामासभा सम्पन्न भएको हो । सभामा अध्यक्ष प्रमोद घिमिरेले संस्थाको दिगो आधार संस्थागत पुँजी भएको र चमेली कल्याणकारीको कोषहरु मजबुद रहेको बताए ।

संस्थालाई पारदर्शी र सुशासनमा संचालनको लागि नीति, विधि र प्रविधिलाई अधिकतम उपयोग गरेको बताए । उनले सदस्यहरुलाई वित्तीय साक्षरता, सहकारी शिक्षा, बचत तथा ऋणको सेवाहरुको विविधिकरण गर्दै सेवा प्रवाह मार्फत सदस्यको वित्तीय आवश्यकता परिपूर्ति गरिने उनले बताए । संस्थाका सचिव दिपक कुमार न्यौपानले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत बर्षभरी  गरेका गतिविधि बारेमा सभामा जानकारी गराएका थिए ।

संस्थाले युवा सदस्य लक्षित वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने ,युवा सदस्यहरुमा उद्यमशीलता विकासका लागि उनीहरुलाई सिप विकास तालिम दिने, सदस्यको बीमा गर्ने र सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी सहकारिताको महत्वको बारेमा सदस्यलाई जानकारी गराउने संस्थाले लक्ष्य लिएको जनाए ।

संस्थाका कोषाध्यक्ष नवराज घिमिरेले आर्थिक बर्ष २०७९ / ८० आर्थिक प्रतिवेदन सभामा पस्तुत गर्दै शेयर पुँजी ५ करोड ९१ लाख ९३ हजार , बचत संकलन ६१ करोड १५ लाख र ऋण लगानी ५९ करोड ९३ लाख पुगेको सभामा जानकारी दिए ।

संस्थाले गत आ.ब.मा २ करोड ६३ लाख ६४ हजार खुद नाफा आर्जन गरेको छ । जुन गत बर्षको तुलनामा १२.१५ प्रतिशतले बढी  हो  । संस्थामा ४ हजार २७७ जना सदस्य रहेको छन् । संस्थाको जगेडा कोषमा ६ करोड ८५ लाख ५३ हजार रहेको छ भने अन्य कोषमा २ करोड १३ लाख र ऋण सुरक्षण कोषमा २ करोड ९२ लाख ९८ हजार रहेको छ ।



Leave a comment